सत्ता गठबन्धनको किचलोमा प्रचण्ड

सत्ता गठबन्धनको किचलोमा प्रचण्ड

काठमाडौं : सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । अध्यक्ष प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् । स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए ।

फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो – प्रचण्ड

८ पुस, नवलपरासी :   नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् ।  जनताले सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए । ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’

तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ । यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ । ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे । आफ्नो प्रस्तावमा नै वाम गठबन्धन र एकता भएको भन्दै उनले त्यसलाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी आफ्नै भएको बताए । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोड्न ठूलठूला अफर आएको सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत समर्थनको प्रस्ताव गरेको भन्दै भने, कांग्रेसका तर्फबाट ५ वर्ष माओवादी एक्लैको सरकार बनोस्, हामी समर्थन गर्छौं भन्ने आएको छ ।’  जनताले वाम गठबन्धनका लागि भोट दिएकाले आफू अन्यत्र नलाग्ने उनले बताए । ‘एमालेको बहुमत भएको भए के हुन्थ्यो भने प्रश्न त रहृयो ।

विवादमा तानिएका प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण

काठमाडौंः सर्वहाराको राजनीतिक सिद्धान्त अनुसार बनेको पार्टीका प्रमुख भएपनि राजशी जीवनशैलीमा देखिने प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण भने सर्वहाराकै जस्तो देखिएपछि सम्पत्ति विवरणमाथि धेरैले आशंका व्यक्त गरेका छन्। मन्त्रिपरिषदले बनाएको नियमावली विपरित प्रधानमन्त्री बनेको ४ महिना वित्दासम्म सम्पति विवरण सार्वजनिक गर्न ढिलाइ गरेर विवादमा तानिएका प्रधानमन्त्री प्रचण्डलाई सम्पति विवरण सार्वजनिक भइसकेपछि उठेका प्रश्नहरुको जवाफ दिन हम्मेहम्मे परेको देखिन्छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफैले सार्वजनिक गरेको सम्पति विवरणका कारण बहस र विवादको केन्द्रमा छन्। संविधानविद् विपिन अधिकारीको विचारमा मुलुकको तेस्रो ठूलो दलको अध्यक्ष, व्यवस्थापिका संसदको सदस्य तथा प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिको कुनै पनि बैंक खाता नदेखाइनु, प्रधानमन्त्री हुनु पूर्व बसिरहेको बासस्थानको वारेमा कुनै पनि विषय उल्लेख नै नहुनु र तलव सुविधासमेत कुनै विवरण नदेखाइएका कारण प्रधानमन्त्रीबाट सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रक्रियाकै अवमुल्यन भएको छ।

आर्थिक अनियमितता रोक्न र पारदर्शितालाई प्रवद्र्धन गर्ने उद्देश्यले सिंहदरवारभित्रका कुनै पनि सरकारी सेवामा कार्यरत कर्मचारी, व्यवस्थापिका संसदका सदस्य तथा मन्त्रिपरिषदका सदस्यहरुले अनिवार्यरुपमा एभरेष्ट बैंकमा खाता खोल्नुपर्ने र सोही खातामार्फतमात्र तलव सुुविधा बुझ्ने व्यवस्था मन्त्रिपरिषदले गरेको छ। तर, विडम्वना कार्यपालिका प्रमुख प्रधानमन्त्री स्वयंले यो नियम उल्लङ्खन गरिरहेका छन्। सुन्दाअचम्म लाग्ला, बैंक खातामा जानु पर्ने प्रधानमन्त्री प्रचण्डको तलव उनका सचिवालयका एक सदस्यले बुझ्ने गरेका छन्।

‘स्थानीय चुनाव नयाँ संरचनाअनुसार – प्रचण्ड

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार नै हुने बताएका छन्। पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नहुने स्पष्ट पारेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले अब पुरानै संरचनामा स्थानीय चुनाव हुने र त्यसका लागि तयारी भइरहेको अभिव्यक्ति दिइरहेका बेला प्रचण्डले त्यसलाई खण्डन गरेका छन्। पुरानै स‌ंरचनाअनुसार चुनाव गर्ने कांग्रेसको प्रस्ताव एमालेसमेत सकारात्मक देखिएको छ।  बुधबार चितवन पुगेका देउवाले पुरानै संरचनामा स्थानीय चुनाव गराउन मुख्य तीन दलहरुबीच सहमति भइसकेको र छिटै मिति घोषणा हुने बताएका थिए।

 केही दिनअघि बालुवाटारमा कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतृत्वबीच भएको छलफलमा पनि पुरानै संरचनामा चुनावको तयारी गर्ने समझदारी भएको बताइएको थियो।  ‘संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ।’ उनले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको छ ।

प्रेस सेन्टर चितवनले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,’ अन्ततः समझदारीमा आउनै पर्छ, नमिल्ने खालको आन्दोलन छोडेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’ संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उनले पुस ४ गतेको बैठकमा टेबुल हुने बताए। उनले भने,’संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।’

सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताए। हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको विषयमा प्रधानमन्त्री दाहालले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको  छ ।

Prachanda

बाबुरामजी बाहिर हुनुभो, अब पार्टी बन्छ – प्रचण्ड

११ माघ, काठमाडौं -आफूले विभिन्न जिल्लामा पुगेर कार्यकर्तालाई भेट गर्दा उनीहरुमा उत्साह देखिएको प्रचण्डले  एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले अबको दुई वर्षमा आफ्नो पार्टी पहिलो ठूलो दल बन्ने दाबी गरेका छन् । बाबुराम भट्टराई पार्टीबाट बाहिरिएपछि अब पार्टी मजबुत बन्ने प्रचण्डको तर्क छ । केही वर्ष यता संविधान बनाउन व्यस्त हुँदा संगठन निर्माणमा ध्यान दिन नपाएकाले अब त्यता ध्यान दिने उनले बताए ।

मधेसमा बाबुराम भट्टराईप्रति सहानुभूति बढेको तर्कप्रति प्रचण्डले सोझै असहमति जनाए । रामचन्द्र झा र रामकुमार शर्माहरु केही पाउनलाई एमाओवादीमा आएका र नपाएपछि गएको भन्दै प्रचण्डले मधेसमा माओवादीको जनाधार एकरत्ति पनि नहल्लिएको दाबी गरे । हिले खासगरी यो संविधान निर्माण प्रक्रिया भन्नोस्, सरकार निर्माण भन्नोस् या नाकाबन्दीको स्थितिको सामना गर्ने प्रतिवद्धता भन्नोस्, या भूकम्पपछि हामीले जे भूमिका खेल्यौं नि, मैले नै पार्टी अध्यक्षको नाताले सदन बोलाएर, संकल्प प्रस्ताव पास गर्न लगाएर राष्ट्रिय एकता यतिबेलाको आवश्यकता हो, हामी पार्टी पार्टी झगडा गर्यौं भने बर्बाद हुन्छ भन्ने यी सबै कामहरुबाट राजनीतिक साख चाँहि माओवादीको अलिकति बढेकै छ ।

कार्यकर्तामा पनि पार्टीप्रति र लिडरसिपप्रति विश्वास जो वीचमा खस्केकै थियो, त्यो फेरि एकचोटि माथि उठेको महसुस पनि मैले गरें । र, अहिले हामीले केन्द्रीय समितिमा जे निर्णय गरेर गयौं, त्यो निर्णय गरेर गइसकेपछि र त्यसको व्याख्या गर्दा एउटा नयाँ आत्मविश्वास र नयाँ उत्साह आएको छ ।

“मैले दुई वर्षमा एक नम्बर पार्टी बनाउने भनेको छु,बनाउन सकिन्छ भन्ने विश्वास पनि छ”

अहिले त माओवादी कार्यकर्ता प्रशिक्षण सकिएर गाउँमा गएपपछि त तिनीहरु त हुँकार गर्दै पो आएका छन् भनेर कांग्रेस एमालेका साथीहरुले पनि भने । त्यसैले फेरि एकचोटि अब गइन्छ, अब जितिन्छ भन्ने भएको छ ।

मैले दुई वर्षमा एक नम्बर पार्टी बनाउने भनेको छु । मलाई बनाउन सकिन्छ भन्ने विश्वास पनि छ ।

prachanda

सीमांकन नमिलुन्जेलसम्म मधेसी मोर्चाले कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने – प्रचण्ड

९ पुस, काठमाडौं । रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै प्रचण्डले भने-वार्ता, सम्वाद र सहमतिको विकल्प छैन ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन नमिलुन्जेलसम्म मधेसी मोर्चाले कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने बताएका छन् ।   शुक्रवार (भोलि) मधेसी नेताहरुसँग छलफल गर्दैछु । मेरो प्रयास संविधान संशोधनको भाषामा सहमति गर्नेमा हुनेछ । ’प्रचण्डले सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरु सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङग्याउने विषयमा सहमति जुटाउन आफू केन्दि्रत रहेको बताए ।

 आफूले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग कुरा गरिरहेको भन्दै उनले भने-‘चिजहरु सकारात्मक छन्, समाधान हुन्छ भन्नेमा म आशावादी छु ।’शुक्रबारको छलफलले संविधान संसोधन विद्येयकको भाषामा सहमति जुटाउने उनको विश्वास थियो ।

सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागतपछि विषय सकारात्मक दिशातिर गएको भन्दै उनले दुई देशको सम्बन्धमा मधेसलाई ल्याउन नहुने बताए । प्रचण्डले भने-नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउनुको विकल्प छैन । नेपालको मन्त्रिपरिषदको निर्णयलाई भारतले स्वागत गरेपछि अब नाका सहज हुने अवस्था सृजना भएको छ ।’ दुई देशको सम्बन्धको वीचमा मधेसलाई ल्याएर राम्रो हुँदैन ।’

Prachanda, thepowernews, powernews

‘थरुवान हुनुपर्छ पहिलेदेखि हामीले भन्दै आएको हौं ’, अहिले हामीले मात्र भनेर हुने अवस्था छैन – प्रचण्ड

 काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु पनि सहभागी  भेलामा थारु नेताहरुले ब्रिफिङ गर्दै आफूहरुको माग सम्बोधनका लागि पहल गर्न नेतृत्वलाई आग्रह गरेका छन् । कांग्रेस र एमालेलाई सहमति गराउन अन्तिम प्रयास गर्ने भन्दै प्रचण्डमा सहमति नभए आन्दोलनमा जान नरोक्ने बताए । प्रचण्डले शुक्रबार तीन दलको शीर्ष नेताहरुको बैठक बोलाइएको र त्यसमा आफूहरुले पहल गर्ने बताए । उनले भने-‘थरुवान हुनुपर्छ भनेर त हामीले पहिलेदेखि भन्दै आएको हौं । तर, अहिले हामीले मात्र भनेर हुने अवस्था छैन । कांग्रेस र एमाले मान्दा मात्र सम्भव छ ।’Prachanda-with-Tharu

 ‘कांग्रेस र एमालेले मान्यो भने ठिक छ । मानेनन् भने आन्दोलनमा नजानुस् भनेर रोक्दिँन’ तर, आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्ने र संविधान नै बन्न नदिने प्रपन्चप्रति भने सचेत हुनु पर्ने नेताहरूले बताएका छन् । उसले शुक्रबार बस्ने तीन दलको बैठकबाट माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएको छ ।

Prachanda

नेपालमा ‘क्रिश्चियन बढ्दा भारत र चीनलाई समेत खतरा’ – प्रचण्ड

२ साउन, काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा ईसाइकरण बढ्नु नेपाल, भारत र चीनलाई समेत खतरापूर्ण भएको बताएका छन् । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरु प्रलोभन देखाएर वा डर धम्की दिएर हुने धर्म परिर्वतनको विपक्षमा रहेको बताए । प्रचण्डले नेपालमा क्रिस्चियन बढ्नु भारत र चीनका लागि समेत खतरापूर्ण हुने बताए । ‘हाम्रो एउटा छिमेकी चीन हो र अर्को भारत । यी दुवै देश नेपालको धार्मिक जनसंख्याको संरचना बदलिंदा चिन्तित हुन्छन् । चीनका लागि यसो हुनु पश्चिमाहरुको प्रभाव बढ्नु हो । हाम्रो राष्ट्रिय हितमा पनि यो छैन’ प्रचण्डले भने-‘ तर, हामी नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा छैनौं, नेपाल धर्म निरपेक्ष नै रहने छ, तर नेपाली कांग्रेस लगायतका केही दलहरु भने धर्म निरपेक्षताको बिरोधमा छन् ।’  भारतीय म्यागेजिन ‘आउटलुक’लाई दिएको अन्तरवार्तामा प्रचण्डले इसाइकरण नेपालको राष्ट्रिय हित बिपरित रहेकोर यसले दुई छिमेकीलाई समेत खतरा हुने बताए । ‘हेर्नुस् नेपालमा हिन्दु धर्मालम्बीको जनसंख्या धेरै छ’ प्रचण्डले भने-‘ईसाइ धर्मालम्बी बढ्नु हाम्रा लागि खतरा हो, यो हाम्रो राष्ट्रहितमा छैन ।’

Prachanda

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आम हड्ताल फिर्ता

चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आम हड्ताल फिर्ता लिएको छ । ३० दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बन्द फिर्ताको प्रस्ताव गरेका थिए । भर्खरै सकिएको मोर्चाको बैठकले भोलि र पर्सीको बन्द फिर्ता लिने निर्णय गरेको हो । एमाओवादी मोर्चाले तीन दिने आम हड्ताल आहृवान गरेको थियो ।

 यसले बन्द जनतालाई दुःख दिन मात्र हुने भन्दै चतर्फी दबाव आएकाले अब बन्द फिर्ता लिनु पर्ने प्रचण्डको प्रस्ताव थियो । संविधानसभाको बैठक ३० गतेका लागि राखिएकाले बन्द फिर्ता लिइएको प्रचण्डले बताएका छन् ।

Prachanda

सडक संघर्षले कानुन बलियो बनाउछौ – प्रचण्ड

१४ चैत, काठमाडौं – एमाओवादीसहितका ६ वटा माओवादी पार्टीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले कानून भनेको सीधासादा र कमजोरलाई मात्र लाग्ने बताए । ‘बलियो त कानून च्यात्छ, बनाउँछ’ उनले भने ।  माओवादीहरु कमजोर भएपछि राज्य पक्षले राजनीतिक सहमति र सम्झौता तथा अदालतले कानून उल्ट्याउन सुरु गरेको भन्दै उनले उनले अब एक भएर सडकमा उत्रनुको विकल्प नभएको बताए । ‘हामी एक भएनौं भने झिँगा माकुराको जालोमा अल्झिएझैं हामी सबैको इतिश्री हुनेवाला छौं’ एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘एक भएर सडकमा गर्जियौं भने त्यस्ता कानून च्यातिन्छ ।’

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले माओवादीहरु कमजोर भएपछि कानून लाग्न थालेको बताएका छन् । अब माओवादी नेतृत्वले कमजोरीबाट शिक्षा लिएर सडकमा जानुपर्ने प्रचण्डको जोड थियो । देशभरि कार्यकर्ता र जनताको चाहना पनि माओवादी एक होस् भन्ने रहेको भन्दै उनले भने-‘माओवादी माओवादी नै छन् । कांग्रेस भएका छैनन्, एमाले भएका छैनन्, राजावादी भएका छैनन् । माओवादी कमजोर भयो विभावित भयो भन्ने चिन्ता र आक्रोश छ ।’