दोस्रो SKBC टोखा नगरपालिका मेयरकप पुरुष डवल्स ब्याडमिन्टन प्रतियोगीता २०८०

यूएईमाथि नेपालको जित

यूएईमा आयोजित आईसीसी विश्वकप लीग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ ।भीम सार्कीले जीवनको उत्कृष्ट इनिङ्स खेलेपछि तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको बलिङमा खतरामा परिसकेको इनिङ्स उकास्दै नेपालले यूएईविरुद्ध जित हात पारेको हो।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए । करण केसीले १७ रन बनाए भने कुशल भुर्तेलको स्थानमा आएका प्रतिश जिसीले ११ रन जोडेका थिए।

PATA Nepal concludes its Futsal Tournament 2023

Pacific Asia Travel Association (PATA) Nepal Chapter, in collaboration with Little Angels' College
of Management (LACM), organized the PATA-LA Futsal Tournament from 9th to 11th January
2023 at LA Futsal ground, Hattiban, Lalitpur.


The futsal tournament, as a part of the 5th Youth Talent Quest, was organized to facilitate and
enhance opportunities for Networking, Team Building and Rewards & Recognition among PATA
Nepal Chapter members. Nine teams representing PATA Nepal members including Soaltee Hotel,
GATE, Mid-Valley Int'l, Global College Int'l, NATHM, IST and LACM made active participation in
the tournament.


The Little Angels' College of Management (LACM) became the Champion, defeating the
International School of Tourism and Hotel Management (IST) in the final. The winning team got
rewarded with a Trophy, Medals, Certificates, and Cash prize of NRs. 20,000, along with Rafting
Trip to Trishuli/Bhotekoshi hosted by Trekking Venue Nepal. Similarly, the First Runner-Up team
received a trophy, medals, certificates, a cash prize of Rs. 10,000, and round-trip cable car tickets
hosted by Chandragiri Hills.


In the tournament, LACM's Sijan Khadka and Rahul Khadka were rewarded as the Best Goalkeeper
and the Best Player respectively. They received trophies, certificates and the reward of a round-trip
cable car and luncheon hosted by Chandragiri Hills.
The tournament was also supported by Manakamana Cable Car, Nabil Bank, Buddha Air, KGH
Group of Hotels, Seven Lakes Resort, Chandragiri Hills Resort, Community Homestay, Highground
Adventure Nepal, and Trekking Venue Nepal. Public Speaking Competition, the last competition
under the 5th Youth Talent Quest, will be held on 30th January alongside the Destination Marketing
Conclave (DMC), the upcoming event by PATA Nepal Chapter, in Itahari, province 1.

विश्वविख्यात खेलाडी पेलेको निधन

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो ।

एड्सन आरान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ।

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।

विश्व च्याम्पियन मेसी

४ पुस, काठमाडौं : अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् ।

मेसी इज गोट । गटको जी ओ ए टीको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान भन्ने बुझाउँछ ।

३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् । वर्को कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

विश्वकपमा तेस्रो क्रोएसिया

पुस, काठमाडौं :  सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित गरेको छ । क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो ।  मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो ।

कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । हिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन । जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ ।  साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् ।   दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

विश्वकपको फाइनलमा पुग्न मेस्सी र मोड्रिचबीच प्रतिस्पर्धा

बालोन डि’ओर बाट सम्मानित, १० नम्बरको जर्सी लगाउने, विश्वकपको फाइनलमा पुगेर पराजय भोगेका, आ-आफ्ना टोलीका कप्तान र खेलजीवनबाट अवकाश लिनुअघि विश्वकप उचाल्ने अन्तिम अवसर। मङ्गलवार मध्यरातपछि हुने फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आमुन्नेसामुन्ने हुन लागेका आर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएशियाका लुका मोड्रिचबीच तुलना हुने यस्ता कैयौँ विषय छन्।

पीएसजीबाट खेल्ने ३५ वर्षीय मेस्सी अनि रेआयल मड्रिडका ३७ वर्षे मोड्रिचका लागि यो विश्वकप फुटबलको अन्तिम प्रतियोगिता हो। विश्वकपको यात्रामा यी दुई खेलाडी आ-आफ्ना टोलीका लागि निकै महत्त्वपूर्ण छन्। दुवैले क्वार्टरफाइनलमा भएको ‘पेनाल्टी शूट-आउट’मा गोल गरेका छन्। नेदरल्यान्ड्ससँगको खेलमा मेस्सीले पहिले प्रहार गर्दै पेनाल्टीमार्फत् गोल गरे। मोड्रिचले ब्रजिलसँगको खेलमा आफ्नो टोलीको तर्फबाट तेस्रो नम्बरमा आएर गोल गरे।

विश्वकपमा ‘पेनाल्टी शूट-आउट’मा तीन पटक गोल गर्ने उनी पहिलो खेलाडी हुन्। सन् २०१८ मा उनले डेन्मार्क र रुसविरुद्ध पेनाल्टीमा गोल गरेका थिए। निर्धारित ९० मिनेटको समय वा ३० मिनेट थप गरी हुने १२० मिनेटको समयमा मेस्सीको प्रदर्शन उत्कृष्ट छ। उनले चार गोल गरेका छन् भने दुई गोलका लागि पास दिएका छन्।  मोड्रिचले भने अहिलेसम्म यो प्रतियोगितामा उक्त समयमा गोल गरेको वा पास मिलाएका छैनन्।

तर मेस्सी ‘फर्वार्ड’का रूपमा खेल्छन् भने मोड्रिच ‘मिडफील्डर’ हुन्। यो विश्वकपमा मेस्सीले २५ वटा शट प्रहार गरेका छन्। तीमध्ये १२ वटा लक्ष्यमा पुगेका थिए। त्यसपछिको स्थानमा फ्रान्सका किलियान एम्बाप्पे छन्। गोल्डन बुटको दाबेदारीमा भने पाँच गोल गरेका एम्बाप्पे मेस्सीभन्दा अगाडि छन्। मेस्सीले अहिलेसम्म कुल चार गोल गरेका छन्।

फाइनल थर्ड (विपक्षी टोलीको गोल पोस्ट नजिक) मा मोड्रिचले २०१ सफल पास मिलाएका छन्। त्यस्ता सफल पास मिलाउने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन्। मेस्सी भने १७१ पास मिलाएर आठौँ स्थानमा छन्। ब्रजिलका प्रख्यात खेलाडी पेलेको चार वटा पासको कीर्तिमान पार गर्दै विश्वकपको नकआउट चरणको खेलमा सबैभन्दा बढी पास मिलाउने खेलाडीको कीर्तिमान पनि मेस्सीको नाममा छ। यो वर्ष दुईसहित उनले तीनवटा विश्वकप प्रतियोगितामा गोल अनि गोलका लागि पास मिलाएका छन्। अन्तर्राष्ट्रिय स्तरमा १७० खेल खेल्दै मेस्सीले ९५ गोल गरेका छन्। यी दुवै राष्ट्रिय स्तरमा सर्वाधिक हुन्। मोड्रिचले भने क्रोएशियाका लागि १६० अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन्।

क्रोएशिया

उनी विश्वकपमा छवटा खेलको आरम्भमै खेल्ने उमेरले सबैभन्दा पुराना आउटफील्ड खेलाडी (गोलरक्षकबाहेक अरूू खेलाडी) बन्नेछन्। सन् १९६२ मा ३७ वर्ष पुगेका ब्रजिलका निल्टन सान्टोसलाई पछि पार्दै उनले नयाँ कीर्तिमान कायम गर्नेछन्। सेमिफाइनल खेलअघिसम्मको तथ्याङ्क हेर्दा क्रोएशियाका लागि उनले विश्वकपमा सर्वाधिक १७ खेल खेलेका छन् भने ३० पटक प्रमुख अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले एक पटक कोपा अमेरिका प्रतियोगिता जितेका छन्। मोड्रिचले भने कुनै पनि त्यस्तो प्रतियोगिता जितेका छैनन्।

यी दुई खेलाडीको एउटा रोचक प्रसङ्ग छ। आर्जेन्टिनाका लागि मेस्सीको पहिलो गोल अनि क्रोएशियाको टोलीबाट मोड्रिचको पहिलो खेल सन् २००६ को मार्चमा आर्जेन्टिना र क्रोएशियाबीच भएको मैत्रीपूर्ण खेलमा भएको थियो। उक्त खेल क्रोएशियाले ३-२ अन्तरले जितेको थियो।

मोरोक्को पहिलो पटक सेमिफाइनलमा

अफ्रिकी राष्ट्र मोरोक्को पहिलो पटक सेमिफाइनलमा पुगेको छ। कतारमा जारी विश्वकप २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरोक्कोले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो। शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १–० ले पराजित गरेको हो। खेलको पहिलो हाफको ४२ औँ मिनेटमा एन नेस्रीले गरेको गोल नै निर्णायक सावित हुन पुग्यो। विश्वकप विजेता फ्रान्सले इङ्गल्याण्डलाई २–१ ले पराजित गरेको छ। खेलको ८४ औँ मिनेटमा भएको पेनाल्टीलाई ह्यारी केनले गोलमा परिणत गर्न नसक्दा इङ्गल्याण्ड, विश्वकपबाट बाहिरिन पुगेको हो । सो गोलसँगै नेस्री, मोरोक्कोका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। पोर्चुगललाई पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको रुपमा मोरोक्कोले इतिहास रचेको छ।

उनले यस विश्वकपमा ३ गोल गरेका छन्। त्यसैगरी, आइतबार बिहान १२ः४५ मा शुरु भएको क्वाटरफाइनलको अन्तिम खेलमा पछिल्लो । खेलमा फ्रान्सका लागि चौआमिनीले खेलको १७ मिनेटमा गोल गरेका थिए भने जिरुडले ७८ औँ मिनेटमा गोल गरेका थिए। इङ्गल्याण्डका लागि एक मात्र गोल केनले ५४ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको थियो। यी दुई खेलमा विजयी राष्ट्रहरु अर्थात मोरोक्को र फ्रान्सले सेमिफाइनलमा एक अर्काको सामना गर्नेछन्।

नवौं राष्ट्रिय खेलकुद : यस्तो हुनेछ उद्घाटन

पोखरा :  नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले दिउँसो ४ः३० बजे गर्दै छन् । रंगशालाको फुटबल स्टेडियममा उपराष्ट्रपतिको आगमनसँगै नेपाली सेनाले राष्ट्रिय गानमा ब्यान्ड सलामी प्रस्ततु गर्नेछ । त्यसपछि सुरु हुनेछ मार्चपास । मार्चपासको अगाडि समुद्घाटन ब्यानर हुनेछ ।   विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।

सद्भावनादूत ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ, राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई मार्चपासमा सहभागी हुनेछन् । नेपाली सेनाको झन्डा मार्चपास हुनेछ । सहभागी ११ टिमका खेलाडी, जज रेफ्री, १६ विद्यालयका एक हजार दुई सय विद्यार्थीको मार्चपासमा सहभागिता रहनेछ ।  पोखराका चर्चित पप ब्यान्डका गीतलाई पनि सेनाको ब्यान्डले धुनमा प्रस्तुत गर्नेछ । सेवा दलका ३ सय जनाले नै खुकुरी ड्रिल प्रदर्शनी गर्नेछ । सुदूरपश्चिमको प्रख्यान हुड्केली नाच रंगशालामा देखाइनेछ ।   उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ । रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ ।