पारसको ४५ औं जन्मदिनमा ‘सुनसान जन्मदिन’

parash shaha

पारसको ४५ औं जन्मदिनमा ‘सुनसान जन्मदिन’

१६ पुस, काठमाडौं । नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणछन् । पूर्वरानी कोमल र नातिनातीनासहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकरुको सहभागिता थियो । स्रोत- नेपाल समाचारपत्र दैनिक

नेपाल-चीन सैन्य तालिमको तयारी

काठमाडौं: उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिम दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । ‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ’,  चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति प्राप्त भइसकेको स्रोतले बतायो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकारसम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए ।

 नेपालस्थित चिनियाँ दूतावास स्रोतले नेपालसँग सैन्य अभ्यास नभई तालिममात्र हुन लागेको , भारत र अमेरिकासँग नेपालले गर्दै आएको सैन्य अभ्यास र हामीसँग हुन लागेको फरक प्रकृतिको हो । अब चीनसँग हुन लागेको संयुक्त तालिम मात्रै हो’, चिनियाँ दूतावासले जनाएको छ ।

 प्रवक्ता युजुनले भने । चीन र नेपालबीच सैन्य क्षेत्रमा हालैका वर्षमा विभिन्न स्वरूपमा सम्पर्क भइरहेको बताए । नेपाली सेनाका अधिकारीहरूले दैवीप्रकोप उद्धार र राहत कार्यका लागि तालिम र सहयोग आदानप्रदान गर्नेलगायत विषयमा छलफल भए पनि सैन्य तालिमको यकिन मितिबारे टुंगो नलागिसकेको बताए । एक साताअघि नेपाल आएको चिनियाँ एक सैन्य टोलीले संयुक्त सैन्य तालिमबारे प्रारम्भिक स्तरमा नेपाली सेनासँग छलफल गरेको थियो ।

टेलिकमको फोर-जी सेवा आइफोनमा नचल्ने

काठमाडौं : हाल फोरजी सेवाको परिक्षण गरिरहेको नेपाल टेलिकमले फोरजी सेवा  आगामी आइतबार अर्थात् जनवरी १ तारिखबाट काठमाण्डौमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सुरु गर्ने भएको छ । तर, आइफोन र आइप्याड प्रयोगकर्ताले भने तत्कालै नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न पाउनेछैनन् । नेपाल टेलिकमका झण्डै दुई लाख प्रयोगकर्ताले एप्पलले उत्पादन गरेका आइफोन प्रयोग गर्छन् । डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ ।जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ । 

Senior litterateur Kamal Mani Dixit passes away at 87

Senior litterateur and chairman of Madan Puraskar Guthi as well as Madan Puraskar Pustakalaya, Kamal Mani Dixit,died at Thursday morning.. He was 87. Dixit breathed his last at 2:45 am. He suffered from respiratory problems for sometime, Madan Puraskar Pustakalaya said in a statement. He will be cremated at Aryaghat on the bank of Bagmati River in Pashupati area today itself, according to Madan Puraskar Pustakalaya. Dixit was born in Gairhidhara of Kathmandu on September 2, 1929 as second son of Kedar Mani Acharya and Vidya Devi. He is survived by two sons — Kanak and Kunda — and one daughter — Rupa.

madan-purskar

 

सात किलो सुनसहित कल‌ंकीबाट एकजना पक्राउ

२०७३, पुस १४ –  हाईलक्स गाडीमा रसुवाबाट धादिङको बाटो हुँदै काठमाडौं आउन लागेको चालक सुनसहित पक्राउ परेका हुन् । प्रहरीले कलंकीबाट  एकजना चालकलाई पक्राउ गरेको छ  स्रोतका अनुसार चिनियाँ बाटो हुँदै रसुवाको केरुङबाट उक्त सुन नेपाल भित्र्याएको बुझिन्छ । महानगरीय अपराध अनुसन्धान विभागको टोलीले त्यतिका परिणाममा सुन पक्रेको हो । त्यत्तिका धेरै सुन कसको हो र कसलाई दिन ल्याइएको हो भन्ने खुलेको छैन ।  जसको बजार मूल्य करिब साढे तीन करोड रुपैयाँ हुन्छ । प्रहरीका अनुसार सुनका मालिकले चालकलाई भरियाको रुपमा प्रयोग गरेको देखिन्छ ।

दैनिक प्रदुषीत बन्दै काठमाडौ शहर – जनस्वस्थमा गम्भीर असर

२०७३,पुस १४ – धुलामय राजधानीको सडकमा नाकमुख छोपेर हिँड्दै काठमाडौं सहरको जुनै कुनामा पुगे पनि धुलाम्मे भइन्छ । लपत्र र लथालिंग अवस्थाका सडक विस्तारका काम र मेलम्चीको पानीका लागि पाइप राख्न भन्दै अस्तव्यस्त रूपमा खनिएका सडक र गल्लीहरू ।  यति विघ्न धूलो उडछ कि, कहीँ कतै त कुहिरोले ढाकेझैं अलि परको दृश्यसमेत देख्न मुस्किल पर्छ । डा. रमेश चोखानीका अनुसार धुलाम्मे वातावरणले श्वाससम्बन्धी समस्या भएका, दमका रोगी, बुढापाका र बालबालिकालाई गम्भीर असर पारेको छ । कतिपय सवारीसाधनसमेत दिउँसै बत्ती बालेर कुँदिरहेका भेछिन्छन् ।  छातीसम्बन्धी रोगको जोखिम बढेको छ । वातावरण विभागको पोलुसन डट जीओभी डट एनपीका अनुसार नेपालले अधिकतम वायुको मापदण्ड पीएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा १२० घनमिटरसम्म नाघेको छ । काठमाडौंमा पीएम १० को मात्रा १२५.५ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको देखिन्छ । त्यस्तै, टीएसपीको मात्रा १५१ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ ।

मुसहर बस्ती बनाउन धुर्मुश

 कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् ।  मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मङ्गलवार बिहानै देखि खुसी थिइन । मङ्गलवार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए ।  मरनीले धुर्मुशलाई भेटेपछि निकै खुसी हुदैं भनिन्, ‘ हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुसी लाग्यो । ल बाबु ठुलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’   धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरू खुसीले गद गद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुसी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रूपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुसीयाली साटे । धमुर्स —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुसीयाली छाएको छ ।
राष्ट्र निर्माण तपाईँ हाम्रो अभियानलाई आत्म साथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए ।उनले भने,‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौँ । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई वर्षमै देशमा कायापल्ट हुन्छ ।’

खोटो संकलनमा मनपरी अनुगमन

२०७३.पुस १२ – डोटी, कैलाली, बैतडी र डडेलधुरालगायतका जिल्लामा खोटो संकलन गर्दा खोटे सल्लाको वन क्षेत्र विनाश हुने क्रम बढिरहेको छ । दिव्या रोजिनले सरकारले सञ्चालन गर्न नसकेर २०६० सालमै बन्द गरेको ‘नेपाल रोजिन एन्ड टर्पेनटाइन कम्पनी’ खरिद गरेर खोटो संकलन गरिरहेको छ । निजी कम्पनीहरूले खोटो संकलन (कार्यविधि) निर्देशिका २०६४ पालना नगरेको पाइए पनि सम्बन्धित निकायले अनुगमन गरेको छैन । २०५८/५९ सालपछि नेपालमा हिमाल रोजिन एन्ड टर्पेनटाइन जडीबुटी प्रशोधन प्रालि, भद्रकाली रोजिन, भवानी केमिकल्स प्रालि र दिव्या रोजिन एन्ड टर्पेनटाइनलगायतले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट खोटो संकलन गर्दै आएका छन् ।

 यी कम्पनीहरूलाई खोटो संकलनका लागि सरकारले निश्चित वन क्षेत्र तोकिदिए पनि सबैले सजिलो र बाटो पुगेको क्षेत्रमा मात्र संकलन गरिरहेका छन् । कतिपय कम्पनीले सरकारसँगको सम्झौता सकिए पनि सामुदायिक वन उपभोक्ता समूहहरूसँग सम्झौता गर्दै खोटो संकलन गरिरहेका छन् । एउटा कम्पनीले संकलन गरिरहेकै क्षेत्रमा सरकारले प्रतिस्पर्धी अन्य कम्पनीलाई पनि इजाजत दिएपछि वनमा थप चाप बढेको जानकारहरू बताउँछन् ।

खोटो संकलनसम्बन्धी कार्यविधि २०६४ मा रूखमा ‘रिल’ (घाउ) निर्माण सकेसम्म बाटोबाट नदेखिने क्षेत्रमा गर्नुपर्ने भन्ने प्रावाधान भए पनि अधिकांश कम्पनीले त्यसको पालन गरेको देखिँदैन । ‘जिल्ला वन कार्यालयले प्रभावकारी अनुगमन पार्न नसक्दा कम्पनीले मनपरी संकलन गरिरहेका छन्,’ खोटो संकलनका लागि हिमाल र वन विभागबीच भएको सम्झौता भने तीन वर्षअघि नै सकिएको छ । दिव्या रोजिनका सञ्चालक अमर थापाले आफूहरूले खोटो संकलन कार्यविधि २०६४ मा भएका बुँदाको अक्षरश: पालना गरेको दाबी गरे ।  कार्यविधिमा पनि खोटो संकलनका लागि रूखमा रिल निर्माण गर्ने कार्य पूर्ण प्राविधिक कार्य भएकाले तालिम प्राप्त कामदार प्रयोग गर्नुपर्ने व्यवस्था छ । जथाभावी रिल बनाइएको वा तोकिएको भन्दा गहिरो घाउ पारिएको जानकारी भए वा जिल्ला वन कार्यालयले निरीक्षण अनुगमन गर्दा त्यस्तो पाइए उद्योग वा खोटो संकलन गर्ने निकायलाई सचेत गराउनुपर्ने उल्लेख छ ।

चितवनमा हात्ती महोत्सव कार्यक्रम

चितवन: चितवन निकुञ्जको पूर्वी सेक्टरबाट  चितवनको पर्यटकीय नगरी सौराहामा सोमबारदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ ।
हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्यालीले सौराहाको परिक्रमा र थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो ।  हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुनेछन् । महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिनेछ ।   चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चितवनको कुमारोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सुरु भएको छ । बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ ।

एकान्तकुना कार्यालयमा हाकिमहरुकाे भागाभाग

१२ पुस, काठमाडौं : एकान्तकुनामा रहेका यातायात व्यवस्था कार्यालयमा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन् । चालक अनुपतिपत्र कार्यालयका प्रमुखले कुलेलाप ठोकिसकेका थिए ।  टोली एकान्तकुनामा रहेका यातायात व्यवस्था कार्यालय र समस्याबारे बुझ्न सोमबार बिहान ११ बजेतिर कार्यालय पुगेका थियो । त्यतिबेला  सुशासन समिति अनुगमनका लागि आउने जानकारी हुँदाहुँदै पनि सवारी चालक अनुमति कार्यालयका प्रमुख तेजनारायण यादव कार्यालयबाट बाहिरिएका थिए ।  टोलीले कार्यालयमा अत्यन्तै अस्तव्यस्ता फेला पार्‍यो । कार्यालयको नाम र छाप नै नभएको रसिद सेवाग्राहीलाई दिएको समेत भेटियो । स्रोत:  राजधानी दैनिक