विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा

विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा

काठमाडौ  : बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० उत्कृष्ट  सुन्दर देशहरुको सूचीमा नेपाल पहिलो नम्बरमा  सुची प्रकाशित गरेको छ। भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०२१ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । सन् २०१६ देखि नै लगातार नेपाल पहिलो स्थानमा छ ।

०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो । यो नेपालका लागि मात्र हैन विश्वभरीकै लागि हो । यही अवस्थामापनि नेपाल नै पहिलो गन्तव्य रहेको भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ । विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको बताईएको छ ।   १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ ।

madhav nepal

ज्वरो र खोकीको समस्या देखिएपछि माधव नेपाल अस्पतालमा भर्ना

ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् ।  अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ ।

‘इन्टरनेटको शुल्क घटाउने/बढाउने कुलमानको हातमा – पोलभाडा नघट्ने संकेत

इन्टरनेट तथा केबल सेवाप्रदायकले विरोध गरेपनि आफ्नो संरचना प्रयोग गरेवापत बढेको शुल्कबाट नेपाल विद्युत प्राधिकरण पछि नहट्ने संकेत दिएको छ । नेपालका इन्टरनेट सेवाप्रदायक डिओपोलीको शिकार हुन पुगेको तोकेता गरेको छ । शहरका तारको विजोग भएर व्यवस्थीत गर्नका लागी भाडादर बढाइएको जानकारी घिसिङ्ले गरेका छन ।  आगामी असोज १५ गतेबाट पोलमा झुन्डिएका तार हटाउने अन्तिम तोकेता गरेको छ ।

मंगलबार राजधानीमा आयोजित एक सूचना प्रविधि कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बढेको पोलभाडा नघटने र सेवाप्रदायकसँगको समन्वयका आधारमा प्रक्रिया अघि बढ्ने  शुल्कलाई पुनरावलोकन गर्न नसकिने  गरेका छन ।    भाडादर बढेपनि सेवाप्रदायकले तारलाई व्यवस्थित तरिकाबाट प्रयोग गर्ने नयाँ केबलको तार टाङदा पुरानोलाई ननिकाल्ने, अव्यवस्थित पार्ने र विभिन्न घटना निम्तिने गरेको उनको भनाई छ । बढेको पोलभाडाबाट विद्युत प्राधिकरणको आम्दानी २५ करोडबाट ५० करोड मात्रै बढ्ने आंकलन घिसिङकाे छ ।

पोलभाडालाई लिएर इन्टरनेटको शुल्क बढाउनु पर्ने कारण कुनै नरहेको घिसिङ्ले जनकारी दिए । सेवाप्रदायकका अनुसार नेपाली इन्टरनेट कम्पनीलाई राज्यको विभिन्न थरि ४२ प्रतिशत कर लगाइएको छ । यसले पनि नेपालको इन्टरनेट सेवालाई प्रभाव पारेको  आंकलन घिसिङकाे छ । केहि हप्ता अघि आईस्पानले ग्रामिण क्षेत्रमा मासिक ३०० र शहरी क्षेत्रमा १५० रुपैयाँ शुल्क बढाउने निर्णय गरेको थियो । यद्दपी सो शुल्क दूरसञ्चार प्राधिकरणले एप्रुभ गरेको छैन ।

 

 

 

दुई घण्टा फन्को मारेको बुद्धको जहाज बिहानैबाट सन्चालन

१२ असोज, काठमाडौं : सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो ।  गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको हो ।’ उनका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ । प्राविधिक समस्याका कारण सोमबार करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट सन्चालनमा आएको छ ।  आकाशमा करिब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

समाजवादतर्फको यात्रामा बदलिँदो चीन

दशकौँसम्म चीनको जीवन देशमै विकास गरिएको पुँजीवाद विरोधी व्यवस्थाको वरपर घुमिरहेको थियो। वर्षौँसम्म चीन कट्टर समाजवादी थिएन तर कम्युनिस्ट पार्टीले त्यो अवस्था बदल्न खोज्दैछ। प्राविधिक रूपमा ‘कम्युनिस्ट’ देश भएपनि सरकारले केही व्यक्तिलाई एकदमै धनी बन्न दिने प्रणालीले पुरै समाजलाई लाभ दिने र अध्यक्ष माओको सांस्कृतिक क्रान्तिका कारण उत्पन्न अप्ठेरो अवस्थाबाट चाँडो भन्दा चाँडो माथि उठाउने निष्कर्ष निकालेको थियो। केही हदसम्म त्यसले काम गर्‍यो। एउटा ठूलो मध्यम वर्ग जन्मियो र त्यसको परिणाम स्वरूप लगभग समाजका हरेक वर्गको जीवनस्तर अहिले माथि उठेको छ। अहिलेसम्म सडकमा टाँगिने प्रचार पोस्टरहरूमा त्यो आइसकेको छैन तर त्यसो हुन अब लामो समय लाग्ने छैन। अहिले यो चिनियाँ नेताको कामको आधार स्तम्भ हो। कम्युनिस्ट प्रणाली भएपनि धनी र गरिबबीच ठूलो खाडल छ । अहिलेको नयाँ नारा ‘साझा समृद्धि’ हो।

सन् १९७० को दशकको दिशाहीन चीन त्यहाँबाट माथि उठेर अहिले विश्वमा आर्थिक रूपमा वर्चस्व कायम गर्न अमेरिकालाई चुनौती दिइरहेको छ। उसभित्रै आम्दानीलाई लिएर ठूलो खाडल रहेको छ। उपयुक्त समयमा पदमा पुगेका व्यक्तिका सन्तानमा त्यो देखिन्छ।

सन् १९८० को दशकमा उद्योगहरूमा स्वामित्व कायम गर्न सफल अभिभावकहरूले मनग्गे नाफा कमाए जसले उनीहरूका सन्तानहरूलाई चमक धमक भएका शहरमा महँगा स्पोर्ट्स कार चलाउन र भविष्यमा घर किन्न सक्छौँ कि सक्दैनौँ भनेर अन्योलपूर्ण जीवन बिताइरहेका निर्माण कामदारको छेउबाट अघि बढ्न दिइरहेको छ।

चीन

तस्बिर स्रोत,GETTY IMAGES

सी जिनपिङ टेलिभिजनमा देखिनका लागि ग्रामीण भेगहरूमा जान्छन् र त्यहाँ उनलाई पहिल्यै सिकाएर तयार राखिएका मानिसहरूले स्वागत गर्छन्। ती मानिसहरूले उनीबाट मकैको खेती र अरू विषयबारे ज्ञान लिन्छन् र उनी त्यहाँबाट फर्कन्छन्। त्यही भएर चीनमा आर्थिक गतिविधिका लागि कस्तो नयाँ नियम, निषेधाज्ञा वा निर्देशन ल्याइन्छ र त्यो कति परसम्म जान्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ।  चिनियाँ नेताहरूले पार्टीकै आदेश मान्ने नियन्त्रित सञ्चारमाध्यमलाई समेत अन्तरवार्ता दिँदैनन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो महिना ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई फिर्ता लिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले  बताए। उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। अध्यादेश फिर्तीले मन्त्रिपरिषद्को विस्तारलाई सहज पार्ने सत्तारुढ नेताहरूले बताउने गरेका छन्। नेकपा (एकीकृत समाजवादी), निर्वाचन आयोग र सभामुख सहितलाई विपक्षी बनाएर एमालेले दायर गरेको मुद्दा अध्यादेश फिर्तीले कमजोर बनाउन सक्ने आशङ्का माधवकुमार नेपाल नेतृत्वको दलले व्यक्त गरेको विवरण आएका थिए। अध्यादेशमा रहेको २० प्रतिशत प्रावधानको निरन्तरताले गठबन्धनमा रहेको दल जनता समाजवादीको विभाजनका लागि पाँचजना सांसद पर्याप्त हुने बताइन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको भदौ २ गते प्रमाणीकरण गरेको उक्त अध्यादेशले प्रमुख विपक्षी नेकपा एमालेभित्र रहेको माधवकुमार नेपाल नेतृत्वको असन्तुष्ट खेमालाई निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउन बाटो खोलेको थियो। अध्यादेशले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा रहेको दल त्यागसम्बन्धी व्यवस्थालाई परिवर्तन गरेको थियो।  पत्रलाई बेलैमा सम्बोधन नगरी आफ्नो दलको विभाजनलाई सघाएको आरोप एमालेले सभामुखविरूद्ध लगाउँदै आएको छ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू विरोध र नाराबाजी गर्दै

अघिल्लो साता सर्वोच्च अदालतले एमालेको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि गठबन्धनका दलहरूबीच त्यसलाई फिर्ता गर्ने सहमति बनेको थियो। साधारणतया अध्यादेश ६ महिनासम्म सक्रिय रहन्छ। ।

कुकुरको कब्जामा सडक – रेबिजले लिँदै छ ज्यान

आज विश्व रेबिज दिवस  संसारभरि यस पालि नारा बनाइएको छ  ‘रेबिज: फ्याक्ट्स, नट फियर’। अर्थात्, रेबिज: सत्य हो, डर होइन। यसको अर्थ हो रेबिज डराउने विषय मात्रै होइन, भोग्ने बाध्यता हो। त्यसैले यसमा खेलाँची नगरौं। ‘कुकुरले टोकेपछि हेलचेक्र्याइँ गर्छन्। रेबिजविरुद्धको खोप लगाउँदैनन्’, ‘यदि गइहाल्यो भने पनि क्लिनिकमा पुग्छन्। टिटानसको सुई लगाएर त्यसै पठाइदिन्छन्। पछि रेबिज लागेर प्राण त्याग्छन्।’   ‘कुकुरलाई जिस्क्याउनु हँुदैन। घरकैले टोकेको हो भनेर आफैं निर्णायक नबनौं। तुरुन्तै अस्पताल गएर रेबिजविरुद्धको खोप लगाऔं’,

नेपालमा कुकुरले टोकेर २०७६/७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्। यो संख्या एक दशककै बढी हो। यीमध्ये कतिको मृत्यु भयो ? यो तथ्यांक भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छैन। २०७५/७६ मा ३२ हजार ८ सय ८२ जनालाई टोक्दा १८ को मृत्यु भएको थियो। २०७४/७५ मा टोकिनेको संख्या ३३ हजार २ सय ४ थियो। मृतक ३२ जना थिए। ६ वर्षमा ८७ जनाको निधन भएको महाशाखाको तथ्यांक छ। धेरै व्यक्ति अस्पताल नआउने भएकाले घाइते र मृतकको संख्या अझै बढी हुन सक्ने विज्ञ बताउँछन्।  उपत्यकाका तीन जिल्लाबाट उपचारार्थ दैनिक १ सय ५० जना टेकु अस्पताल पुग्छन्। यो संख्या कहिलेकाहीँ २ सयसम्म पुग्छ। साउनदेखि भदौ २३ गतेसम्म ३ हजार २ सय ४ जना पुगे। अस्पतालका सूचना अधिकारी नवराज गौतम गत आर्थिक वर्ष २० हजार २ सय ४९ जना आएको सुनाउँछन्।

साँझ र बिहान सहरका गल्लीमा चहलपहल कम हुन्छ। त्यो बेला छाडा कुकुरको डर हुन्छ। राति त कब्जा नै जमाउँछन्। पेटीमा झुन्ड बनाएर बसेका हुन्छन्। मान्छेदेखि सहँदैनन्। भुक्न थालिहाल्छन्। बटुवालाई घेराबन्दी गर्छन्। लखेट्छन्। टोकेर घाइते बनाउँछन्।

भाले कुकुर पोथी खोज्दै अर्को ठाउँ पुग्छन्। यही कारण काठमाडौंमा बन्ध्याकरण प्रभावकारी देखिएको छैन। यहाँ २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा छन्।    ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाटै लाग्ने गरेको विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानले देखाएको छ। यो रोगबाट प्रत्येक ९ मिनेटमा संसारमा एक जनाको ज्यान जान्छ। प्रत्येक वर्ष ६० हजारको मृत्यु हुन्छ। १० मृतकमध्ये  ४ बालबालिका छन्।

रेबिज कुकुरलगायत बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार सुरुमा रेबिज भाइरस रोक्न सकिन्छ। लक्षण देखिएपछि मृत्यु अनिवार्यजस्तै हुन्छ। कुकुरले टोकेपछि जतिसक्दो चाँडो खोप लगाउनुपर्छ। यो रोग कुकुरबाट कुकुरमै पनिसर्छ। त्यस्ता कुकुरले मान्छे वा कुनै पशुलाई टोक्दा खोप लगाइएन भने मृत्यु हुन्छ।

बुद्ध एयरको जहाजमा भएको घटना

काठमाण्डू बाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाण्डू नै फर्काएर अवतरण गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानमा प्राविधिक समस्या देखिएको जानकारी ९ बजेर १५ मिनेटमा गराइएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त निर्देशक क्षेत्रीका अनुसार चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको एटीआर विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाण्डूबाट उडेको थियो।    ल्यान्डिङ गिअरमा अचानक समस्या देखिएपछि गन्तव्यमा नपुग्दै विमानलाई फर्काइएको थियो।

पाइलट आफूले पनि प्रयास गर्दै गर्दा पछि तीनवटै ल्यान्डिङ गिअर ठिक देखियो र हरियो बत्ती पनि बल्यो। तर सुरक्षा सावधानी अपनाउँदै जहाजलाई उहाँले डाइभर्ट गर्नुभयो  काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फर्काइएपछि पनि कम उचाइमा विमानलाई उडाएर अवतरणको स्थितिको समीक्षा गरिएको छ।  काठमाण्डू र विराटनगर बीचको हवाई दूरी ४० मिनेटको छ।

   

सत्ता गठबन्धनको किचलोमा प्रचण्ड

काठमाडौं : सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । अध्यक्ष प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् । स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए ।

तरलता अभाव हट्नेमा बैंकहरु ढुक्क

काठमाडौं :  गएको बिहीबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्‍यो । चरम तरलता अभाव झेलिरहेका बैंक तथा वित्तीय संस्था भने त्यही रेमिट्यान्सले आफूलाई त्राण दिने अपेक्षामा छन् । सरकारले  खर्च गर्न नसकेको साउन महिनामा रेमिट्यान्समा समेत उच्च गिरावट आएको देखिएको छ ।  त्यसपछि अधिकांश सञ्चार माध्यममा प्राथमिकताका साथ समाचार छापिए- रेमिट्यान्स आप्रवाहमा ठुलो गिरावट । विदेशबाट ठुलो मात्रामा रेमिट्यान्स भित्रने हुँदा अहिलेको अभाव हट्ने बुझाइमा उनीहरू रहेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । तर, अहिले किन घट्यो त्यसको जवाफ खोज्ने तर्फ लाग्ने  हुनसक्छ ।

अन्तर बैंक सापटी पाउन छाडेपछि बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा प्रयोग गरिरहेका हुन् । स्थायी तरलता सुविधाको ब्याज ५ प्रतिशत हुन्छ । बैंकहरुले आफूसँग भएको ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट लिने गर्छन् । बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा बैंकहरुले जुनसुकै बेला लिन सक्छन्।