सत्ता गठबन्धनको किचलोमा प्रचण्ड

काठमाडौं : सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । अध्यक्ष प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् । स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए ।

Spread the love