सेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढाव आउँदा  उच्च कारोबार भएको छ। आज ३ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नागरिक लगानी कोषको  ११ करोड ४७ लाखको सेयर कारोबार हुँदा मूल्य १८८.५ रुपैयाँ बढेको छ।  शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार हुँदा मूल्य १५ रुपैयाँ बढेको छ। आज सेयर बजारमा २१२ वटा स्टकको मूल्य बढेको छ।

शुभम पावरले आइपिओ निष्काशन गर्दै

शुभम पावर लिमिटेडले माघ १८ गतेबाट रु १०० अंकित मुल्यको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता साधारण शेयरको आइपिओ सर्वसाधारणमाको लागि निष्काशन गर्ने भएको छ। शुभम पावरको आइपिओ माघ २२ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन फाल्गुन ३ गतेसम्म लम्बिने छ।

लगानीकर्ताले कम्पनीको आइपिओमा न्युनतम १० कित्ता देखी अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

जम्मा ५ लाख ८० हजार ५८० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर बैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई  बाँडफाँड गरिएको साथै ५ प्रतिशत अर्थात २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र २% अर्थात ११ हजार ६ सय १० कित्ता शेयर कर्मचारीहरुको लागि छुट्टायाई बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको हो।

आज शेयरबजारमा तिव्र उतारचढाव

आज अर्थमन्त्री फेरिने हल्ला चलेपछि सेयर बजार तंरगित बनेको छ। आज नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेको छ। काँग्रेसले नयाँ सरकारलाई विश्वासको मत दिने भएपछि उत्पन्न हुनसक्ने विविध राजनीतिक परिस्थितीको आँकलन र अर्थमन्त्री फेरिने हल्लाका कारण कारोबार अवधिभर त्यसको प्रभाव सेयर बजारमा देखियो। राजनीतिक परिस्थितीका कारण आत्तिएका लगानीकर्ताले अन्यौलका बीच अन्तिममा बिक्री चापलाई बढाएको छ।

आज उच्च मनोबलसहित २२७७ बिन्दु सम्म बजार पुगेको थियो। कारोबार सुरु भएलगत्तै फराकिलो अंक अर्थात ६२ अंकसम्म बढेको बजार अर्थमन्त्री परिवर्तन हुने हल्लाले करिब १ घण्टामा करिब ९० अंकले घट्यो। । बिक्री चापका कारण कारोबार भने साढे ७ अर्ब माथि पुगेको छ। आज भएको सेयर कारोबार करिब एक वर्ष यताकै सर्वाधिक हो।

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ ।आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय भएको छ ।

सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो । तर, असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यन्वयनमा गर्‍यो । तर, तीन महिना नपुग्दै शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ।

us Dollor

Economist explains Social Security retirement to pay age 62

A new study finds 96% of retirees choose the wrong year to claim Social Security. And money management firm United Income estimates they could miss out on a collective $3.4 trillion in benefits because of it.
Retirement planning pitfalls are also a concern for Gen Xers. A study by the Employee Benefit Research Institute refers to this demographic as the “sandwich generation,” because many are paying for their kids’ expenses while caring for their parents at the same time. “Most people continue to get into Social Security at the early retirement age of 62. And there are clear benefits to waiting. You get a higher benefit each month you defer and for most people the combination of that higher benefit and the additional earnings they get as they continue to work really pushes them into a much more secure position in retirement,” Douglas Holtz-Eakin, American Action Forum President, tells Yahoo
We will permanently have more older people relative to young, working-age individuals. If we don’t change the way these systems work — those younger workers will have simultaneously the care of their parents and their own retirement to pay for,” Holtz-Eakin said. Source : Yahoo.com

नुवाकोटको लिखुमा विद्यालय ब्यवस्थापन महासंघ गठन

लिखु,नुवाकोट : नुवाकोटको लिखु गाउँ पालिका स्थित सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ गठन भएको छ।नुवाकोट सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका अध्यक्ष भाग्यश्री लामाको प्रमुख अध्यक्षता तथा लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस गाउँ पालिका स्तरीय सामुदायिक विद्यालय महासंघ गठन भएको हो।समितिको अध्यक्षमा रामबहादुर ओझा चयन हुनुभएको छ।समितिको उपाध्यक्षमा कविता कुवर,सचीवमा शैलेन्द्र राई,कोषाध्यक्षमा रेखुमाया थापा र सदस्यहरुमा सरस्वती मल्ल,हरिशरण राई,दुर्गा घर्ती,शिवराम रानामगर,श्याम डङोल,मधु राई र शान्ता मिजार रहनुभएको छ। कार्यक्रममा लिखु गाउँ पालिकाका १४ सामुदायिक विद्यालयका ब्यवस्थापन समितिका ब्यवस्थापन पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बुद्धनगरको फर्निचर शोरुममा आगलागी

१० मंसिर, काठमाडौं : चाइनिज फर्निचरको शोरुम भएको  बुद्धनगरको एक फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

Nepal to launch 4G service soon - Sher Dhan Rai

Nepal to launch 4G service soon – Sher Dhan Rai

Kathmandu :- Rai informed that the amended Radio Frequency (Pricing and Distribution) Policy, 2073, has already come into effect and the radio frequency service will be properly managed now. Nepal will open 4G service in the urban areas soon, according to Minister for Information and Communications Sher Dhan Rai. Speaking to the media at his office on Monday, Minister Rai said efforts are being made to launch 4G service, based on the fourth generation wireless mobile telecommunications technology, after October.

 

Harihar bhandari himalayan online service - hons

हिमालयन अनलाइन सर्भिस हन्स –को १७ औ बार्षिक उत्सव सम्पन्न

दि पावर न्युज डटकम – काठमाडौ स्थित लैनचौर बेन्कुइटमा शुक्रबार साँझ भएको एक कार्यक्रममा हिमालयन अनलाइन सर्भिस को १७ औ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । – सत्रमा सत्र सत्रै सत्र यत्र तत्र सर्वत्र – रु १७ मै इन्टरनेट– नामको नरा लिएको हन्सले ग्राहकहरुका लागी आफ्ना नयाँ योजना सार्बजनिक गर्दै १७ औ बार्षिक उत्सब मनउन पाएकोमा निकै गौरवान्दीत महसुस भएको जनाएको छ । बिस्तृत जानकारीको लागी http://hons.com.np/ आफ्ना नयाँ सेवा बारे थाहा पाउन सकिने हिमालयन अनलाइन सर्भिसले जनाएको छ ।

कार्यक्रममा आफ्ना कर्मचारी तथा भिन्भिन क्षेत्रमा सहयोग गदै आइरहेका व्यतिm कम्पनीलाई धन्यवाद दिदै सम्मान पत्र साथै मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्धाटन हिमालयन अनलाइन सर्भिसका सि.इ.ओ. हरिहर भण्डारीले गर्नुभएको थियो । साथै आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्ने बिभिन्न कर्मचारीहरुलाई धन्यबाद् दिदै आफ्नो कामप्रति बफादार रहि कार्य गर्न अग्रह गनु भएको थियो ।

himalayan online service - hons sanjeeb
लामो समयसम्म कार्यरत कर्मचारी संजीज सिंहलाई सम्मानीत गर्दै सि.इ.ओ. हरिहर भण्डारी तस्विर : केदार दुलाल

himalayan online service - hons 3
सम्मान पत्र ग्रहण गदै हिमालयन आलाइन सर्भिसका कर्मचारी- तस्विर: केदार दुलाल

himalayan online service - hons 3

himalayan online service - hons internet
उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद् दिदै सि.इ.ओ. हरिहर भण्डारी तस्विर : केदार दुलाल

himalayan online service - hons internet
कार्यक्रममा सहभागीहरु तस्विर : केदार दुलाल

himalayan online service - hons internet
उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद् दिदै सि.इ.ओ. हरिहर भण्डारी तस्विर : केदार दुलाल

1446637019_cctv-camera.jpg November 4, 2015 136 kB 650 × 450 Edit Image Delete Permanently URL

भक्तपुर जिल्लाभरि टोलटोलमा सीसी क्यामरा जडान

भक्तपुर, १८ कात्तिक – महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाभरि नै आजदेखि घरदैलो अभियान सुरु गरेको छ ।  “चाडपर्वको बेलामा हुने चोरी, डकैती, लुटपाट, मदिरा बिक्री वितरण, पटका बिक्री वितरण, जुवातास खेल्ने खेलाउने कार्य रोक्न शुभकामनासहितको घरदैलो अभियान सुरु गरेका हौँ ।” परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले तिहार, नेपाल सम्बत् र छठ पर्वमा हुनसक्ने अपराध न्यूनीकरणका लागि घरदैलो अभियान सुरु गरेको जानकारी दिनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले तिहार, नेपाल सम्बत र छठ पर्वमा ६१३ जना प्रहरी परिचालन गरी गस्ती गर्ने, प्रहरीको रात्रिकालीन एम्बुस थाप्ने, सादा पोसाकका प्रहरी परिचालन गर्ने, पेट्रोलिङ गर्ने बताउनुभयो ।रासस