टी २० खेलमा नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित

कीर्तिपुर क्रिकेट मैदानमा शनिवारबाट सुरु भएको पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ। नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसरका रूपमा यस शृङ्खलालाई महत्त्वपूर्ण मानिएको छ। त्यसैले दुवै टोलीका खेलाडीहरू बीचको भिडन्त हेर्न लायक थियो। यस्तोमा निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपालले जित हासिल गरेको हो। नेपालले टस जितेसँगै सुरुमा ब्याटिङ पाएको वेस्ट इन्डिज ‘ए’ ले कीर्तिपुरमा जुटेका दर्शकका माझ आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ५ खेलाडी गुमाउँदै २०५ रनको चुनौतीपूर्ण लक्ष्य पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको सानदार ब्याटिङको मदतले दुई बल बाँकी छंदै लक्ष्य पूरा गर्‍यो।

Spread the love