‘स्थानीय चुनाव नयाँ संरचनाअनुसार – प्रचण्ड

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार नै हुने बताएका छन्। पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नहुने स्पष्ट पारेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले अब पुरानै संरचनामा स्थानीय चुनाव हुने र त्यसका लागि तयारी भइरहेको अभिव्यक्ति दिइरहेका बेला प्रचण्डले त्यसलाई खण्डन गरेका छन्। पुरानै स‌ंरचनाअनुसार चुनाव गर्ने कांग्रेसको प्रस्ताव एमालेसमेत सकारात्मक देखिएको छ।  बुधबार चितवन पुगेका देउवाले पुरानै संरचनामा स्थानीय चुनाव गराउन मुख्य तीन दलहरुबीच सहमति भइसकेको र छिटै मिति घोषणा हुने बताएका थिए।

 केही दिनअघि बालुवाटारमा कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतृत्वबीच भएको छलफलमा पनि पुरानै संरचनामा चुनावको तयारी गर्ने समझदारी भएको बताइएको थियो।  ‘संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ।’ उनले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको छ ।

प्रेस सेन्टर चितवनले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,’ अन्ततः समझदारीमा आउनै पर्छ, नमिल्ने खालको आन्दोलन छोडेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’ संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उनले पुस ४ गतेको बैठकमा टेबुल हुने बताए। उनले भने,’संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।’

सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताए। हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको विषयमा प्रधानमन्त्री दाहालले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको  छ ।

Spread the love