सीमांकन नमिलुन्जेलसम्म मधेसी मोर्चाले कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने – प्रचण्ड

prachanda

९ पुस, काठमाडौं । रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै प्रचण्डले भने-वार्ता, सम्वाद र सहमतिको विकल्प छैन ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन नमिलुन्जेलसम्म मधेसी मोर्चाले कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने बताएका छन् ।   शुक्रवार (भोलि) मधेसी नेताहरुसँग छलफल गर्दैछु । मेरो प्रयास संविधान संशोधनको भाषामा सहमति गर्नेमा हुनेछ । ’प्रचण्डले सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरु सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङग्याउने विषयमा सहमति जुटाउन आफू केन्दि्रत रहेको बताए ।

 आफूले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग कुरा गरिरहेको भन्दै उनले भने-‘चिजहरु सकारात्मक छन्, समाधान हुन्छ भन्नेमा म आशावादी छु ।’शुक्रबारको छलफलले संविधान संसोधन विद्येयकको भाषामा सहमति जुटाउने उनको विश्वास थियो ।

सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागतपछि विषय सकारात्मक दिशातिर गएको भन्दै उनले दुई देशको सम्बन्धमा मधेसलाई ल्याउन नहुने बताए । प्रचण्डले भने-नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउनुको विकल्प छैन । नेपालको मन्त्रिपरिषदको निर्णयलाई भारतले स्वागत गरेपछि अब नाका सहज हुने अवस्था सृजना भएको छ ।’ दुई देशको सम्बन्धको वीचमा मधेसलाई ल्याएर राम्रो हुँदैन ।’

Spread the love