सडक संघर्षले कानुन बलियो बनाउछौ – प्रचण्ड

Prachanda

१४ चैत, काठमाडौं – एमाओवादीसहितका ६ वटा माओवादी पार्टीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले कानून भनेको सीधासादा र कमजोरलाई मात्र लाग्ने बताए । ‘बलियो त कानून च्यात्छ, बनाउँछ’ उनले भने ।  माओवादीहरु कमजोर भएपछि राज्य पक्षले राजनीतिक सहमति र सम्झौता तथा अदालतले कानून उल्ट्याउन सुरु गरेको भन्दै उनले उनले अब एक भएर सडकमा उत्रनुको विकल्प नभएको बताए । ‘हामी एक भएनौं भने झिँगा माकुराको जालोमा अल्झिएझैं हामी सबैको इतिश्री हुनेवाला छौं’ एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘एक भएर सडकमा गर्जियौं भने त्यस्ता कानून च्यातिन्छ ।’

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले माओवादीहरु कमजोर भएपछि कानून लाग्न थालेको बताएका छन् । अब माओवादी नेतृत्वले कमजोरीबाट शिक्षा लिएर सडकमा जानुपर्ने प्रचण्डको जोड थियो । देशभरि कार्यकर्ता र जनताको चाहना पनि माओवादी एक होस् भन्ने रहेको भन्दै उनले भने-‘माओवादी माओवादी नै छन् । कांग्रेस भएका छैनन्, एमाले भएका छैनन्, राजावादी भएका छैनन् । माओवादी कमजोर भयो विभावित भयो भन्ने चिन्ता र आक्रोश छ ।’

Spread the love