कतारका राजा नेपाल आइपुगे

दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेको छ। कतारका अमिरको सुरक्षाको भित्री तहको जिम्मेवारी नेपाली सेनाले र बाहिरी तहको सुरक्षा अन्य सुरक्षा निकायले गर्ने सुरक्षाको प्रबन्ध मिलाइएको छ। कतारका अमिर निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उनी मङ्गलवार नेपाल आइपुग्नुअघि नै कतारका सुरक्षा अधिकारीहरू नेपाल आएको थियो ।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज दिने कार्यक्रम छ। राजकीय भोजमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने छन्।उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। अधिकारीहरूले श्रम सम्झौता नवीकरण लगायतका मुद्दा यो भ्रमणका क्रममा उठाउने बताए पनि अहिलेसम्म खेलकुद, सञ्चारसहित कतिपय विषयमा सम्झौता र समझारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।

Spread the love