तँपाइको घर बस्न लायक छ कि छैन, कसरी थाहा पाउने ?

तँपाइको घर बस्न लायक छ कि छैन, कसरी थाहा पाउने ?

विज्ञले दिएको फर्मूला अनुसार आफ्नो घरको सुरक्षा जाँच आफै गर्नुहोस्
हाम्रा पुस्ताले अनुभव गरेको सबैभन्दा ठूलो विपत्तीले हजारौं सर्वसाधरणको ज्यान लियो। प्रभावित जिल्लाका लाखौं परिवार घरबारविहिन भएर आकाशमुनि शरण लिन बाध्य छन्। गाउँमा खेतबारी, चौर लगायत फराकिलो ठाउँ पाउन गाह्रो नहुने रहेछ।
पाल लगायत ओत पाए पनि नपाए पनि उनीहरू सानो सानो समूहमा बसेर बिपतसँग जुधीरहेका छन्। गाउँका बासिदासँग स्याउला, पत्कर लगायतको प्रयोग गरेर छाप्रो बनाउने सीप पनि हुन्छ।
काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपूर लगायत उपत्यकाका नगर क्षेत्रमा जनघन्त्व व्यापक छ। खुला आकाशमुनि रात काट्नेहरुको एकै ठाउँमा ठूलो घुँइचो लागेको छ। खुला ठाउँ, चौर वा खाली जग्गामा सयौंको संख्यामा बसिरहेका मानिसले पानी, सरसफाई लगायत शौंचालयको समस्याको झन् बढी सामना गर्नु परिरहेको छ।
घर भत्किएर बस्नै नहुने अवस्थामा पुगेका मात्रै खुला ठाउँमा पालमुनि बसिरहेका छैनन्। भूकम्पको कुनै क्षति नपुर्‍याएको र सामान्य असर गरेपनि घर सुरक्षित नै रहेकाहरू पनि आश्रयस्थलमा छन्। आफ्नो घर बस्न लायक रहेकाहरूले घर फर्किन आँट गरे खुला ठाउँ होलो हुन्थ्यो।
सरकारलाई राहत वितरण गर्न सजिलो हुन्थ्यो। सयौं मानिसको भीडले निम्त्याउन सक्ने कुनै पनि संक्रमण वा जनस्वास्थ्यको सम्भावित जोखिम टर्थ्यो।
ढलान गरेर बनाएको आफ्नो घर वा डेरा बस्न सुरक्षित छ कि छैन भन्ने कसरी थाहाँ पाउने? तँपाईँको अप्राविधिक आँखाले पनि त्यसको परख गर्न सक्छ। त्यसपछि तपाईँले घर फर्कने आँट गर्न सक्नुहुन्छ।
पिलर सिस्टमको घरको अवस्था यस्तो भयो भने पूरा सुरक्षित
१. घर ठाडो अर्थात घन्टीमा हुनुपर्छ।
२. घरको पिलर र बीम नछुट्टिएको हुनुपर्छ।
३. पिलर र बिममा क्रयाक नआएको हुनुपर्छ
४. कुनै बरण्डा वा बल्कुनी क्रयाक नभएको हुनुपर्छ
(यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।)
५. पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन
(पिलर सिस्टम घरमा यो गारोले छेकबारको काम मात्र गर्ने हो। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ)
६. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन।
७. यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भुइतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ।
८. घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन
९. भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुहोला
वाल बियरिङ घर
१. घर ठाडो अर्थात घन्टीमा हुनुपर्यो
२. घरका सुरहरू घन्टीमा हनुपर्यो
३. गारेमा वारपार वा ठाडो क्र्याक आएको हुनुभएन
(उदाहरणको लागि कोठाको उचाई आठ फिट छ। त्यो आठ फिट गारो तलदेखि माथिसम्म वा धेरैभाग वारपार चर्किएको भए असुरक्षित हुन्छ)
४. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन
५. कुनै बरण्डा वा बाल्कुनी क्रयाक हुनुभएन
(यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।)
६. पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन
(वाल बियरिङ घरमा पनि कतिपय गारोले छेकबारको काम मात्र गरेको हुन्छ। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ)
७. यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भुइँतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ।
८. घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन
९. भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुहोला
(शहरी विकास मन्त्रालयका पूर्व सचिव थापा सोसाइटी अफ नेप्लिज आर्टिटेक्टका अध्यक्ष हुन्)

बिदेश मा रहेका धादिङ का युबा हरु द्वारा भुकम्प पीडितलाई सहयोग

दिपक न्यौपाने : – आफ्नो गाउ आफै बनाउ, अब हाम्ले नगरे कस्ले गर्ने जस्ता कुरा हरु अचेल युबा को मुख बाट सुन्न पाइन्छ । नेपाल मा शनिबार मध्याह्न गएको महाभूकम्पले पुरै नेपाल सोक मा डुबेको छ । राजधानी मा त धेरै तर्फ बाट सहयोग जुटी रहेको अवस्था मा
बिदेश मा रहेका धादिङ का युबा हरु द्वारा भुकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन । कुनै एन जियो वा सस्था द्वारा होईन सिधै आफ्नो गाउ मै पुग्ने गरी थालनी गर्न लागेको अभियान हो यो । बिशेष गरी धदिङ सुकौरा का युबा हरु द्वारा सन्चालन गर्न लागेको यो कार्य आफै मा सराहनिय कार्य हो । लङ आइल्यन्ड निबासी राजन गौली ले यो अभियान थाल्नु भएको हो ।

राजधानी मा त जताततै बाट सहयोग आइ रहेको छ तर त्यो भन्दा पनि ठुलो पिडा गाउ – गाउ मा छ । हामी सबै ले आफ्नो गाउ – ठाउ को लागी सानो सहयोग गर्ने भने पनि निकै ठुलो राहत मिल्ने कुरा न्यूयोर्क निबासी लोक प्रिय युबा लेखक राजन थपलिया बताउछन । सहयोग गर्ने भने कै आपत बिपत पर्दा हो त्यसै ले आफु ले सके जती सहयोग दिल खोलेर गर्ने कुरा थपलिया बताउनु हुन्छ ।

यो कार्य को अभियान कर्ता गौली ले सामाजिक सन्जाल फेसबुक मार्फत सबै लाई सहयोग को लागी आह्वान गर्नु भए को छ । उनकै सब्द मा

“सहयोगको घोषणा”
यस दुखद परिस्थितीमा हामी बिदेशमा रहनेले प्रार्थना नै हो। नेपालमा रहेर जस्ले भोग्नुभएको छ त्यो यथार्थता कति दुखदायी र कस्टकर होला पक्कै असोचनिय छ। यस बिकराल अबस्थामा भगवानले धैर्यधारणा गर्ने शक्ति दियोस ।
लगभग सबैजसोको घर पुर्णतया भत्कियकोले तत्कालको लागि खाना, औषधी र अस्थाई बास्थानको ब्यबस्था गर्नुपर्ने देखिन्छ । यस कार्यको लागि तत्काल म र मेरो श्रीमति पबिता को तर्फ बाट ५०,००० ।०० रुपैया मेरो गाऊ त्रिपुरेश्वर सुकैाराको लागि सहयोगको घोषणा गर्दछु। यस कार्यमा हातेमालो र सहयोग गरिदिनु हुन बिदेशमा रहनु हुने त्रिपुरेश्बर बासिहरु, पर्यटन ब्याबसायीहरु, अन्य ब्यापारी तथा सहयोगी मनहरुलाई अनुरोध गर्दछु। सानो सहयोगले पनि ठुलो ठुलो महत्व राख्दछ।”

सहयोगी मन हरु ले सिधै उहा को फेसबुक मार्फत सम्पर्क गर्न सक्नु हुनेछ । तल को लिन्क क्लिक गर्नु होला ।

https://www.facebook.com/photo.php?fbid=10204354719613761&set=a.3081449320872.2121377.1403008135&type=1&theater

 

शनिबार मध्याह्न गएको महाभूकम्पले राजधानीको ऐतिहासिक धरोहर हनुमानढोका दरबार क्षेत्रका चार प्राचीन मन्दिर र देवालयलाई पूर्णतः नष्ट भएका छन्।

दरबार क्षेत्रको मध्य भागमा रहेको काष्ठमण्डप भत्किएर नष्ट भएको छ भने दशअवतार देखाउने मन्दिर पनि भत्किएर नष्ट भएको छ । त्यस अतिरिक्त गद्दी बैठकको पश्चिमतिरको विशाल मन्दिर र शिव पार्वती मन्दिरको बगलमा रहेको जीर्णोद्धार हुँदै गरेको अर्को मन्दिर पनि नष्ट भएको छ।

यस क्षेत्रमा भत्किएका ऐतिहासिक स्मारकहरुमा दबिएर मरेका झन्डै ८० जनाको शव निकालिसकिएको छ।

ऐतिहासिक कुमारी घर र तलेजु मन्दिरमा भने क्षति भएको देखिएको छैन । गद्दी बैठकको मूलढोकामाथिको भाग भत्किएको छ र त्यसका छतछतमा क्षति पुगेको छ।

वसन्तपुरस्थित रहेको मल्कालीन एक संरचना पनि नराम्ररी भत्किएको छ । पुरै नेपाल सोक मा डुबेको छ ।

भाइबरद्वारा इन्टरनेट नहुँदा समेत निशुल्क कलको सुविधा

कलिङ र शेयरिङ साइट ‘भाइबर’ले नेपालको भुकम्प प्रभावमा केही राहत भन्दै नेपालीहरुले भाइवरआउटमा निःशुल्क कलको सुविधा दिएको छ।

नेपालमा भुकम्पले प्रभावित भएकाहरूले चाहेको समयमा विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्न सहज होस् भनेर नेपालीहरुले इन्टरनेट सुविधा नहुँदा समेत भाइबर आउटबाट निःशुल्क कल गर्न सक्ने भाइवरले ट्विट गर्दैं जनाएको छ।

विमानस्थलमा यात्रुहरुको बिजोग

काठमाडौं । विपत्ति अकस्मात हुन्छ । शनिबार विनाशकारी भूकम्पले देशका थुप्रै स्थानमा जनधनको क्षति भयो । भूकम्पले देश ठप्पजस्तै छ ।

(स्रोत रातो पाटी )

सार्वजनिक यातायातदेखि राष्टिय अन्तराष्टिय उडान पनि केही स्थगित भएका छन् । कतिपय पर्यटकदेखि वैदेशिक रोजगारीमा गएका नेपाली योबीचमा नेपाल आए । तर, यतिबेला काठमाडौं भूकम्पले शोकमा छ । काठमाडौँमा होटलदेखि यातायात खुलेका छैनन् ।

यति बेला विदेशबाट आउनेलाई त्रिभुवन विमानस्थल लिन जाने कोही भएनन् भने, यहीबीचमा विदेशका लागि उडान भएका कतिपयको उडान रद्द हुन पुगेको छ ।

त्यसैले यतिबेला विमानस्थलमा थुप्रै पर्यटक पाहुनादेखि स्वदेश फर्केका परदेशी अलपत्र छन् । यिनीहरुलाई तपाईं सहयोग गर्नुहुन्छ कि ?

airport  (16)airport  (15)airport  (13)airport  (12)airport  (7)airport  (8)airport  (9)airport  (10)airport  (11)airport  (6)airport  (5)airport  (4)airport  (3)airport  (2)airport  (1)

 

राजधाराजधानीमा महाभुकम्प ७ (फोटोफिचर)

काठमाडौ, वैशाख १२ – नेपालमा शनिबार गएको महाभूकम्पमा सयौंको मृत्यु भएको छ । गृह मन्त्रायलयका अनुसार सांझसम्म ६ सय ८६ को मृत्यु भएको छ । सबैभन्दा बढी काठमाडौं, भक्तपुर र ललितपुरमा क्षति भएको छ । शनिबार १२ बजेपछि पटक पटक गएको भूकम्पले हजारौं घाइते भएका छन् ।  (स्रोत :  कान्तिपुर दैनिक )

विनाशकारी भूकम्पबाट झण्डै ७११ को मृत्यु

१२ वैशाख, काठमाडौं । सरकारले अकल्पनीय संकटको घडीमा धैर्य गर्दै उद्धार र राहतको अभियानमा लाग्न सबैलाई आह्वान गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा शनिवार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भुकम्प प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरि राज्यको सम्पूर्ण शक्ति उद्धार कार्यमा लगाउने निर्णय गरेको छ ।

अपरान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लालाई केन्द्रविन्दू बनाएर सात दशमबल ६ रेक्टरको भूकम्प गपएको र त्यसपछि लगातार ७ पटकसम्म ठूलो भूकम्प आई जनधनको क्षति भएको सरकारले जनाएको छ । बैठकले तत्कालै उद्धार र राहतका लागि ५० करोड रुपैया निकासा गर्ने निर्णय गरेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।

त्यस्तै केन्द्रीय राहत तथा उद्धार केन्द्र मार्फत सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गर्ने र हेलिकोप्टर तयारी हालतमा राखिएको मन्त्री बस्नेतले अनलाइखबरलाई जानकारी दिए । सरकारले काठमाडौंका बिभिन्न नौ स्थान, भक्तपूरका दुई स्थान र भक्तपूरका ६ स्थानमा राहत तथा उद्धार केन्द्र स्थापना गरेको छ । मन्त्री बस्नेतका अनुसार भुकम्प प्रभावित सबै जिल्लामा राहत तथा उद्धार केन्द्र स्थापना गरिदैछ । सरकारले उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

बैठकले मृत्यु भएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिने र घाइतेको उपचारखर्च सम्पूर्ण सरकारले व्यहोर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए । सबै अस्पताल चौबिसै घण्टा खुला गरेर डाक्टर र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । सबै खुला ठाउमा टेण्ट टाँगेर स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न सेवा उपलव्ध गराउन लागिएको बस्नेतले बताए ।

भुकम्प प्रभावित क्षेत्रमा आपकाल घोषणा

१२ वैशाख, काठमाडौं । सरकारले अकल्पनीय संकटको घडीमा धैर्य गर्दै उद्धार र राहतको अभियानमा लाग्न सबैलाई आह्वान गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा शनिवार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भुकम्प प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरि राज्यको सम्पूर्ण शक्ति उद्धार कार्यमा लगाउने निर्णय गरेको छ ।

अपरान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लालाई केन्द्रविन्दू बनाएर सात दशमबल ६ रेक्टरको भूकम्प गपएको र त्यसपछि लगातार ७ पटकसम्म ठूलो भूकम्प आई जनधनको क्षति भएको सरकारले जनाएको छ । बैठकले तत्कालै उद्धार र राहतका लागि ५० करोड रुपैया निकासा गर्ने निर्णय गरेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।

त्यस्तै केन्द्रीय राहत तथा उद्धार केन्द्र मार्फत सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गर्ने र हेलिकोप्टर तयारी हालतमा राखिएको मन्त्री बस्नेतले अनलाइखबरलाई जानकारी दिए । सरकारले काठमाडौंका बिभिन्न नौ स्थान, भक्तपूरका दुई स्थान र भक्तपूरका ६ स्थानमा राहत तथा उद्धार केन्द्र स्थापना गरेको छ । मन्त्री बस्नेतका अनुसार भुकम्प प्रभावित सबै जिल्लामा राहत तथा उद्धार केन्द्र स्थापना गरिदैछ । सरकारले उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

बैठकले मृत्यु भएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिने र घाइतेको उपचारखर्च सम्पूर्ण सरकारले व्यहोर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए । सबै अस्पताल चौबिसै घण्टा खुला गरेर डाक्टर र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । सबै खुला ठाउमा टेण्ट टाँगेर स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न सेवा उपलव्ध गराउन लागिएको बस्नेतले बताए ।

 

भूकम्पले नौतले धरहरा ध्वस्त…..

१२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ । राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको छ । धरहरा भत्किदा धरहराको टुप्पोमा रहेका र जमिनमा समेत रहेका कम्तिमा पचासजना हताहत भएका छन । तर यो संख्या अझै धेरै रहेको प्रत्यक्षदर्शीले बताएका छन् । देशभर ठूलो हताहति भए पनि यकिन तथ्यांक कतैबाट आएको छैन ।

Map of Jajarkot

जाजरकोट महामारीमा बिरामीको खंख्या अझै थपिदै – जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट

 १० वैशाख , जाजरकोट –  जिल्लाका १२ गाविस रहेका बिरामीलाई गरिएको उपचारअनुसार अहिलेसम्म अर्छानी गाविसमा ६५९, पैकमा एक हजार ६८२, सक्लामा ३८०, नायकबाडामा ५७०, पजारुमा ५७४ र टालेगाउँमा ८३२ तथा मजकोट, दशेरा, कोताग र गर्खाकोट गाविसवाट तथ्याङ्क आएको छैन । त्यस्तै ढिमेमा ३१७, रोकायगाउँमा ११९, रामीडाँडामा २० र मजकोटमा १६० जनाको उपचार भएको छ । यहाँ चैत १८ देखि वैशाख ९ गतेसम्म पाँच हजार ३०३ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
 सरसफाइ, पोषण र खानेपानीको अभावले गर्दा रोगको सङ्क्रमण छिटो भएको छ । सहरकेन्द्रित स्वास्थ्य सेवा हुनाका साथै गरिबी, अशिक्षा, पहुँचमा स्वास्थ्य सेवा नहुनु अर्को समस्या भएको छ ।
राज्यले ग्रामीणमुखी स्वास्थ्य नीति निर्माण गरिनुपर्ने रोग उपचारको दिगो व्यवस्थापन नहुनु र स्वास्थ्य संस्थाको स्तरवृद्धि, जनशक्ति, उपकरण आदिको उपलब्ध नभएका कारण  समस्या भएको छ । यहाँ चैत १८ देखि वैशाख ९ गतेसम्म पाँच हजार ३०३ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।