नक्कली गृह प्रवक्ताको नाम र गृह सन्त्रालयको लेटरप्याड तयार गरी ठगी गर्ने पक्राउ

नक्कली गृह प्रवक्ताको नाम र गृह सन्त्रालयको लेटरप्याड तयार गरी ठगी गर्ने पक्राउ

सिहदरवारवाट गृह मन्त्रालयको लेटरप्याड छाप र गृह सह सचिवर प्रवक्ताज्यूको नाम र सही समेत किर्ते गरी नक्कली कागजपत्रहरु तयार पारि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार नक्कली कागजपत्रहरु तयार पारि ठगी गर्ने लक्ष्मी अधिकारीलाई विशेष सुरक्षाको आधारमा सिहदरवार दक्षीण गेट नजिकवाट पक्राउ गरेको जनाएको छ ।

निज अधिकारीले आफ्ना वावु वहराईनमा काम गर्न र नेपाल आउने क्रममा सुन वढि ल्याएकोले जेल चलान भएकोमा उपचारको क्रममा मृत्यु भएकोले वहराईनवाट क्षतिपूर्ति वापत ९५ करोड रकम र वावुले जग्गा वेचेको गरी १ अर्व ८ करोड रकम गृह मन्त्रालयमा प्राप्त भएको भन्ने व्यहोराको पत्र समेत प्रवक्ताको नामवाट वनाई उक्त रकम रोशी गा।पा (७ का वडा अध्यक्षलाई दिनु भन्ने अर्को पत्र वनाई आफ्नै घरपेटी दामोदर गौतमलाई समेत प्रभावमा पारी ५ जना व्यक्तिहरुलाई गृहवाट अमेरीका पठाउने र भिषा समेत आएको अर्को पत्र वनाई २५ लाख भन्दा वढी ठगी गरेको देखिएको छ ।

प्रहरीका अनुसार निजले करोडौ रकम वरावरको पैसा नभएका चेक समेत वैंकहरुमा किलिरेन्स डिपोजिट गर्न र मोवाईल वैंकिङ मार्फत प्राप्त क्त्ब्क् लाई पैसा भएको भनि देखाई ठगी गर्न उद्धत रहेको जानकारी दिएको छ । प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान ग
अनुसन्धान भईरहेको छ ।

अमेरिकाको हिराशतमा आप्रवासीहरु शौचालयको पानी खान बाध्य

न्युयोर्ककी सांसद अलेक्जान्द्रिया ओकासिया कोर्टेज सहितको टोलीले सोमबार टेक्सासका एल पासो र क्लिन्टका हिराशतहरुको भ्रमण गरेका थिए । अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेर हिराशतमा राखिएकी एक महिलाले आफूहरुलाई शौचालयको पानी खान बाध्य पारिएको दावी गरेकी छिन् । १५ देखि २० जना आमाहरुलाई एउटै सेलमा राखेर पानीको बन्दोबस्त समेत नगरिएको सांसदहरुको अवलोकनका क्रममा गुनासो प्राप्त भएको थियो । सोमबार तीनजना अमेरिकी सांसदहरुले सिमा सुरक्षा गस्तीका हिराशतको भ्रमण गर्दा आप्रवासी महिलाहरुलाई शौचालयको पानी खान भनिएको खुलासा भएको छ । सांसद जोक्वीन क्यास्ट्रोका अनुशार हिराशतमा शौचालय भएपनि त्यहाँ पानी समेत थिएन । हिराशतमा राखिएकाहरुलाई साबुन , टुथब्रस, उचित खाना र पानीको बन्दोबस्त नभएको पाइएको हो ।

युवतीमाथि सिरिन्ज आक्रमणरी पक्राउ

काठमाडौं जिल्लाको विभिन्न स्थानहरूमा युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोटरसाईकलबाट आएका अज्ञात व्यक्तिले धारिलो वस्तु प्रहार गरी घाईते बनाएको र टेकु हस्पिटलमा समेत उपचार गराएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं परिसर र अपराध महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा मिति २०७६।०३।१२ गते राती १० वजेको समयमा काठमाडौं महाराजगंजबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा ४७ प १३३१ मोटरसाईकल सहित रामेछाप घर भई हाल नैकाप बस्ने वर्ष ३० को शन्तोष कार्कीलाई पक्राउ गरी परिसर टेकुमा राखी अनुसन्धान भईरहेको जनाएको छ  ।  पक्राउ पर्ने महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै  रेष्टुरेष्ट बन्द गरेर सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकाप फर्कने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई ढलान किलाले घोपी हिडेको बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यस बारे थप अनुसन्धान भईरहेको जनाएको छ  । 

तिनकुनेमा पेस्तोल सहित एक पक्राउ

तिनकुनेमा काठमाडौको महानगरीय प्रहरी परिसरले ठुलो पेस्तोल सहित एक जनालाई पक्रउ गरेको छ । महानगरीय प्रहरीका अनुसार काठमाडौबाट खटिएको विशेष टोलीले १२०० वजेको समयमा शंकास्पद रुपमा तिनकुनेमा हिडिरहेको अवस्थामा चेकजाँचको क्रममा ठुलो पेस्तोल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ पर्नेमा सोलुखुम्वु  डुटेल घर भई हाल वौद्द आरुवारी वस्ने वर्ष २४ को साङ्गे टेम्वा शेर्पा रहेका छन् ।  शेर्पाको साथबाट पेस्तोल १ थान ,मोवाईल २ थान ,नागरीकता १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।  शेपालाई पक्रउ गरी महानगरीय प्रहरी परिसर काठमाडौवाट थप अनुसन्धान भईरहेको छ ।

पक्रउ गरेको शंकास्पद युवक

चोरी गरी भाग्दै गरेका चार जनालाई पक्राउ


लगनखेलको स्प्रिट सर्भिस प्रा.लि. तोडफोड गरी चोरी गरी भाग्दै गरेका ४ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार गएराति चोरी गरी फरार हुँदै गरेका चार जनालाई नगद र चोरी गर्न प्रयोग हुने सामाग्रीसहित पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट फलामे रड २ वटा, विदेशी डलर १ रुपैयाँको ७ वटा, ३ वटा मोटरसाइकल र विभिन्न देशका रकम बरामद गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरु पटक–पटक पक्राउ पर्दै छुट्दै गरेको प्रहरीले जनाएको छ । 

 

खैरो हिरोइनसहित तीन पक्राउ

चितवनको रत्ननगरबाट खैरो हिरोइनसहित तीन जना पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय रत्नगरका अनुसार उनीहरुलाई राति रत्ननगर बाघमारमा दुई दशमलव ७४ ग्राम लागुऔषध खैरो हिरोइनसहित लागुऔषध सेवन गरेकै अवस्थामा तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा तिनैजना रत्ननगरका रमेश पाण्डे, रामु परियार र नारायण श्रेष्ठ रहेका छन । उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ ।

अवैध रुपमा ल्याएको सुनसहित छ जना पक्राउ

सिरहाको घुर्मीघाट खण्डबाट पौने दुई किलोग्राम काँचो सुनसहित ६ जनालाई  पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ थान हातमा लगाउने बाला, तीन थान सुनको पाता गरी १ किलो ७ सय ५७ ग्राम तथा ७ सय २० मिलिग्राम काँचो सुन र ३४ हजार ५ सय रुपैयाँ नगद सहित ६ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट बरामद भएको कच्चा सुन, नगद तथा गाडी समेतको एक करोड २१ लाख ९३ हजार ४६४ रुपैयाँ मूल्यांकन गरी सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।

 

चरेशसहित २ जना  पक्राउ

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोको टोलीले २ सय ३५ किलो लागू औषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको ट्रकमा लुकाई राखेको  चरेशसहित २ जनालाई  पक्राउ गरेको   थियो। पक्राउ परेका दुवै जनालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय, धादिङमा बुझाईएको छ ।  लागूऔषध ओसारपसार कार्यमा संलग्नका बारेमा  थप अनुसन्धान भैरहेको छ ।

 

 

 

छोरी र श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई छोरी र श्रीमतीको हत्याको आरोपमा पक्राउ  गरेको छ । एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय  जानकारी दिएको छ ।  हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै  रातु खोलामा हत्या गरेको स्वीकार गरेको  छ । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको  छ ।

 

 

मोटरसाइकलसहित दुई जना पक्राउ

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा काठमााडौंको कालोपुलबाट चोरी गरेर ल्याउँदै गरेको  बा.९६ प. ७१७७ नम्बरको मोटरसाइकलसहित दुई  जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।