कम्बोडिया पठाउने नाममा ठगी गरेकोआरोपमा युवक पक्राउ

कम्बोडिया पठाउने नाममा ठगी गरेकोआरोपमा युवक पक्राउ

जागिर लगाइदिने भनी १९ जनालाई कम्बोडियामा अलपत्र पारेको र ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ ।कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा पठाइदिने भन्दै प्रतिव्यक्ति साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का सुमन बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।बस्नेतलाई प्रहरीले काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो ।

 

घुससहित सब–इञ्जिनियर पक्राउ

गुल्मीमा एक जना सब–इञ्जिनियर घुस दिदा दिदै रंगेहात  पक्राउ परेका छन् ।सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बस्दै आएका झाले निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए । यही सूचनाका आधारमा वुटवलबाट गएको अख्तियारको टोलीले उनलाई समातेको हो ।

सक्कली सुनको नाममा नक्कली कारोवार

सानो टुक्रा ओरिजिनल सुन देखाएर हामीसँग धेरै सुन छ सस्तोमा दिन्छौं  भन्दै पँहेलो धातु लेपन गरिएको नक्कली सुनका बिस्कुट देखाउँदै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले  राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो ।

 

विश्वकप फुटबलमा हार जितमा बाजी खेलाउने ३ जना पक्राउ

विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

लागुऔषधसहित पक्राउ

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा दुहवी नगरपालिका–२, सुनसरीका २३ वर्षीय श्याम शाहलाई पक्राउ गरिएको हो ।उनको साथबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, फेनार्गन ५० एम्पुल र डाईजाल्याव ५० एम्पुल गरी जम्मा २ सय एम्पुल र ३ सय ट्याव्लेट नाईट्रोवेट बरामद भएको छ ।

अवैध चाँदीसहित २ जना पक्राउ

प्रहरीले जनकपुर उपमहानगरपालिका  २४ सोनापाडाबाट चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।अवैध रुपमा ल्याइएको ९ किलो ८ सय ग्राम चाँदीसहित  सर्लाही संग्रामपुरका सन्देश मण्डल र धनुषा सहिदनगर नगरपालिका ६ बस्ने रञ्जित मुखियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही मोटर  साइकलमा सवार दुई जनालाई नियन्त्रण लिएको हो ।