एक जना मृत्युको आरोपमा ५ जना पक्राउ 

एक जना मृत्युको आरोपमा ५ जना पक्राउ 

नवलपरासीमा असोज ३ गते राति भएको रुपेश महतोको हत्याका ५ जना अभियुक्तलाई पक्राउ  गरिएको छ । क्रसर उद्योगमा काम गर्ने क्रममा विवाद भएपछि सोही विवादलाई लिएर उनीहरुबीच झगडा भएको थियो । रातिको समयमा भएको आक्रमणबाट घाइते रुपेश महतोको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ  । उनीहरुतले रुपेशलाई धारिलो हतियार प्रहार गरी हत्या गरेेको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उनीहरुलाई पक्राउ गरी अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय नवलपुरमार्फत नवलपुर जिल्ला अदालत पेश गरिएको थियो ।

 

 

 

गाँजाको धुलो र चरेस सहित दुई जना पक्राउ

पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको हो ।

महिलालाई जबरजस्ती करणी गर्ने एक पक्राउ

एक महिलाको कोठाकोमा जबरजस्ती प्रवेश गरेर जबरजस्ती करणी गरेका  एक व्यक्ति पक्राउ परेको  छ ।  रुकुम पूर्व भूमे गाउँपालिका–४, हुकामका ३० वर्षीय सवीन्द्र घर्तीलाई  जबरजस्ती करणी गरेर भाग्दै गर्दा  पक्राउ गरेको हो । महिलाको कोठामा रहेको २० हजार रुपैयाँसमेत चोरेर भाग्दैगर्दा रुकुम प्रहरीले उनलाई पक्राउ गरेको छ ।  रुकुम पश्चिम बाँफिकोट गाउँपालिका घर भइँ मुसिकोटमा कोठा गरी बस्ने ३० वर्षीय एक महिलाको कोठामा राती ढोकाको चुकुल खोली जबरजस्ती करणी गरेका थिए ।

मानव बेचबिखनको आरोपमा २ पक्राउ

मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले २ जनालाइ पक्राउ गरेको छ । गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाईफकाई भारतको बैंगलोर पुर्‍याएर बेचबिखन गर्न खोजेको उनीहरुमाथि आरोप छ । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिनअघि मात्रै नेपाल ल्याएका थिए ।मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । उनीहरुको पनि खोजी कार्य जारी रहेको  छ ।

 

लागुऔषधसहित एक जना पक्राउ

भारतबाट लागुऔषध लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज  एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको  ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् ।

 

अपहरणकारि पक्राउ

भक्तपुरबाट  सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ बस्ने बर्ष ४७ को बिष्णु कटुवाललाई डेढ लाख नतिरेको निहुँमा अपहरण  गरेको थियो । प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका-५ चौकोटबाट ८ जनालाई पक्राउ गरेको छ ।  केही आर्थिक लेनदेन भएका व्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखी जबर्जस्ती नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने जानकारी प्राप्त हुनसाथ खोजतसालको क्रममा धुलिखेल नगरपालिका-५ चौकोटको उकालोबाट गाडी र मोटरसाइकलसहित संलग्न ब्यक्तिहरु पक्राउ गरेको छ ।

 

 

 

काभ्रेको गुम्बामा लुटपाट गर्ने पाँच जान पक्राउ

काभ्रेको खानीखोला गाउँपालिका–७ मा रहेको छोइछेल कुण्डलाङ गुम्बामा दुई मोटरसाइकलमा आएका उनीहरुले पुजारीलाई बाँधेर पेस्तोल देखाएर लुटेराकाे समूहले ३ लाख ५० हजार नगद र एउटा शंख लुटेको छ । घटनाबारे जानकारी पाएलगत्तै  प्रहरी टोलीले ५ जनालाई पक्रेको छ ।

 

 

 

१० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए

 

सुन पसलमा लुटपाट गर्ने एक जना पक्राउ

विराटनगर – सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल लाई शुक्रबार पक्राउ गरिएको  छ ।

 

 

वैदेशिक रोजगारीका नाममा ठग्ने एक जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने नाममा ७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ वर्षीय घनश्याम अर्याललाई उनकै घरबाट पक्राउ गरेको छ ।