खैरो हिरोइनसहित तीन पक्राउ

चितवनको रत्ननगरबाट खैरो हिरोइनसहित तीन जना पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय रत्नगरका अनुसार उनीहरुलाई राति रत्ननगर बाघमारमा दुई दशमलव ७४ ग्राम लागुऔषध खैरो हिरोइनसहित लागुऔषध सेवन गरेकै अवस्थामा तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा तिनैजना रत्ननगरका रमेश पाण्डे, रामु परियार र नारायण श्रेष्ठ रहेका छन । उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ ।

Spread the love