चोरी गरी भाग्दै गरेका चार जनालाई पक्राउ


लगनखेलको स्प्रिट सर्भिस प्रा.लि. तोडफोड गरी चोरी गरी भाग्दै गरेका ४ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार गएराति चोरी गरी फरार हुँदै गरेका चार जनालाई नगद र चोरी गर्न प्रयोग हुने सामाग्रीसहित पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट फलामे रड २ वटा, विदेशी डलर १ रुपैयाँको ७ वटा, ३ वटा मोटरसाइकल र विभिन्न देशका रकम बरामद गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरु पटक–पटक पक्राउ पर्दै छुट्दै गरेको प्रहरीले जनाएको छ । 

 

Spread the love