युवतीमाथि सिरिन्ज आक्रमणरी पक्राउ

काठमाडौं जिल्लाको विभिन्न स्थानहरूमा युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोटरसाईकलबाट आएका अज्ञात व्यक्तिले धारिलो वस्तु प्रहार गरी घाईते बनाएको र टेकु हस्पिटलमा समेत उपचार गराएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं परिसर र अपराध महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा मिति २०७६।०३।१२ गते राती १० वजेको समयमा काठमाडौं महाराजगंजबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा ४७ प १३३१ मोटरसाईकल सहित रामेछाप घर भई हाल नैकाप बस्ने वर्ष ३० को शन्तोष कार्कीलाई पक्राउ गरी परिसर टेकुमा राखी अनुसन्धान भईरहेको जनाएको छ  ।  पक्राउ पर्ने महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै  रेष्टुरेष्ट बन्द गरेर सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकाप फर्कने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई ढलान किलाले घोपी हिडेको बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यस बारे थप अनुसन्धान भईरहेको जनाएको छ  । 

Spread the love