तिनकुनेमा पेस्तोल सहित एक पक्राउ

तिनकुनेमा काठमाडौको महानगरीय प्रहरी परिसरले ठुलो पेस्तोल सहित एक जनालाई पक्रउ गरेको छ । महानगरीय प्रहरीका अनुसार काठमाडौबाट खटिएको विशेष टोलीले १२०० वजेको समयमा शंकास्पद रुपमा तिनकुनेमा हिडिरहेको अवस्थामा चेकजाँचको क्रममा ठुलो पेस्तोल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ पर्नेमा सोलुखुम्वु  डुटेल घर भई हाल वौद्द आरुवारी वस्ने वर्ष २४ को साङ्गे टेम्वा शेर्पा रहेका छन् ।  शेर्पाको साथबाट पेस्तोल १ थान ,मोवाईल २ थान ,नागरीकता १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।  शेपालाई पक्रउ गरी महानगरीय प्रहरी परिसर काठमाडौवाट थप अनुसन्धान भईरहेको छ ।

पक्रउ गरेको शंकास्पद युवक

Spread the love