चरेशसहित २ जना  पक्राउ

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोको टोलीले २ सय ३५ किलो लागू औषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको ट्रकमा लुकाई राखेको  चरेशसहित २ जनालाई  पक्राउ गरेको   थियो। पक्राउ परेका दुवै जनालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय, धादिङमा बुझाईएको छ ।  लागूऔषध ओसारपसार कार्यमा संलग्नका बारेमा  थप अनुसन्धान भैरहेको छ ।

 

 

 

Spread the love