नक्कली गृह प्रवक्ताको नाम र गृह सन्त्रालयको लेटरप्याड तयार गरी ठगी गर्ने पक्राउ

सिहदरवारवाट गृह मन्त्रालयको लेटरप्याड छाप र गृह सह सचिवर प्रवक्ताज्यूको नाम र सही समेत किर्ते गरी नक्कली कागजपत्रहरु तयार पारि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार नक्कली कागजपत्रहरु तयार पारि ठगी गर्ने लक्ष्मी अधिकारीलाई विशेष सुरक्षाको आधारमा सिहदरवार दक्षीण गेट नजिकवाट पक्राउ गरेको जनाएको छ ।

निज अधिकारीले आफ्ना वावु वहराईनमा काम गर्न र नेपाल आउने क्रममा सुन वढि ल्याएकोले जेल चलान भएकोमा उपचारको क्रममा मृत्यु भएकोले वहराईनवाट क्षतिपूर्ति वापत ९५ करोड रकम र वावुले जग्गा वेचेको गरी १ अर्व ८ करोड रकम गृह मन्त्रालयमा प्राप्त भएको भन्ने व्यहोराको पत्र समेत प्रवक्ताको नामवाट वनाई उक्त रकम रोशी गा।पा (७ का वडा अध्यक्षलाई दिनु भन्ने अर्को पत्र वनाई आफ्नै घरपेटी दामोदर गौतमलाई समेत प्रभावमा पारी ५ जना व्यक्तिहरुलाई गृहवाट अमेरीका पठाउने र भिषा समेत आएको अर्को पत्र वनाई २५ लाख भन्दा वढी ठगी गरेको देखिएको छ ।

प्रहरीका अनुसार निजले करोडौ रकम वरावरको पैसा नभएका चेक समेत वैंकहरुमा किलिरेन्स डिपोजिट गर्न र मोवाईल वैंकिङ मार्फत प्राप्त क्त्ब्क् लाई पैसा भएको भनि देखाई ठगी गर्न उद्धत रहेको जानकारी दिएको छ । प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान ग
अनुसन्धान भईरहेको छ ।

Spread the love