अवैध रुपमा ल्याएको सुनसहित छ जना पक्राउ

सिरहाको घुर्मीघाट खण्डबाट पौने दुई किलोग्राम काँचो सुनसहित ६ जनालाई  पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ थान हातमा लगाउने बाला, तीन थान सुनको पाता गरी १ किलो ७ सय ५७ ग्राम तथा ७ सय २० मिलिग्राम काँचो सुन र ३४ हजार ५ सय रुपैयाँ नगद सहित ६ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट बरामद भएको कच्चा सुन, नगद तथा गाडी समेतको एक करोड २१ लाख ९३ हजार ४६४ रुपैयाँ मूल्यांकन गरी सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।

 

Spread the love