चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडाैंमा

david-beckhams

चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडाैंमा

२० कात्तिक, काठमाडौं । बीबीसीको एक डकुमेन्ट्रीको सुटिङका लागि चर्चित फुटबल खेलाडी डेविड बेकह्याम काठमाडौं आइपुगेका छन् । बीबीसीले तयार पार्न लागेको सेभेन, सेभेन, सेभेन डकुमेन्ट्रीका लागि उनले आज भक्तपुरका बालबालिकासँग टोकन म्याच खेल्नेछन् । काठमाडौंमा उत्रिएलगत्तै उनलाई भक्तपुर दरबार स्क्वायरमा लैजाने कार्यक्रम रहेको छ । पपुवा न्युगिनीबाट बेकह्याम काठमाडौं आएका हुन् ।

Scotland defeats Nepal by nine wickets

Scotland defeats Nepal by nine wickets

Kathmandu- Nepal’s batting fragility took a troll again in the 2nd match of ICC WCL Championship against Scotland as they were defeated by nine wickets after being restricted to a low total of just 167 runs, being invited to bat first at Ayr on friday.  Scotland chased 110 runs the 14th overs to record a nine wicket win in a rain shortened match as rain stopped several hours of play on Friday. Scotland were 15/0 in 1.4 overs when the play was stopped on Friday, and the match was resumed on Saturday with Scotland requiring 95 runs in 20.2 overs.  Sompal Kami struck in just the next over to put Scotland 20/1 in 2.2 overs but that wicket of Coetzer (7 runs) was just a consolation wicket. Matthew Cross went on to score a quick fire fifty to help Scotland chased 110 comfortably in the 14th over.

Earlier on Friday, Scotland won the toss and invited Nepal to bat fist. Nepal kept losing wicket since the start as none of the batsman crossed 40 runs mark, eventually being all out for just 167 runs in 49.1 overs. With match being called off for Friday, Scotland’ll will start the chase tomorrow on reserve day, if rain stays away, as per the ICC rules. With this win Scotland grabbed important 4 points from 2 matches in the ICC WCL Championship table, while Nepal’s miserable stay in Ireland, and Scotland came to an end with yet another miserable defeat. \

sports

आयरल्याण्डविरुद्ध नेपाल ५३ रनमै अलआउट

२८ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा नेपाल ५३ रनमै अलआउट भएको छ । यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।

 टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो । यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो । नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

ICC World Twenty20 Qualifiers: Nepal, Namibia share points as rain washes out play

Kathmandu – Nepal and Namibia have been forced to share points in the ICC World Twenty20 Qualifiers Group A match as rain washed out the play at Belfast on Saturday. Both the teams have been awarded one point each.

Nepal, who registered a six-wicket victory over the United States of America to start the campaign on winning note on Friday, are at the top of the table with three points.The match had kicked off  an hour later than the scheduled time.

Nepal had won the toss and chosen to field. Batting first, Namibia were 61-1 in 7.4 overs when the match was stopped for the second time due to persustent rain.The match was seven overs old and Namibia had raced to 54-1 before the second bout of rain forced the players off the field.

Nepal’s Shakti Gauchan had bowled just four balls when persistent rain stopped the match again.No further play was possible and the match ended in no result. Earlier, Namibia got off to a flying start with openers Stephen Baard and Gerrie Snyman scoring 36 runs in 4.5 overs before Nepal skipper Paras Khadka removed the latter for 10 off 12 balls. Baard and Raymod van Schoor added 25 runs for the unbroken second wicket before rain washed the match out.Baard was not out on 39 off 26 balls that included four fours and two sixes, while van Schoor scored an unbeaten 11 off eight balls.

In the day’s other matches, Jersey hammered Hong Kong by nine wickets, while the Netherlands defeated co-shots Scotland by 32 runs and Kenya registered a seven-run victory over Oman.Nepal will now face Ireland on July 13, before taking on Hong Kong two days later. They will then play against Papua New Guinea on July 17 before wrapping the league-stage campaign with a match against Jersey on July 18.

Tendy

२५ तोला सुनसहित खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा पक्राउ – सुन राजश्वमा बुझाइयो

काठमाडौ – राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा २५ तोला सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । शेर्पा हककङबाट हिजो राति साढे १० बजे त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।   उनले आफ्नो साथमा २२ तोलाको बाला र डेढ डेढ तोलाको ढ्याक  ल्याएका थिए ।उनलाई राजश्व अनुसन्धान विभाग पठाईएको  विमानस्थल प्रहरीले जानकारी दिएको छ ।  लामालाई छुटाउन एमाले नेताहरुले प्रहरीलाई दबाब दिन थालेको प्रहरीले जानकारी दिएको छ ।

katar doha

नेपाल र इण्डोनेसिया बिचको खेल बराबरीमा समाप्त

दोहा, कतारः एसियन समुदायस्तरीय लिग फुबटल प्रतियोगिताको पहिलो खेलमा नेपाल र इण्डोनेसिया बिचको खेल एक एक गोलको बराबरी र एक एक अंक प्राप्त गरि सम्पन्न भएको छ । अब नेपाल आगामी मार्च १२ तारिखको साँझ ८ बजे मलेशिया संग भिड्ने नेपाली फूटबल टिमका महासचिव बाबू छत्कुली ले जानकारी दिनुभयो । कतार फुटबल एसोसियसनले आयोजना गरेको फुबटल प्रतियोगिता नेपालसहित १२ देशले सहभागी जनाएका छन् ।

क्रिकेट मैदान माग गर्दै खेलप्रेमी – ‘डिभिजन २ पाइयो, रंगशाला चाहियो’

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – मलेसियामा आयोजित आईसीसी क्रिकेट लीग डिभिजन थ्री प्रतियोगिताको उपाधी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरूको भव्य स्वागत गरिएको छ ।  टोलीको स्वागतको लागि राष्ट्रिय खेलकुद परिषद् सदस्य युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चुणामणि पौडेल, क्यानका कार्यवाहक अध्यक्ष श्रीनिवास राणा, उपाध्यक्ष विकास घिमिरे, महासचिव उत्तम कर्माचार्यलगायत पदाधिकारी बिमानस्थमला छन् । राष्ट्रिय झण्डा र फूलमाला सहित विमानस्थल पुगेका क्रिकेट खेलप्रेमीहरुले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन माग गर्दै नारा लगाएका थिए । कप्तान पारस खड्काले डिभिजन थ्रीको उपाधी हातमा उचालेर विमानस्थलको मुख्य भवनबाट बाहिरिदै गर्दा खेलप्रेमीहरूको उत्साह बेग्लै देखिन्थ्यो ।

थापाको पद स्थगन गर्न निर्देशन

4 कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फाका अध्यक्ष गणेश थापाले दुई महिनासम्म एन्फा अध्यक्षको रुपमा काम नगर्ने घोषणा गरेका छन् । लेखा समितिले असोज १२ गते थापाको पद स्थगन गर्न निर्देशन दिएको थियो । ५८ करोड भ्रष्टाचार आरोपमा संसदको सार्वजनिक लेखा समितिले दुई महिना पद स्थगन गर्न निर्देशन दिएको २१ दिनपछि थापाले वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कोषध्यक्ष विराटजंग शाहीको जिम्मेवारी स्थगन गरी सहकोषध्यक्ष रविन्द्र जोशीलाई दिइएको छ ।

“दशैँ कप-२०७१” भास्तिका डालस गोर्खा लाई ।

बिकास न्यौपाने, अमेरिका । विजया दशमी २०७१ को उपलक्ष्यमा  आयोजित “दसैँ कप-२०७१ ”  यो पल्ट भास्तिका ड्यालस गोर्खा एफसीले जितेको छ भने बेल्ट लाइन ब्वायज दोस्रा भ एको छ । हरेको साल टेक्ससको ड्यालस फोर्टवोर्थमा आयोजना गरिने फुटबल (सकर) प्रतियोगितामा यस पाला १६ वटा टिमले भाग लिएको कुरा संयोजक विनोद बिस्टले बताउनु भयो । प्रथम विजेतालाई कप समेत १००० डलर र दोस्रा विजेतालाई कप समेत ५०० डलर पुरस्कार राखिएको थियो । 

बिजेताहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्यले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा सर्बोतम खेलाडी उमेश पाण्डे छानिनु भएको थियो ।  

भ्रष्टाचार भएको भन्दै गणेश थापामाथि ५८ करोडको छानबिन

दि पावर न्यूज संवाद दाता, काठमाडौ। आश्विन १३ – संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै त्यसबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आइतबार निर्देशन दिएको छ । त्यस अवधिभर एन्फा अध्यक्ष गणेश थापालाई ‘पदीय अधिकार प्रयोगमा स्थगन’ को निर्णय पनि गरेको छ ।

एएफसी उपाध्यक्षसमेत रहेका थापा एन्फा अध्यक्ष भएयता खेलको टिकट बिक्रीबाट संकलित २१ करोड रुपैयाँ लेखापरीक्षणमा नदेखिएको र आयमा संलग्न नगरेको समितिले जनाएको छ ।एएफसीका विवादास्पद पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट थापा आफैंले १ लाख १५ हजार डलर लिएको बयान दिएका थिए । उनका छोरा गौरवले हमामबाट तीन वर्षअघि लिएको १ लाख डलरले अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनाम भएको थियो । बिनानिर्णय एन्फाले बन्दना राणाको संस्था साथीलाई ६ वर्षयता १ लाख ५० हजार डलर दिएको छ । प्रशिक्षकको तलबबापत एएफसीले ‘एडीआई २७’ बाट १० वर्षयता आएको १२ लाख ६० हजार डलर र गोल प्रोजेक्टको १८ लाख डलर तथा त्यसमा ललितपुर, धरान र बुटवल नगरपालिकाको २० प्रतिशत लगानी पनि लेखापरीक्षणमा छैन । 

एन्फाले भवन निर्माणलगायत सार्वजनिक खरिदसम्बन्धी कानुन पालना नगरेको, उत्कृष्ट खेलाडीलाई सरकारले दिएको पुरस्कारको हिसाब नराखेको, विदेशी प्रशिक्ष्ाकको तलबमा अगि्रम कर कट्टी नगरेको, नेपाली प्रशिक्ष्ाकको तलबमा राजस्व नतिरेको, भ्याट र प्यान बिलबिना सामान खरिद गरेको पनि लेखाको ठहर छ । भुक्तानी नगरेकोलगायत अन्य कार्य नियम र प्रक्रियागत नभएको निर्णय गर्दै लेखाले थप अध्ययन गरेर दुई महिनाभित्र आवश्यक कारबाही गर्न अख्तियार, सम्पत्ती शुद्धीकरण र मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएको हो ।