पाकिस्तानमा बम विस्फोट हुँदा ५९ जनाको मृत्यु

पाकिस्तानमा बम विस्फोट हुँदा ५९ जनाको मृत्यु

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला  विस्फोटन भएको हो।अस्पतालका प्रवक्ताले बीबीसीलाई बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ५९ पुगेको छ र १५७ जना मानिस घाइते भएका छन्। “आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई हमला गरेर डर पैदा गर्न चाहन्छन्,” प्रधानमन्त्री शहबाज शरिफले भने।

पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी अधिकारीहरू रहेको स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।। घटना भएको मस्जिद सहरको सर्वाधिक नियन्त्रित क्षेत्रहरू मध्ये एक हो जहाँ प्रहरी मुख्यालय, जासुसी र आतङ्कवाद विरोधी निकायहरू रहेका छन्।

रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतद्वारा खारेज

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज हुने आदेश दिएको छ। नागरिकता लिने प्रक्रिया पुरा नगरेको भन्दै संवैधानिक इजलासले यस्तो आदेश सुनाएको हो।

“प्रतिनिधिसभाको उम्मेदवार हुन सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन ।

“निजले चितवन जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित कायम गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २/३ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।”

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहा रहेको संवैधानिक इजलासले उक्त निर्णय गरेको हो। बुधवार यो मुद्दामा दुवै पक्षका वकिलहरूले बहस गरेका थिए। सरकारी पक्षको बहस जारि रहेपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। पुस २२ गते सर्वोच्चले माघ ११ गते पूर्ण सुनवाइका लागि पेस गर्ने गरी विभिन्न कागजपत्र झिकाउन आदेश दिएको थियो।

त्यसबेला जारी आदेशमा विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्नु आवश्यक देखिएको’ जनाइएको थियो।अघिल्लो महिना नयाँ सरकार गठन भएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए।

‘पठान’ विवादका बावजुद गर्‍यो कीर्तिमानी कमाइ

काठमाडौं : शाहरूख खान अभिनित पठानले कीर्तिमानी कमाइ गरेको छ। बुधबार रिलिज भएको फिल्मले पहिलो दिन भारू ५३ करोड कमाइ गरेको हो। भारतबाहेक पठानले ४ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएको छ। फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ।  ‘ननविकेन्ड’मा यो कमाइ कीर्तिमानी रहेको विश्लेषक कोमल नहाटाले जानकारी दिएका छन्।

पठानको ‘बेसरम’ गीत सार्वजनिक भएपछि विवादित बनेको थियो। हिन्दु संगठनले भारतको इन्दोर, ग्वालियर, बैंग्लोरलगायत क्षेत्रमा फिल्म प्रदर्शनमा रोक लगाएको छ। फिल्मले ‘विकेन्ड’मा ऐतिहासिक कमाइ गर्ने विश्लेषकहरूको भनाइ छ। यसअघि विकेन्डमा वारले ५३.३५ करोड र थग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो।

पृथ्वीमाथिको उडानले विज्ञानलाई फाइदा वा पर्यावरणलाई हानी?

विगत छ दशकमा अन्तरिक्षको यात्रा गरेका मानिसको सङ्ख्या झण्डै ६०० पुगेको छ। तीमध्ये सातजना अति धनी वा चर्चित अन्तरिक्ष पर्यटकबाहेक अन्य सबै अन्तरिक्षयात्री हुन्। अन्तरिक्षमा जान सकिने अवधारणा प्रारम्भ भएदेखि नै अन्तरिक्ष पर्यटन अति धनाढ्यहरूले मात्रै खर्च गरेर जान सक्ने गतिविधिका रूपमा रहँदै आएको छ। अहिले बिस्तारै अन्तरिक्ष पर्यटनले गति लिन थाल्दैछ। एमजनका जेफ बेजोस, भर्जिन एट्लान्टिकका सर रिचर्ड ब्रान्सन र टेस्लाका इलोन मस्कको कम्पनीहरूले पृथ्वी-बाहिरको, एक्स्ट्रा टेरेस्ट्रिअल यात्राको अवसर उपलब्ध गराउँछन्।

दुईवटा कम्पनीले पृथ्वीभन्दा ठ्याक्कैमाथि १५ मिनेटको “उपकक्षीय” परिक्रमामा लैजाने भए पनि अन्तरिक्षमा केही दिन राख्ने गरी लैजाने इलोन मस्कको स्पेसएक्समात्रै हो। त्यसका लागि टिकटको रकम २५०,००० डलरदेखि लाखौँ डलरसम्म पर्छ। एरोस्पेसकी २१ वर्षीय विद्यार्थी तथा अन्तरिक्ष पर्यटक बन्ने इच्छा राख्ने सन्दली कुमारासिङ्घ श्रीलङ्काकी हुन् र उनको पृष्ठभूमि सामान्य छ। उनको जीवनशैलीमा धनाढ्य पर्यटकको कुनै छनक देखिँदैन।

 

माघ २४ देखि २९ सम्म क्यान इन्फोटेक मेला

काठमाडौं : सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आउँदो माघ २४ देखि २९ सम्म (तदनुरूप २०२३ फेब्रुअरी ७ देखि १२ तारिखसम्म) भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८औँ संस्करणको क्यान इन्फोटेक मेला हुँदैछ ।

क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए । ‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुनेछ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

२८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’’ (InfoDevelopers CAN Infotech 2023 in Association with SCT) रहेको छ ।

क्यान इन्फोटेकको इतिहासमै पहिलो पटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले नेपालको सफ्टवेयर उद्योगलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न क्यान इन्फोटेकमा शीर्ष प्रायोजन गरिएको भनाइ राखे । ‘क्यान मेलालाई यसअघि हार्डवेयर क्षेत्रले बढी प्रतिनिधित्व गर्थ्यो ,’ उनले भने, ‘स्वदेशकै सफ्टवेयर र सोलुसन्सको बजार निर्माण गर्न यसबाट सहयोग पुग्ने विश्वास लिएका छौं ।’

त्यस्तै क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् ।

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो (Asian-Oceanian Computing Industry Organization) र (World Information Technology and Services Alliance) को पनि सहयोग रहेको छ ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२२ मा इन्फोटेकको २७औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास हामीले लिएका छौं । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ ।

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ  ।

क्यान इन्फोटेक २०२३ का लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरेका छौं ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने जानकारी गराउँछौं । यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म  क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुनेछ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई विशेष अनुरोध गर्दछौं ।

 

 

चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल

चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल सजाय पाउने भएको छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। यो जासुसी उड्डयन क्षेत्रको व्यापार गोपनीयता चोर्ने प्रयाससँग सम्बन्धित रहेको छ। न्याय मन्त्रालयका अनुसार जी एक दशकअघि अमेरिकामा विद्यार्थी भिसामा आएका थिए। अमेरिकी अधिकारीहरूले जीले चिनियाँ राज्य गुप्तचर इकाईको निर्देशनमा काम गरेको बताएका छन्।  उनलाई गुप्तचरी र अमेरिकी सेनालाई मिथ्या जानकारी दिएको अभियोग लगाइएको थियो।

उनी यूएस आर्मी रिजर्भ्समा भर्ती पनि भएका थिए। त्यस क्रममा उनले आफूबारे ढाँटेका थिए। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। 

नेपाली आकाश कति सुरक्षित छ – हवाईजहाज दुर्घटना किन भइरहन्छ

एभिएशन सेफ्टी नेटवर्कले सङ्कलन गरेको तथ्याङ्क तुलना गरेर हेर्दा नेपालमा भएका विमान दुर्घटनाको सङ्ख्या न्यूजील्यान्डको भन्दा तीनगुना बढी देखिन्छ। अप्ठ्यारो र चुनौतीपूर्ण भूगोलमा विमान चलाउनुपर्ने बाध्यता नेपालमा मात्र सीमित छैन। नेपालमा हिमाली र पहाडी भेगमा विमान उडाउन विशेष दक्षता चाहिन्छ। न्यूजील्यान्डका विकट उपत्यकाहरूमा पनि नियमित व्यावसायिक उडानहरू हुन्छन्।

“हाम्रोमा निश्चित विमानस्थलमा विमान उडाउन पाउने चालकका लागि निश्चित मापदण्ड तोकिएको छ। कुनै हवाईमार्गमा विमान उडाउन आईपी (प्रशिक्षक विमानचालक)सँग निश्चित घण्टा उडेको हुनुपर्छ,” नेपाल नागरिक उड्डयन प्राधिकरणका भूतपूर्व महानिर्देशक सञ्जीव गौतमले भने गौतमका अनुसार त्यो न्यूनतम मापदण्ड हो। केही वायुसेवा कम्पनीहरूले अझ बढी अनुभव र दक्षता खोज्न सक्छन्। निजी वायुसेवा कम्पनीहरूको संस्था ‘वायुसेवा सञ्चालक सङ्घ’का अध्यक्ष क्याप्टेन रामेश्वर थापाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिमबाहेक नेपालमा जहाज उडाउने विमानचालकलाई यहाँका भूभाग र विमानस्थलहरूसँग परिचित गराउनेगरी थप तालिम र अभ्यास पनि गराइन्छ। “हामी नियमित रूपमै तालिम गराइरहेका हुन्छौँ। प्रत्येक वायुसेवाको आआफ्नै तालिम विभाग हुन्छ। त्यो विभागबाट विज्ञ विमानचालकहरूले तालिम गराउँछन्, कहिलेकाहीँ बाहिरबाट विज्ञहरू ल्याएर पनि हामी गराउँछौँ । नेपाल र न्यूजील्यान्डका केही स्थानको भौगोलिक स्थितिमा केही समानता छ। तर अभिलेखहरूले नेपालमा न्यूजील्यान्डमा भन्दा बढी हवाई दुर्घटनाहरू भएका देखाउँछन्।

आज सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मुल्य आज  हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो ।  सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख ५ हजार ८ रुपैयाँ तोकिएको छ ।मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

क्यालिफोर्नियामा गोली प्रहार

अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा सात जनाको मृत्यु भएको छ। घटनामा संलग्न भएका एक सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको नाम झाओ चुन्ली हो।

यो आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए।  उक्त सहर सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा पर्छ। घटनाका सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन्। आक्रमण गरेर हत्या गरेका चार व्यक्तिको शव च्याउखेती गर्ने फारममा फेला परेका थिए। पछि थप तीन जनाको शरीर नजिकै रहको एउटा स्थानमा फेला परेको प्रहरीले जनाएको छ।

शुभम पावरले आइपिओ निष्काशन गर्दै

शुभम पावर लिमिटेडले माघ १८ गतेबाट रु १०० अंकित मुल्यको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता साधारण शेयरको आइपिओ सर्वसाधारणमाको लागि निष्काशन गर्ने भएको छ। शुभम पावरको आइपिओ माघ २२ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन फाल्गुन ३ गतेसम्म लम्बिने छ।

लगानीकर्ताले कम्पनीको आइपिओमा न्युनतम १० कित्ता देखी अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

जम्मा ५ लाख ८० हजार ५८० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर बैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई  बाँडफाँड गरिएको साथै ५ प्रतिशत अर्थात २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र २% अर्थात ११ हजार ६ सय १० कित्ता शेयर कर्मचारीहरुको लागि छुट्टायाई बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको हो।