गुजरातको मच्छू नदीमा झोलुङ्गे पुल खस्दा दर्जनौँको मृत्यु

गुजरातको मच्छू नदीमा झोलुङ्गे पुल खस्दा दर्जनौँको मृत्यु

आइतबार साँझ ६:४० तिर  भारतको पश्चिमी राज्य गुजरातमा  झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो। २३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो।  स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो।

Sarbendra Khanal – A Visionary Leader Also A Man of Action

South Asia’s most influential former police officer Sarbendra Khanal in the election field. In the upcoming House of Representatives elections in Nepal, the CPN-UML has nominated former Inspector General of Police Sarbendra Khanal to run against Nepali Congress candidate Bhimsen Das Pradhan in Kathmandu-6. A skilled officer, Mr. Khanal, had led 70,000 police staff during his term. Sarbendra Khanal started his political journey after serving as the chief of the Nepal Police. He began his political journey with the Communist Party of Nepal.

Sarbendra Khanal is a well-known former Inspector General of the Nepal Police. He is the 26th Chief of the Nepal Police. The public has known him as an honest, forgiving, courageous, and bold police officer of the Nepal Police for 30 years; he has made hundreds of remarkable contributions to the country and the people. He was an exemplary officer and served his community with distinction. People remember his dedication to duty and his commitment to justice. He has done many remarkable things during his time, such as removing the Nepal/India border smuggling/corruption. He was very dedicated to his job in the police force and worked hard to punish anyone involved in illegal activities, such as gangs, smuggling, corruption, and crime.

Sarbendra Khanal is a national servant dedicated to serving the Nepalese people for 30 years. He was warmly welcomed by the public when he ran for office. Sarbendra is seen as a candidate who genuinely cares about the people of Nepal and has the experience to back up his promises.

Sarbendra Khanal, after he registered his candidacy in Kathmandu, Nepal

Sarbendra Khanal has been committed to democracy since his student days. He has always believed in the power of the people to make decisions about their own lives and has worked to promote this ideal throughout his career. Mr. Khanal was a leader in the movement during the Panchayat period to maintain democratic values in Nepal.

Recently, Mr. Khanal’s visit to the United States is an important step in strengthening the relationship between the two countries and making Nepal safer.

During his tenure, he has worked tirelessly to improve security and stability in the region, making it a safer place for everyone. Thanks to his efforts, the US has removed Nepal from the list of countries considered hubs of terrorism.

Sarbendra is a leader who has a lot of innovative plans for Nepal. He has the ability to see what needs to be changed to make Nepal a better place, and he is committed to making those changes happen. He is someone who Nepal can look to for guidance and inspiration as they work towards a brighter future. He is working to change the system in Nepal. He wants to remove the many blockages and knows exactly what needs to change in Nepal.

Sarbendra is an officer who never kowtowed to the top leaders, no matter how much pressure they exerted. This person never compromises and is never influenced by others. The country hopes Sarbendra will provide good leadership and bring about needed changes. The public is behind him because he succeeded in the police department, and now they believe he will make remarkable leadership for Nepal.

आज भाइ टिका

यमपञ्चकको पाँचौ दिन  आज”भाइटिका” । भाई टीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा,  मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।चेलीले माईलीलाई सप्तरङ्गी टिका , फुलको माला लगाई सेलरोटी लगायत मिठा मिठा परीकार खुवाई भाई टिका लगाई दिन्छन ।टिका लगाई सकेपछि चेलीलाई गक्ष्य अनुसारको दक्षीणा दिने चलन पनि रहीआएको छ ।

बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । । दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित किंवदन्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

 

 

solar-eclipse

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो।  आज तुला राशिमा स्वाती नक्षत्रको पहिलो चरणमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण देखिने छ। ग्रहण आज दिउँसो ४ः५२ बजे सुरू भएर सूर्यास्त हुने समय ५:२४ सम्म देखिने हुन्छ।शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ  । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।

ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा

आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यमपञ्चक अर्थात् तिहारको दाेश्राे  दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

सयपत्री फूल

सयपत्री नेपालको प्रसिद्ध फूल हो। यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ। अङ्ग्रेजीमा “मैरी गोल्ड” भनिन्छ। त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई “हजारी फूल” भनेको पनि सुनिन्छ। यो फूल धेरै प्रजातीको हुन्छ। सयपत्री फूलको प्रयोग सृष्टी काल शताब्दीदेखि भएको मानिन्छ।

तिहारमा  सयपत्री फूलको माग बढी हुन्छ । तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोली तिहारको समयमा घर कार्यालय सजाउनको लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ ।नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकप्रिय छ ।तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ । ठूलाठूला थुंगासहितको सयपत्रीको माला साह्रै नै राम्रो देखिन्छ । घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनेले घरमा नकारात्मकता रहन पाउँदैन ।
सयपत्री फूल आकर्षक मात्रै होइन यसमा औषधिय गुण पनि रहेको छ ।  त्यस्तै यसलाई सौन्दर्य प्रशाधनका विभिन्न उत्पादन बनाउनको लागि पनि प्रयोग गरिन्छ । सयपत्री फूललाई पिसेर लेदो बनाई वा सुकाएर धुलो बनाई चुर्णको रुपमा प्रयोग गर्न सकिन्छ । यसको सेवन गरेर हामीले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सक्छौं ।
सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउमा राम्रो संग फुल्ने गर्छ्र । तर उच्च तापक्रम सहन सक्ने हुदैन तसर्थ नेपालमा गर्मि सकिने संग संगै यसको खेति पनि फस्तौदै गएको देखिन्छ । पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने ठाउमा यो राम्रो संग फुल्छ ।
हाईब्रिड प्रकारको सयपत्री खुल्ला जमिन मा भन्दा गमला वा अन्य फूलदानी मा रोप्दा बढी सौन्दर्यता देखिन्छ्र । खुल्ला रुपमा स्थानीय सयपत्री रोप्दा राम्रो हुन्छ
Deepawali

नेपाल पञ्चाङ्ग अनुसार तिहार कुन दिन के मनाउने

नेपाल पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको सूचना अनुसार कार्तिक ५ गतेबाट यमपञ्चक सुरु हुन्छ। त्यस दिन यमदीप प्रज्वलन गरी यमराजलाई निमन्त्रणा गर्ने चलन छ। त्यस्तै केही समुदायले सरसामान खरिद् गरी धनतेरस मनाउने गर्छन्।कार्तिक ६ गते काग तिहार हो। कार्तिक ७ गते एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा तय भएको छ। विज्ञहरूले त्यस दिन बिहान कुकुरपूजा र साँझमा लक्ष्मीपूजा गर्नु उचित हुने बताएका छन्। समितिले सूचनामार्फत “नरक चतुर्दशी स्नान गर्न” उचित हुने जनाएको छ।

सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ। तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ८ गते मात्र गाई तिहार तोकिएको छ। ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार चाडपर्वहरू तिथिअनुसार मनाइन्छ। लक्ष्मीपूजा गर्नका निम्ति चतुर्दशी व्याप्त औँसी पर्न आवश्यक रहेको उनले जानकारी दिए।

उनले भने,”चतुर्दशी सकिएपछि औँसी लाग्छ। त्यसको मध्यान्नमा लक्ष्मीपूजा गर्नु भन्ने शास्त्रीय वचन छ।”कार्तिक ७ गते साँझ ५:०४ बजे औँसी तिथि सुरु हुने र ८ गते साँझ ४:३३ मा समाप्त हुँदै छ। मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने ज्योतिषी रिजालको भनाइ छ। कार्तिक ९ गते म्ह पूजा गोवर्द्धनपूजा, बलिपूजा र गोरूपूजा तय गरिएको छ। र, कार्तिक १० गते भाइटीका तोकिएको छ।

कार्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण भएकाले सूर्य ग्रहण लागेको स्थितिमा खाना पनि नहुने पौराणिक मान्यता छ। त्यसैले शुभ कार्य तय नगरेका हौँ। तर यो सम्प्रदाय, स्थान विशेष चलन भएकाले आफूले चाहे अनुरूप गर्ने अधिकार सबैसँग रहन्छ,” अधिकारीले बताए।

भक्तपुर नगरपालिका र भक्तपुर तलेजुको संयुक्त निर्णय अनुसार कार्तिकको ७ गते लक्ष्मीपूजा, कार्तिक ८ गते सूर्य ग्रहण सकिएपछि म्ह पूजा र कार्तिक ९ गते भाइटीका मनाइँदै छ।उनले भने,”भक्तपुरमा हरेक वर्ष लगातार तीन दिन तिहार मनाउने चलन छ। त्यसैले यस वर्ष त्यो चलन तोड्नुभन्दा ग्रहण निवृत्त भएपछि म्ह पूजा गर्ने निर्णयमा पुगेका हौँ।”भक्तपुर, ललितपुर र कान्तिपुरकै म्ह पूजा अघिल्ला वर्षहरूमा पनि एक दिन ढिलो, चाँडो भएको स्वीकार्छन् पुजारी कर्माचार्य।

बिज एजुकेशनको गठ्ठाघरमा नयाँ शाखा उद्घाटन

बिज एजुकेशनको ब्राण्ड एम्बेसडरमा जितु नेपाल बिज एजुकेशनको कर्पोरेट अफिस समुद्घाटन, युनिभर्सिटी टिम संग अन्तरकृया बिज एजुकेशनले गठ्ठाघरमा आफ्नो नयाँ शाखा खोलेको छ । एक विशेष समारोहका बीच चर्चित हास्य कलाकार जितु नेपालले शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा नेपाललाई कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक हरि कार्कीले दीप प्रज्वलन गरी शाखा उद्घाटनको घोषणा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै हाँस्य कलाकार नेपालले कन्सल्टेन्सीको सफल सञ्चालनको कामना गर्दै कन्सल्टेन्सीको प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिए ।

त्यसैगरी निर्देशक कार्कीले विदेशमा विशेषगरी बेलायत र अष्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीलाई गुणस्तरीय सेवा दिने आश्वासन दिए । उद्घाटन समारोहमा विदेशी विश्वविद्यालयका प्रतिनिधि, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साथै बिज एजुकेशनको कर्पोरेट अफिस समुद्घाटन संगै Study in UK अवसर र चुनौती बिषयमा केन्द्रीत रहेर युनिभर्सिटी टिम संग अन्तरकृया समेत सम्पन्न गरेको छ। बिज एजुकेशनले सन् २००८ देखि आफ्नो सेवा दिंदै आएको छ ।

बिजले विद्यार्थीका आवश्यकता, सफलता र सन्तुष्टिलाई सुनिश्चित गर्दै अनुभवी र प्रमाणित सल्लाहकारहरूद्वारा उत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षाको लागि विद्यार्थीहरूलाई शीघ्र गुणस्तरीय सेवाहरू सुनिश्चित गर्दै आएको छ।

युनिभर्सिटी कलेज बर्मिङ्घम (UCB)को पत्रकार सम्मेलन

युनिभर्सिटी कलेज बर्मिङ्घम (UCB) ले संयुक्त अधिराज्यमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई प्रवर्द्धन र अवसर प्रदान गर्ने उद्देश्यले अक्टोबर १८, २००२ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो।

युसीबीका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक अर्चना सिंहले बैठकको सहजीकरण गरिन् । बैठकमा बोल्दै सिंहले UCB र नेपाली विद्यार्थीहरूले हाल UCB मा कसरी प्रदर्शन गरिरहेका छन् भन्ने बारे जानकारी दिइन। उनले अन्तर्राष्ट्रिय र नेपाली विद्यार्थीका लागि भावी शैक्षिक योजनाहरू पनि उल्लेख गरिन।
कार्यक्रममा बोल्दै, UCB का प्रो-भाईस चान्सलर एलिस विल्बीले UCB बारे जानकारी प्रदान गर्दै स्नातक र स्नातकोत्तर डिग्री पाठ्यक्रमहरूको बारे जानकारी दिइन। उनले विदेशी विद्यार्थीहरुको लागि धेरै अवसर रहेको भन्दै UCB ले प्रदान गर्ने पाठ्यक्रम निकै उत्कृष्ट र समसामयिक भएको बताईन।
त्यस्तै, UCB को अन्तर्राष्ट्रिय विद्यार्थीका निर्देशक, क्रिस शेपले UCB मा आफ्नो उच्च शिक्षा हासिल गर्न खोजिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि UCB को वर्तमान रणनीतिलाई प्रकाश पारे। उनले UCB ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बेलायतमा बसाइलाई सहज बनाउन मद्दत गरिरहेको जानकारी पनि दिए। उनले मेरिटका आधारमा सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध गराइने छात्रवृत्तिको बारेमा पनि बैठकमा संक्षिप्त जानकारी गराए ।


अन्तर्राष्ट्रिय विद्यार्थी एसोसिएट डाइरेक्टर भरत ए सखुजाले UCB ले नेपाली विद्यार्थीहरूलाई आफ्नो करियरलाई सहयोग गर्ने अवसरहरू प्रदान गर्न नेपालमा आफ्ना एजेन्टहरूसँग काम गरिरहेको बताए। त्यसैगरी, विद्यार्थीहरूले UCB सँग यात्रा सुरु गरेपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई UCB बाट सहयोग उपलब्ध गराइने पनि उनले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बेलायतमा रहँदा शैक्षिक र सामाजिक जीवनमा सहयोग पुग्ने अभिमुखीकरण कक्षाहरू उपलब्ध समेत गराइनेछ।
पत्रकार सम्मेलन अघि, अक्टोबर १७, २०२२ मा राजधानीको मेरियट होटलमा एक शैक्षिक मेला आयोजना गरिएको थियो। ३०० भन्दा बढी विद्यार्थीहरूले मेलामा भ्रमण गरे र UCB द्वारा प्रदान गरिएका विभिन्न पाठ्यक्रमहरूका बारे जानकारी प्राप्त गरे। मेलाको अवधिमा UCB द्वारा धेरै विद्यार्थीहरूलाई अफर लेटर समेत प्रदान गरिएको थियो।
बेलायतको बर्मिङ्घममा अवस्थित यस UCB ले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ। विश्वस्तरीय पाठ्यक्रम र सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको UCB बेलायतको अब्बल शैक्षिक संस्थानमध्य पर्छ। साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि पनि UCB एक उत्कृष्ट गन्तव्य बन्दै आएको छ।

इरानमा एक कुख्यात जेलमा आगजनी

इरानको कुख्यात इभिन जेलमा भएको आगलागीमा चार जनाको मृत्यु हुनुका साथै ६१ जना घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ। इभिन जेल राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो। जेलप्रशासन स्रोतले मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्ने बीबीसीसँग बताएको छ। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा तेहरानस्थित उक्त कारागार क्षेत्रबाट धुवाँ र आगोको मुस्लो फैलिएको देखिन्छ। यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवअधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्।  इरानमा केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेका छन्। गत महिना २२ वर्षकी कुर्दिस इरानी मूलकी महसा अमिनिको प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरु भएको थियो।

प्रहरीले उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेपछि परिवारले उक्त दाबी अस्वीकार गरेको छ। उनलाई यातना दिइएको परिवारको आरोप छ।सरकारी सञ्चारमाध्यमले चाहीँ एक अधिकारीलाई उद्धृत गर्दै आगलागीको घटना प्रदर्शनसँग सम्बन्धित नभएको र आगजनीमा “आपराधिक तत्त्व” संलग्न भएको उल्लेख गरेको छ। सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार घटनामा आठजना घाइते भएका छन्।

तेहरानका गभर्नरले जेलभित्रैबाट सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै कारागारको अपराधीहरूलाई राख्ने भागमा दङ्गा भएको र स्थिति नियन्त्रणमा आइसकेको बताएका छन्। समाचार एजेन्सीले राखेका तस्बिरहरूमा आगलागीका कारण जेलभित्र क्षति भएको देखिन्छ।

आगो र धुवाँको तस्बिर सबैभन्दा पहिले शनिवार साँझ सामाजिक सञ्जालमा देखा परेका थिए। ती भिडिओहरूमा गोली चलेको आवाजसँगै जेल बाहिर भएका मानिसहरूले “निरङ्कुशको अन्त्य” भनिरहेको सुनिन्छ। यो शब्द इरानमा जारी आन्दोलनमा सरकार विरोधीहरूको नारा हो। केही कैदी, बन्दीहरूको परिवारका सदस्यले घटनापछि भित्र रहेका आफन्तसँग सम्पर्क गर्न नसकिएको बीबीसीसँग बताएका छन्। कारागार आसपासको क्षेत्रमा इन्टरनेट सुविधा बन्द गरिएको छ।