पर्यटन सम्भाबना बोकेको तारकेश्वर – कृष्ण हरि मर्हजन

पर्यटन सम्भाबना बोकेको तारकेश्वर – कृष्ण हरि मर्हजन

तारकेश्वर नगरपालीका पर्यटन सम्भाबना बोकेको क्षेत्रको रुपमा चिनिदै आएको छ । यस क्षेत्रले समग्र नगरको पर्यटनलाई आकर्षण दिने ऐतिहासीक सम्पदाहरुको जर्गेना गर्दै नया पहिचाहन बनाउदै छ ।

पूँजी बजारका समस्या समाधान गर्न अर्थमन्त्री सकारात्मक

शेयर लगाानीकर्ताका संगठन नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन्। लगानीकर्ताहरुले अर्थमन्त्री पौडेललाई भेटेर पूँजीबजारका समस्या सम्बोधन गर्न आग्रह गरेका छन्।  भेटमा लगानीकर्ताले ब्रोकर लाइसेन्सको काम अघि बढाउनुपर्ने, शेयर धितो कर्जाको जोखिम भार १०० मा झार्नुपर्ने, पूँजीगत लाभकर साढे ७ प्रतिशतबाट ५ प्रतिशतमा झार्नुपर्ने र शेयर धितो कर्जामा १२ करोडको सिमा हटाउनुपर्ने माग गरेका थिए। उक्त विषयमा अर्थमन्त्री पौडेलले पूँजीबजारमा देखिएका समस्या सामाधानको लागि सहकार्य गर्न तयार रहेको बताएका छन्। “अर्थतन्त्रका सबै क्षेत्रमा भएका समस्या सामाधान गर्दै सबल र सुदृढ अर्थतन्त्रको भएको मुलुकको रुपमा विकास हुनुपर्छ। हाम्रो प्रयास त्यहि उद्देश्यको निम्ति केन्द्रित हुनुपर्छ” अर्थमन्त्रीले  भने ” अर्थमन्त्रालयको नेतृत्वमा रहँदा आर्थिक जगतका सबैसँग सहकार्य गर्दै अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ लाग्ने सकारात्मक रहेको बताएका छन्।” उनले पूँजीबजारका समस्याहरुलाई आगामी दिनमा छलफलको विषय बनाउने समेत बताएका छन्।

 

विश्वविख्यात खेलाडी पेलेको निधन

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो ।

एड्सन आरान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ।

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।

आज नेप्से सूचक २००० विन्दुमाथि

आज नेप्से सूचक २००० विन्दुमाथि पुगेको छ। शेयर बजार मापक नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुगेको छ। आज नेप्से सूचक ५६ अंकले बढेर २००० विन्दु माथि पुगेको हो। आज नेप्से सूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ।

यस दिन २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ। यस दिन १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। हिमालयन उर्जा सानिमा लाइफ र सृजनशिल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

अमेरिकामा चीनबाट आउने यात्रुहरूको अनिवार्य कोभिड परीक्षण

कोरोनाभाइरस सङ्क्रमण उल्लेख्य रूपमा बढिरहेको भए पनि चीनले आफ्नो सीमा पुन: खुला गर्ने घोषणा गरेसँगै अमेरिकाले नयाँ नियमको घोषणा गरेको छ । अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ। उक्त नियम ज्यानुअरी ५ बाट कार्यान्वयनमा आउनेछ ।

चीनका छिमेकी देश भारत, जापान र ताइवान तथा इटलीले पनि कोभिड परीक्षणलाई अनिवार्य बनाएका छन्। तर अस्ट्रेलिया र यूकेले चीनबाट आउने यात्रुका लागि त्यस्तो नियम नभएको बताएको छ।

अहिले चीनमा कोभिडका बिरामीहरूको सङ्ख्या बढेको छ जसका कारण केही देशले कोभिडसम्बन्धी आफ्ना नियम पुनर्विचार गर्दैछन्। ठूला सहरहरूमा बिरामीको ठूलो चाप छ र मानिसहरूेल सामान्य औषधि पाउन पनि निकै सङ्घर्ष गर्नुपरेको विवरणहरू प्रकाशित भएका छन्।सोमवार र मङ्गलवार चीनले देशबाट बाहिर जाने वा देशमा भित्रिनेहरूलाई यात्रा सहज बनाइने घोषणा गरेको हो।

अमेरिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यात्रुले विमान चढ्नुभन्दा ४८ घण्टाअघि आफूलाई कोभिड नभएको पुष्टि गर्नुपर्छ। त्यसका लागि पीसीआर वा र्‍यापिड एन्टिजन परीक्षण गर्नुपर्नेछ ।

Nepal_Rastra_Bank

तरलता अभाव हुन नदिन ५० अर्ब रुपैयाँ बजारमा पठाउदै : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत डेढ महिनाको लागि ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। आज जारी गरेको रिपो माघ २९ गते परिपक्व हुनेछ।

बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् । पुस मशान्तमा बैंकिङ्ग प्रणालीबाट ठुलो रकम सरकारी खातामा जाने भएकोले सो अवधिमा बैंकहरुमा तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले उक्त रिपो जारी गर्न लागेको हो।

का म न पा ३ का वडा अध्यक्ष प्रेम थापाको बिकास योजना

का म न पा ३ का वडा अध्यक्ष प्रेम थापा ले वडाको बिकास योजना साथै बिपन्न बर्गीय जनताको स्तर उन्नतिको लागी योजना बारे प्रकास पर्दै

अमेरिकामा हिमआँधीका कारण ६२ जनाको मृत्यु

अमेरिकामा हिमआँधीका कारण ६२ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्।

बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्। हिम आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। मङ्गलवार बिहान मात्रै करिब ४८ सय उडानहरू रद्द गरिएका थिए। देशैभरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अड्किएका छन्।

मङ्गलवारको पत्रकार सम्मेलनमा बफेलो सहरसमेत पर्ने न्यूयोर्कको इरी काउन्टीका अधिकारीहरूले खोजी र उद्धार कार्य जारी रहँदा मृत्यु हुनेको सङ्ख्या बढ्ने ठानिएको बताएका थिए।बफेलो सहरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको पुष्टि भएको हो। न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै हुँदा आँधीसँगै सम्बन्धित घटनाका कारण अमेरिकाका अन्य राज्यहरू ओहायो, मिजोरी, विस्कन्सिन, क्यान्सस र कोलोराडोमा पनि मानिसहरूको ज्यान गएको छ।

सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनले न्यूयोर्क राज्यमा सङ्घीय सहयोग दिने एउटा आपत्‌कालीन घोषणा अनुमोदन गरेका छन्।

उपहारको फोनमा भन्सार अनिवार्य

१२ पुस, काठमाडौं  : आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ ।  कसैगरी छलेर मोबाइल भित्र्याउनु भयो भने पनि तपाईंको मोबाइलमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन/म्यासेज गर्न मिल्ने छैन ।  त्यसका आधारमा भन्सारले विदेशबाट झिटिगुन्टा सुविधामा आाएको मोबाइल हो’ भन्ने प्रमाणित गरेर कुनै शुल्क नलिई प्रज्ञापनपत्र दिने छ । यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ । दैनिक ५ सयभन्दा बढी मोबाइलको प्रज्ञापनपत्र जारी गर्नुपर्ने अनुमान गरिएको पोखरलले बताए । यसरी  जारी हुने प्रज्ञापनपत्रका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता गरेर मात्रै सो मोबाइल चलाउन सकिने छ ।तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ । नेपालमै किनेर लगिएका वा एकपटक यहाँको प्रणालीमा उपयोग भइसकेका मोबाइलहरुको प्रज्ञापन लिनुपर्दैन । तोकिएको भन्सार शुल्क तिरेपछि मात्रै प्रज्ञापनपत्र दिने उनको भनाइ छ । त्यस्तो प्रज्ञापनपत्र नलिएका मोबाइल नेपालको सिस्टममा दर्ता भएर चल्न नपाउने उनको भनाइ छ ।

विमानस्थलका भन्सार प्रमुख पोखरेल अवैध बाटोबाट मोबाइल भित्र्याउने क्रम रोक्न दूरसञ्चार प्राधिकरणले लागु गर्न लागेको एमडीएमएसलाई प्रकावकारी बनाउन विदेशमा किनिएका नयाँ मोबाइलहरुको प्रज्ञापनपत्र विमानस्थलमा लिने व्यवस्था गर्न लागिएको बताउँछन् ।  यो व्यवस्थापछि विदेशबाट उपहारस्वरुप आउने फोनको लाभ उठाइरहेका र उठाउने दाउमा रहेका धेरै व्यक्ति थप समस्यामा पर्ने भएका छन् ।