विश्वकपमा तेस्रो क्रोएसिया

पुस, काठमाडौं :  सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित गरेको छ । क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो ।  मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो ।

कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । हिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन । जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ ।  साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् ।   दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

Spread the love