विश्व च्याम्पियन मेसी

४ पुस, काठमाडौं : अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् ।

मेसी इज गोट । गटको जी ओ ए टीको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान भन्ने बुझाउँछ ।

३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् । वर्को कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

Spread the love