नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’

नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’

पश्चिम नेपालको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि “अन्तिम चरणको ड्रिलिङ” कार्य सुरु गर्न लागिएको  छ। त्यसका लागि उत्तरी छिमेकी देश चीनबाट ९० प्रतिशतभन्दा बढी उपकरणहरू पहिचान गरिएको क्षेत्रमा पुगिसकेको उनीहरूको भनाइ छ। अन्वेषणका लागि गरिने अन्तिम ‘ड्रिलिङ’का निम्ति आवश्यक पर्ने पूर्वाधारहरू बनाउने काम पनि सकिएको र अब चाँडै उक्त कार्य सुरु हुने बताइएको छ।  नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले ‘ड्रिलिङ’को काम गर्नेछ। खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन भइसकेकाले अबको एक साताभित्र “अन्तिम ड्रिलिङ”को काम सुरु हुनेछ।”दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर-१ स्थित जलजले भन्ने स्थान पहिचान गरिएको छ। त्यहाँ ४५ रोपनी जग्गा अधिग्रहण पनि भइसकेको छ।” “अन्वेषणका निम्ति ड्रिलिङ गर्न आवश्यक संरचनाहरू तयार भइसकेका छन्। उपकरणहरू चीनबाट ल्याउने काम पनि लगभग पूरा भएको छ।”  सुरक्षाकर्मीको प्रबन्ध गर्ने तथा कामदारहरूलाई बस्नका लागि शिविर बनाउने काम पनि सकिएको छ।

नापितले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा पेट्रोलिय पदार्थ भए/नभएको र भएमा व्यावसायिक रूपमा निकाल्दा फाइदा हुन्छ कि हुँदैन भन्ने तय गर्न यो ‘ड्रिलिङ’ महत्त्वपूर्ण रहेको छ। उक्त स्थानमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनले नेपाललाई सहयोग गरिरहेको छ। नापितले भने, “यो अन्वेषणबाट त्यहाँ तेल वा ग्यास छ भन्ने पत्ता लाग्यो भने त्यसले उत्पादनको ढोका खोल्ने छ र यसले नेपालमा पहिलो पटक पेट्रोलियमको खानी रहेको कुरालाई यो हदमा पुगेर पुष्टि गर्नेछ।” उक्त ‘अन्वेषणात्मक ड्रिलिङ’ नै त्यहाँ व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्खनन गर्न सकिन्छ कि सकिदैँन भनेर पुष्टि गर्ने अन्तिम चरण भएको नापितको भनाइ छ।

पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन – प्रधानमन्त्री पुष्पकमल दाहाल

झण्डै पाँच वर्षको अन्तरालमा आइतवारबाट सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीको महत्त्वपूर्ण गन्तव्यको रूपमा विकसित भइरहेको बताएका छन्। “खुला अर्थतन्त्रको नीतिबारे हाम्रो अडिग प्रतिबद्धताले जीवन्त र लगानीमैत्री व्यापारको आधार खडा गरेको छ,”  “हामी जारी सुधारका कामलाई निरन्तरता दिन, लगानीकर्ता, उद्योगी र नवप्रवर्तकहरूलाई सहजीकरण गर्न र व्यवसायलाई सहज बनाउन बलियो ढङ्गबाट प्रतिबद्ध छौँ।” लगानी बोर्ड बनेपछिको तेस्रो लगानी सम्मेलनमा यसपटक झन्डै पाँच दर्जन देशबाट सहभागिले बताएका छन्। गतसाता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको ५८औँ बैठकले बोर्ड स्थापनापछि हुन लागेको तेस्रो लगानी सम्मेलनका लागि विभिन्न परियोजनाको सूची तय गरेको थियो।  “त्यसबाहेकका अन्य १४८ परियोजना देखाएर हामीसँग यस्ता लगानीयोग्य योजना छन्। २० वटा परियोजना तय गरेर तत्काल कार्यान्वयनमा जान सकिने गरी तिनका लागि लगानीकर्ताबाट आशय पत्र आह्वान गरिएको लगानी बोर्डको कार्यालयका प्रवक्ताले बताएका छन्। सरकारका आठ जना मन्त्रीसमेत सहभागी बैठकले उक्त सूची तय गरेको थियो।

प्रचण्डले लगानीमैत्री माहोल बनाउन सरकारले हालै आठ वटा कानुन संशोधन गरेको र नेपाल लगानीकर्तालाई कैयौँ सहुलियत दिने गरेको बताए। मन्त्रीपरिषदको सिफारिसमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई आइतवार नै राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। सहुलियत भनेर उनले ‘बलियो नियमनकारी संरचना, दोहरो कर तिर्नु नपर्ने व्यवस्था, बौद्धिक सम्पत्तिको अधिकारको संरक्षण, प्रतिस्पर्धी व्यवसाय कर’लाई उल्लेख गरे। “हालै नेपाल सरकारले द्विपक्षीय लगानी सम्झौता बीआईएको प्रारूप स्वीकृत गरेको छ जसले द्विपक्षीय लगानीको संवर्द्धन र प्रवर्धनको काम गर्छ,” प्रचण्डले भने। नेपालको ६० प्रतिशत जनसङ्ख्या काम गर्न सक्ने उमेर समूहमा हुनु, मध्यमवर्गका मानिसहरू बढ्दो क्रममा हुनुलाई देशमा रहेको सम्भाव्यताका रूपमा आग्रह गरेका छन्।

टी २० खेलमा नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित

कीर्तिपुर क्रिकेट मैदानमा शनिवारबाट सुरु भएको पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ। नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसरका रूपमा यस शृङ्खलालाई महत्त्वपूर्ण मानिएको छ। त्यसैले दुवै टोलीका खेलाडीहरू बीचको भिडन्त हेर्न लायक थियो। यस्तोमा निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपालले जित हासिल गरेको हो। नेपालले टस जितेसँगै सुरुमा ब्याटिङ पाएको वेस्ट इन्डिज ‘ए’ ले कीर्तिपुरमा जुटेका दर्शकका माझ आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ५ खेलाडी गुमाउँदै २०५ रनको चुनौतीपूर्ण लक्ष्य पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको सानदार ब्याटिङको मदतले दुई बल बाँकी छंदै लक्ष्य पूरा गर्‍यो।

कतारका राजा नेपाल आइपुगे

दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेको छ। कतारका अमिरको सुरक्षाको भित्री तहको जिम्मेवारी नेपाली सेनाले र बाहिरी तहको सुरक्षा अन्य सुरक्षा निकायले गर्ने सुरक्षाको प्रबन्ध मिलाइएको छ। कतारका अमिर निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उनी मङ्गलवार नेपाल आइपुग्नुअघि नै कतारका सुरक्षा अधिकारीहरू नेपाल आएको थियो ।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज दिने कार्यक्रम छ। राजकीय भोजमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने छन्।उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। अधिकारीहरूले श्रम सम्झौता नवीकरण लगायतका मुद्दा यो भ्रमणका क्रममा उठाउने बताए पनि अहिलेसम्म खेलकुद, सञ्चारसहित कतिपय विषयमा सम्झौता र समझारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।

केरा खानुका फाइदाहरू

केरा संसारका सबै स्थानमा सर्वसुलभ तरिकाले प्राप्त गर्न सकिने लोकप्रिय फलफूलभित्र पर्छ । संसारभर लगभग सबै मौसममा, धेरै स्थानमा र विभिन्न वातावरणमा पनि केराको उत्पादन हुन्छ । केरा भिटामिन सीको पनि राम्रो स्रोत हो । जुन भिटामिनले कोष तथा तन्तु खराब हुनबाट बचाउने, आइरन तत्त्व अवशोषण गर्न सहयोग गर्ने, कोलाजेन तत्त्वको उत्पादन गर्ने जसले छाला, हाड आदिलाई स्वस्थ राख्ने, सेरोटोनिन हर्मोन उत्पादन गरी मस्तिष्कको स्वास्थ्य राम्रो बनाउने, निद्रा लगाउने, मुड राम्रो बनाउने र तनाव हटाउने जस्ता कार्य गर्छ ।केराको सेवनले उच्च रक्तचाप तथा क्यान्सरको जोखिम कम गराउने काम गर्छ । केराको सेवनले स्वास्थ्यमा गर्ने फाइदाहरू

– केरामा बढी मात्रामा अत्यावश्यक पौष्टिक तत्त्व पाइने जसले पाचन प्रणाली, मुटुलाई राम्रो बनाउने र तौल घटाउने समेत काम गर्छ ।

– केरामा पाइने पेक्टिन एउटा घुलनशील फाइबर हो, जसले पेट पूरा भएको वा अघाएको अनुभव गराउँछ र आमाशय छिटो खाली हुने प्रक्रियासमेत घटाउँछ । त्यस कारण बेलुका केरा खाएर सुत्दा भोकको अनुभव नहुने हुँदा राम्रो निद्रा          पर्छ ।

– केरामा पाइने नपच्ने खालको स्टार्चलाई ब्याक्टेरियाले प्रशोधन गरी बुटाइरेट बनाइदिन्छन्, जसले आन्द्राको कार्यक्षमता बढाउने, कब्जियत नहुने, आन्द्रामा सुजन हुन नदिने र राम्रो पाचन प्रक्रिया सहयोग हुने।

– दिनहुँ केराको सेवन गरेमा आँखाको दृश्य क्षमतासमेत राम्रो हुन्छ ।

– केरामा पाइने घुलनशील फाइबरले कब्जियत हुन नदिने, कोलेस्टेरोल र रक्तचाप नियन्त्रण राख्ने, रगतमा सुगरको तह मिलाउने र अघाएको अनुभूतिसमेत दिलाउँछ ।

-पाचन प्रणालीको स्वास्थ्य संवर्धन गर्दछ र झाडापखालाको समस्यामा यसले औषधीकै काम गर्छ । झाडापखाला हुँदा अत्यधिक मात्रामा खेर जाने पोटासियमको मात्रा केराले तुरुन्तै आपूर्ति गर्दछ जसले गर्दा पखाला लाग्दा समेत कमजोरी महसुस् हुँदैन ।

-केरामा पाइने म्याग्निज तत्त्वले छालालाई स्वस्थ र राम्रो बनाउँछ ।

-मुटु पोल्ने र आमाशयमा घाउ (पेप्टिक अल्सर) भएमा पनि यसलाई औषधीका रूपमा प्रयोग गरी निको बनाउन सकिन्छ । केराले आमाशयको पिएचको मात्रालाई सन्तुलन गराई म्युकस तहको उत्पादन बढाउँछ, पेट दुखाइसमेत निको बनाउँछ । यसमा पाइने फाइबरका कारण आमाशयको खानालाई छिटो अघि बढाई अम्लपित्तको समस्यासमेत निको बनाउँछ ।

“औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को शुभारम्भ

प्रेस विज्ञप्ति
“औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को शुभारम्भ
नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नेस् मन्त्री भण्डारी

भरतपुररस्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा आजदेखि “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” शुरु भएको छ ।

समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउनको लागि आफूहरु तयार रहेको बताउनुभयो ।

आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको बताउनुभयो ।

कार्यक्रममा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तर्फबाट बागमती प्रदेश सरकार, आर्थिक, मामिला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, कम्प्युटर एसोशिएसन नेपाल महासंघका अध्यक्ष रन्जित कुमार पोदार, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल लगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदर्शनीमा चितवन उद्योग संघ, कम्प्युटर एसोशिएसन नेपाल महासंघका चितवन शाखाका पूर्व अध्यक्षहरु, पदाधिकारी एवम् सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।

प्रदर्शनी अवधिमा चैत्र ८ गते “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र चैत्र १० गते “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा प्यानल डिस्कशन सहितको सेमिनार आयोजना हुँदैछ ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यस्तै, प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ ।

यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज पहिलो दिन कुपन नं। १५ प्रथम, कुपन नं। १ दोश्रो र कुपन नं। १० तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको प्रदर्शनी तथा व्यवसाय प्रर्बद्धन विभागका संयोजक दिनुप कुमार बरालले जानकारी दिनुभयो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको प्रदर्शनी शुभारम्भ कार्यक्रमलाई आयोजक संस्था कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवन शाखाका अध्यक्ष टेकलाल भुषालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा क्रियाशील उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गर्न क्यान ईन्फोटेक सातैवटा प्रदेशमा गर्ने योजना रहेको बताए ।
क्यान महासंघबारेस्
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।

धन्यवाद १

चिरञ्जीवी अधिकारी
महासचिव
मितिः २०८१ साल बैशाख ८ गते

अन्तराष्ट्रिय बजारमा डलर कमजोर सुन महंगो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३० हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार अमेरिकी डलरको विनिमय दर र सुनको मूल्य दुवैले रेकर्ड राखेको छ । केही समय अगाडि डलर र सुनको सम्बन्ध उल्टो हुने गरे पनि अहिले भने डलर र सुन समानान्तर रुपमा उकालो लागिरहेको छ । मेरिकी डलरको विनिमय दर पनि हरेक दिन नयाँ उचाईमा पुग्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ सय ३३ रुपैयाँ ९७ पैसा कायम भएको छ जुन अहिलेसम्मकै उच्च विनिमय दर हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग १ सय भारु बराबर १ सय ६० नेरुमा स्थिर गरिएको छ ।
नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य २०८१ को बैशाख महिनाको पहिलो हप्तासम्म आइपुग्दा १ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ६ वर्षको अन्तरालमा सुनको मूल्य ८१ हजारले वृद्धि भएको देखिन्छ । २०७६ बैशाखमा प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तथ्यांक छ । २०७९ को बैशाखसम्म आइपुग्दा भने सुनको मूल्यले १ लाखभन्दा पुगिसकेको थियो भने २०८० बैशाख पुग्दा यो सुनको मूल्य १ लाख १० हजार रुपैयाँको हाराहारीमा थियो । व्यापारमा अनिश्चितता बढ्दै जाँदा चीन लगायत धेरै देशको केन्द्रीय बैंकले सुनमा आफ्नो होल्डिङ बढाउँदै लगेको छ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको युक्रेन रसिया युद्ध साम्य हुन नपाउँदै शुरु भएको इरान इजरायल युद्धको प्रभाव सुनको मूल्यमा पर्न गएको बताउँछन् । केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले निकै महत्व दिने गरेका छन् । अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको जानकारहरुको भनाइ छ ।

विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशको पहिलो नम्बरमा अमेरिका पर्दछ । हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन भण्डारण रहेको छ । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ । यस्तै, दोस्रो नम्बरमा रहेको छ जर्मनी । जर्मनीसँग ३ हजार ३५३ टन सुन भण्डारण छ । तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग २ हजार ४३६ टन, रसियासँग २ हजार ३३३ टन छ । तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको आठ महिनामा १६ अर्ब १२ करोडरुपैयाँ बराबरको कुल १९ सय किलोग्राम सुन आयात भएको देखिन्छ । सोही अवधिमा सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व कमाएको छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा

इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदमा संवत् २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता 2080।12।28 गते देखि निर्वाचन सम्पन्न नभएसम्म लागूeई सकेको छ ।

उक्त निर्वाचन आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्चाउने, दुषप्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टिका टिप्पणी गर्न गराउने नहुने ब्यवस्था रहेको छ । त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रति कमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्र हत्या गर्न, ब्यक्तिगत लान्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन पूर्ण रुपमा निषेध गरिएको छ ।आचारसंहिताको उक्त ब्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी आचारसंहिता विपरीतको कुनै कार्य भए गरेमा तत्काल कारवाही गर्न आयोगले देहाय बमोजिम निर्णय गरेको हुँदा सम्वन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

 

  • सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन सम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको लागि आयोग समक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन ईकाइ गठन गरी जिम्मेवारी दिने ।

 

  • आमसञ्चार माध्यमबाट हुने गलत, भ्रामक, झुठा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चार माध्यमको अनुगमन तथा कानून बमोजिम आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने ।

 

  • सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्वन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

 

 

 

(शालिग्राम शर्मा पौडेल)

सह सचिव एवम् प्रवक्ता