उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव

नेपालको तेस्रो उपराष्ट्रपतिका रूपमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले कुल ३० हजार ३२८ मतभार प्राप्त गरे भने उनकी निकटतम प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार पाइन्। शुक्रवारको निर्वाचनमा राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय समीकरणबाट जनता समाजवादी पार्टी-नेपालका यादव उम्मेदवार बनेका थिए। जनमत पार्टीकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन्।

जसपा-नेपालबाटै प्रमिलाकुमारी यादवले समेत उम्मेदवारी दर्ता गराए पनि पछि उनले त्यो निष्क्रिय पारेको बताएकी थिइन्। बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आजै अर्थात् चैत ३ मा सकिँदैछ। नेपालमा पहिलो उपराष्ट्रपति परमानन्द झा भएका थिए।

सुनको भाउ उच्च विन्दुमा

सुनको भाउउच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रतितोलाख १ लाख ७ हजार १०० रुपैयाँ पुगेको  जनाएको छ।

 यस्तो तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँ पुगेको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो ।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी हुनुहुन्थ्यो ।

नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् ।

दुवै उम्मेदवार पूर्वमन्त्री र पूर्वसभामुख हुन्।  संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई बधाई दिएका छन्।

सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा ५०० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा झरेको थियो

चाँदीको भाउ पनि बिहीबार सस्तिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिदिबक्री भइरहेको छ ।

president-election-matdansthal

नयाँ राष्ट्रपतिका लागि मतदान सुरु

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन ।मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ । आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतले जानकारी दिएको छ ।

अमला खानुका फाइदाहरू

अमला खाँदा जति स्वादिष्ट हुन्छ त्यतिकै स्वास्थ्यको दृष्टिकोणले पनि गुणकारी हुन्छ। अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ।अमला एक बहुगुणकारी फल हो । यो सानो एवं ठुलो प्रकारको हुन्छ । देख्नमा हरियो र गोलाकार दान हुने अमला खाँदा अमिलो र टर्राे भए पनि खाएको एक छिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ । यो उष्ण एवं पहाडी भेगमा पाइन्छ । नेपालमा पनि यो फल प्रशस्त हुने गर्दछ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा पनि मानिन्छ ।आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ।अमलालाई ताजा प्रयोग गर्न सकिन्छ भने यसलाई सुकाएर राखी आवश्यक परेको समयमा प्रयोग गर्दा पनि यसको गुणमा कुनै कमी हुँदैन ।

अमलाका फाइदा:-

-यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ।

-नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।

-अमलाको सेवनले रुघाखोकीसमेत निको हुन्छ।

-नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

-भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।

-नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।

-अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।

-अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

यूएईमाथि नेपालको जित

यूएईमा आयोजित आईसीसी विश्वकप लीग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ ।भीम सार्कीले जीवनको उत्कृष्ट इनिङ्स खेलेपछि तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको बलिङमा खतरामा परिसकेको इनिङ्स उकास्दै नेपालले यूएईविरुद्ध जित हात पारेको हो।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए । करण केसीले १७ रन बनाए भने कुशल भुर्तेलको स्थानमा आएका प्रतिश जिसीले ११ रन जोडेका थिए।

रंगहरुको पर्व होली मनाइँदै

२२ फागुन, काठमाडौं : रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । होली राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

इन्टरनेसनल एजुकेसन एक्सिलेन्स एक्जीवीसन सम्पन्न

क्यारियर लिफ्टर्स र म्याक्सवे इन्टरनेशनलको सहकार्यमा १७ फेब्रुअरी २०२३ मा इन्टरनेसनल एजुकेसन एक्सिलेन्स एक्जीवीसन आयोजना गरेको थियो। कार्यक्रममा २०+ विद्यालय र कलेजका विद्यार्थीहरूले न्युनतम
लागतमा सृजनात्मक प्रोजेक्ट
सहित भाग लिएका थिए। विद्यार्थीहरूले विभिन्न प्रोजेक्टहरूप्रति ठूलो उत्साह देखाए। इलिनोइस इन्स्टिच्युट अफ टेक शिकागोकी नेहल सिक्वेरिया, विजयभूमि विश्वविद्यालय भारतका आकाश आशेस र हल्ट इन्टरनेशनल बिजनेस स्कूलकी शेफाली सुर्वेले विद्यार्थीहरूलाई प्रोजेक्टमा झै आफ्नो भविष्यमा अझ राम्रो गर्न उत्प्रेरित गरेका थिए। उत्कृष्ट प्रोजेक्टहरू प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। LI-FI परियोजनाका लागि लुम्बिनी एकेडेमीलाई २१ हजार रुपैयाँको प्रथम पुरस्कार प्रदान गरिएको छ । स्मार्ट डोकोको लागि ११ हजार रुपैयाँको दोस्रो पुरस्कार सान्तोना कलेजलाई प्रदान गरिएको छ । रु ५१०० को तेस्रो पुरस्कार स्मार्ट सिटी र नि:शुल्क उर्जाका लागि ट्राइटन इन्टरनेशनल कलेजलाई प्रदान गरिएको छ । गोल्डेन गेट कलेजबाट दुई परियोजनालाई नगद २१०० विशेष पुरस्कार र सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो । विद्यार्थीलाई उत्प्रेरित गर्न विजयभूमि विश्वविद्यालयले ६ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति समेत दिएको छ ।