विश्वविख्यात खेलाडी पेलेको निधन

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो ।

एड्सन आरान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ।

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।

Spread the love