यूएईमाथि नेपालको जित

यूएईमा आयोजित आईसीसी विश्वकप लीग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ ।भीम सार्कीले जीवनको उत्कृष्ट इनिङ्स खेलेपछि तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको बलिङमा खतरामा परिसकेको इनिङ्स उकास्दै नेपालले यूएईविरुद्ध जित हात पारेको हो।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए । करण केसीले १७ रन बनाए भने कुशल भुर्तेलको स्थानमा आएका प्रतिश जिसीले ११ रन जोडेका थिए।

Spread the love