एनसेलले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

एनसेलले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

१८ कात्तिक, काठमाडौं  : एनसेलका अनुसार आजियाटा लिमिटेडले भूकम्प पीडितकाे उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।  कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउने प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ ।  सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने छ ।

दोस्रो बजारमा कम्पनी बढ्दाको लाभ नेप्सेलाई

काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार हुने कम्पनीको संख्या बढ्दा त्यसको लाभ नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पुगेको छ। नेप्सेले सूचीकरण तथा नवीकरण शुल्कबापत पछिल्लो ७ वर्षमा करिब ६२ करोड रुपैयाँ उठाएको छ।

नेप्सेमा सूचीकृत कम्पनी २४० वटा नेप्सेमा अहिले २४० वटा कम्पनी सूचीकृत छन्। पराजुलीका अनुसार  ती सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक हुन्। यस्तै उत्पादन तथा प्रशोधन र लगानी क्षेत्रका ७/७, होटल एण्ड टुरिज्म क्षेत्रका ६, अन्य क्षेत्रका ३, जलविद्युत क्षेत्रका ८७, बजार क्षेत्रका २, निर्जीवन बीमा क्षेत्रका १२ तथा जीवन बिमा क्षेत्रका ११ कम्पनी नेप्सेमा सूचीकृत छन्।  यसैगरी १६ वटा विकास बैंक, १५  वटा फाइनान्स र ५५ वटा माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन्। आर्थिक वर्ष २०७५/०७६ सम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या १९६ थियो।

नेप्सेले आर्थिक वर्ष २०७३/०७४ देखि २०७९/८० सम्म सूचीकरण तथा नवीकरण शुल्कबापत ६१ करोड ८९ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो। नेप्सेले आर्थिक वर्ष २०७३/०७४ मा सूचीकरण तथा नवीकरण शीर्षकमा ७ करोड ३४ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको थियो। नेप्सेले उक्त रकम बोनस सेयर, ऋणपत्र, आईपीओ, म्युचुअल फन्ड, हकप्रद सेयर तथा सूचीकृत भएका कम्पनीको नवीकरणबापत आर्जन गरेको हो। यस्तै २०७४/०७५ मा सूचीकरण तथा नवीकरण शुल्कबापत ७ करोड ७५ लाख ३१ हजार रुपैयाँ संकलन गरेको तथ्यांक छ।   आर्थिक वर्ष २०७५/०७६ मा नेप्सेको यो आम्दानी घट्यो। त्यो वर्ष उसले ६ करोड ९२ लाख २७ हजार रुपैयाँ संकलन गरेको थियो। २०७६/०७७ मा नेप्सेले ७ करोड ४४ लाख ५ हजार रुपैयाँ संकलन गरेकामा त्यसयताका वर्ष भने उसको आम्दानी बढेको छ। बजारमा आईपीओ, हकप्रद सेयर  र एफपीओको आपूर्ति बढ्दा त्यसबापत नेप्सेको कमाइ पनि बढ्न पुगेको हो। नेप्सेले सूचीकरण तथा नवीकरण शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ९७ लाख ८९ हजार, २०७८/०७९ मा ९ करोड ९९ लाख ७९ हजार र २०७९/०८० मा १२ करोड ६४ लाख ३७ हजार रुपैयाँ उठाएको तथ्यांक छ। ‘सेयर बजारमा पछिल्लो केही वर्षयता धेरै कम्पनी थपिएका छन्। त्यसैले सूचीकरण तथा नवीकरण शुल्कबाट हुने नेप्सेको आम्दानी बढेको हो,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने, ‘त्यसका साथै भएकै कम्पनीले हकप्रद सेयर, बोनस सेयर, एफपीओ तथा ऋणपत्र निष्कासन गर्नु जस्ता कारणले पनि आम्दानी बढेको देखिन्छ।’

Vianet Celebrates 24 Years of Digital Excellence

Kathmandu, Nepal – October 12, 2023 , Vianet Communication, Nepal’s leading internet and IPTV service provider, is proud to mark 24 years of delivering reliable and affordable digital services to its valued customers. Since its inception in 1999, Vianet has been dedicated to improving the lives of its consumers by providing cutting-edge broadband internet and IPTV services. To celebrate this occasion, the company is pleased to announce a special anniversary offer: a 3-month subscription to 125 Mbps internet for just Rs. 2424 plus Vat for a limited time. New customers of this package also get significant discount on installation charges. On top of this as part of Vianet’s festive offer all 3 months and above subscribers of Vianet Internet will also get up to 50% off on Ultima Wireless Earbuds and Himstar appliances.

But there is more! – in gratitude to loyal customers, Vianet has upgraded its existing customer’s internet for free! Yearly subscribers, get ready for a speed boost: 200 Mbps will soar to 250 Mbps, 300 Mbps to an incredible 400 Mbps, and more.

Vianet has a history of pioneering innovative technology. In 2011, we introduced Fiber Optics (FTTH) for the first time in Nepal, catapulting the nation into a high-speed digital era. In 2016, Vianet revolutionized TV viewing in Nepal with the introduction of IPTV services.

Our commitment to providing quality services to more clients has resulted in the launch of ViaTV, which offers 175+ TV channels at a low cost. And we’re grateful to have recently launched Nepal’s first multi-gig Internet connection, the 2Gbps XGS-Extreme package, which is built on cutting-edge XGS fiber technology. Vianet Communications is redefining internet connectivity in Nepal.

As we celebrate 24 incredible years, we extend our heartfelt thanks to our dedicated employees, our loyal customers, and all our stakeholders for making this journey remarkable. Looking ahead, Vianet Communications is committed to enhancing and expanding our offerings to meet the evolving demands of internet, TV, and digital services for both personal and business needs in the future.

Vianet launches 125 Mbps Internet at Shocking price

Vianet launches 125 Mbps Internet at Shocking price and offers four Incredible Discounts this festive season

Kathmandu, Oct 04, 2023

Vianet, Nepal’s first Fiber Internet, IPTV and Multi-Gig internet (XGS Xtreme) service provider, is
thrilled to announce the launch of 125Mbps at an unbelievable price of Rs. 8400 plus VAT per
year. In celebration of the festive season, Vianet is providing generous discounts of up to 50%
discount for its customers on Ultima Wireless Earbuds and Himstar Appliances.

In Vianet’s “Chad ma Chauka” festive campaign, customers can now enjoy 125 Mbps Internet
for just Rs 8400 plus VAT per year, making this the lowest price offered for this speed in the
market. Along with this, Vianet has also introduced discounted rates for 200Mbps and 300Mbps
packages throughout the duration of this campaign.

To make this offer even more irresistible, Vianet has partnered with trending brands – Ultima
and Himstar to provide exclusive discounts to Vianet customers. Vianet subscribers who opt for
yearly Internet plans will be eligible for the discounts upto 50% on the four popular consumer
electronic items, hence the campaign name “Chad ma Chauka”. The four discounted items
include Ultima Wireless Earbuds, Himstar Smart TV, Refrigerator, and Washing Machine. The
items are a popular purchase amongst netizens during the festive period and are a perfect
addition to their homes to enhance their festivities during Dashain.

 

Here are the amazing discounts available during this limited-time offer.
 Ultima Wireless Earbuds: Available for as low as Rs 1,225 inc. VAT
 Himstar 43-inch Smart TV: Available for as low as Rs 27,500 inc. VAT
 Himstar 55-inch Smart TV: Available for as low as Rs 54,000 inc. VAT
 Himstar Refrigerator: Available for as low as Rs 17,510 inc. VAT
 Himstar Washing Machine: Available for as low as Rs 41,200 inc. VAT

This exceptional offer is valid until 9 th Mangsir, 2080 (25 th November, 2023), providing
customers to enjoy high-speed Internet and incredible discounts exclusively from Vianet with a
fantastic opportunity to upgrade their smart home.

About Vianet:
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing
the best digital experience at the best possible value. Vianet is a leading Internet and TV
solution provider in Nepal and has been offering its customers new and innovative internet
solutions for both personal and professional usage. For more information regarding Internet
plans, please visit: http://www.vianet.com.np/chadmachauka2080

क्रिप्टोकरेन्सीले डुवाएको डरलाक्लो बास्तबिकता

विभिन्न ठगीको अभियोग लागेका “किङ अफ क्रिप्टो” भनेर चिनिने साम ब्याङ्कम्यान-फ्रीडविरुद्ध मुद्दा सुनुवाइ हुन लागेको छ। एक ब्रिटिश लगानीकर्ताले ब्याङ्कम्यान-फ्रीडको कम्पनी डुब्दा आफ्नो सम्पत्ति कसरी गुम्यो र आफूसहित विश्वभरि रहेका पीडितको पैसा कसरी फिर्ता हुन सक्छ भन्नेबारे बताएका छन्। साम ब्याङ्कम्यान-फ्रीडको कम्पनी पूरै नडुब्दासम्म सुनील कावुरीलाई ब्याङ्कम्यान-फ्रीडले परिस्थिति उल्ट्याउन सक्छन् कि भन्ने आशा थियो। ‘किङ अफ क्रिप्टो’ को साम्राज्य कमजोर बन्दै जाँदा अरू मानिस आत्तिएका थिए तर सुनील भने शान्त नै थिए। ब्याङ्कहरूसँगको कारोबार र क्रिप्टोमा लगानी गरेका कारण उनी बजारमा हुने उतारचढाव झेल्न अभ्यस्त भइसकेका थिए।

फटीएक्स कुनै बेला क्रिप्टोकरेन्सी सटही गर्ने विश्वकै दोस्रो ठूलो कम्पनी थियो। तर त्यो टाट पल्टियो। वर्षौँदेखि उनले तनाव लिएर भए पनि सफलतापूर्वक गर्दै आएको व्यापार डुब्यो। उनले २१ लाख डलर गुमाए। “म कम्प्युटरको स्क्रीन रिफ्रेश गर्दै २४ घण्टा बसेँ। एफटीएक्सलाई मेरो पैसा पठाइदिन भन्दै इमेल गर्न खोजेँ। मलाई दिक्क लाग्यो। मलाई लाग्यो – हे भगवान्, सबै सकियो। मैले सबै गुमाएँ,” उनले भने। यूकेको डार्बिशरमा बस्ने कावुरी त्यतिबेला छोराको उच्च शिक्षा र नयाँ घर किन्नका लागि पैसा जोहो गरिरहेका थिए। तर त्यसको झन्डै एक वर्षपछि अहिले उनीसँग कानुनी सङ्घर्षका लागि कुनै बेला आफूसँग जे जति थियो त्यसको केवल कागज मात्रै छ।

एफटीएक्स धराशायी बनेपछि सबैभन्दा ठूलो मारमा परेका व्यक्ति सुनील भएको ठानिएको छ। उनी ब्रिटिश नागरिक हुन्। तर उनीजस्ता पीडितहरू विश्वभरि छन् र उनी आफूजस्ता मानिसलाई पैसा फिर्ता पाउनका लागि लड्न र कानुनी कारबाहीमा आउनका लागि सघाउन आफू “एफटीएक्स क्रेडिटर च्याम्पिअन” अर्थात् अगुवा बनेको बताउँछन्। “टर्कीका एक व्यक्तिको ब्याङ्क खातामा जम्मा ६०० डलर मात्रै बाँकी रह्यो र कोरियामा त आत्तिएका एक जना बिरामी परेपछि अस्पताल भर्ना भए,” उनी भन्छन्।

सुनीलले अमेरिका, क्यानडा, आर्जेन्टिना, दुबई, टर्की, हङ्‌कङ, चीन र सिङ्गापुरका मानिसलाई सहयोग गरिरहेका छन्। धेरै जनाले केही सय डलर मात्र गुमाएका छन् भने केहीले हजारौँ र एक जनाले उनीले जस्तै लाखौँ डलर गुमाएका छन्। अर्को साता हुने सुनुवाइमा सबै पीडितको ध्यान जाने छ।

अमेरिकी अभियोजनकर्ताहरूले साम ब्याङ्कम्यान-फ्रीडलाई ठगी, जालझेल र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सातवटा अभियोग लगाएका छन्। एफटीएक्स एलामेडा रिसर्च नामक एउटा क्रिप्टो हेज फन्डका संस्थापक ३१ वर्षीय ब्याङ्कम्यान-फ्रीडले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनी आफूविरुद्ध लागेका मुद्दा खेप्न हिरासतबाट न्यूयोर्कस्थित अदालतमा उपस्थित हुने छन्। उनको कम्पनीका  अन्य कार्यकारीले यसअघि नै दोष स्वीकार गरिसकेका छन्। उनीहरूले कुनै बेला ४० अर्ब डलरको साम्राज्य कसरी डुब्यो भन्ने विषयमा प्रमाण उपलब्ध गराउन ठानिएको छ। क्रिप्टो कारोबार गर्न चाहने सबैका लागि सहटीको सुविधा दिने एफटीएक्स सुरक्षित रहेको भन्दै उक्त कम्पनीको प्रचारप्रसार गरिएको थियो। बिटकोइनजस्ता क्रिप्टो कोइन किन्न पैसा तिर्न खोज्ने र आफ्नो सम्पत्ति सुरक्षित राख्न खोज्ने मानिसका लागि एफटीएक्स एउटा अनौपचारिक ब्याङ्कजस्तो बनेको थियो। एफटीएक्सका ९० लाख ग्राहक विभिन्न १०० देशमा छरिएका थिए। एफटीएक्स डुबेपछि १० लाखभन्दा बढी प्रयोगकर्ताको खल्ती रित्तियो। उनीहरूले आफ्नो पैसा झिक्न पनि पाएनन्।

अपि पावरको हकप्रद बाँडफाँट

असोज : कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता शेयर निष्काशन गरेको थियो। अपि पावर कम्पनी (API) को हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत शेयरधनीहरको खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।  सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ शेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता शेयर बाँडफाँट गरिएको हो।

आवेदनमा नपरेको शेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्नेछ। सो शेयर खरिदका लागि लगानीकर्ताले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन। कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

पृथ्वीबाहिर जीवन रहेको हुन सक्ने जस्तो रोचक सङ्केत

अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ। उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको हुनसक्ने नासाको अनुमान छ। कम्तीमा पनि पृथ्वीमा डीएमएसको अणु जीवबाट मात्र उत्पन्न हुन्छ। पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको उक्त ग्रहलाई के२-१८बी (K2-18b) नाम दिइएको छ। अन्वेषकहरूले त्यति टाढा रहेको ग्रहमा जीवन रहेको पुष्टि गर्न उक्त अणु रहेको हुनसक्ने भनी प्राप्त सङ्केत “बलियो प्रमाण” भने नभएको बताएका छन्। त्यसका लागि थप तथ्याङ्क र विवरण आवश्यक हुन्छन्। वैज्ञानिकहरूले उक्त ग्रहको वायुमण्डलमा मीथेन र कार्बन डाइअक्साइड रहेको हुनसक्ने सङ्केत पनि पाएका छन्। ती ग्यासको उपस्थितिले उक्त स्थानमा पानीको महासागर रहेको सङ्केत गर्छन्। यसबारे अनुसन्धानको नेतृत्व गर्ने यूनिभर्सिटी अफ केम्ब्रिजका प्राध्यापक निक्कु मधुसुदनले बीबीसी न्यूजलाई आफ्नो टोली अनुसन्धानको परिणाम देखेर ‘छक्क’ परेको बताए। प्रा मधुसुदनले डीएमएस भेटिनुलाई “मोटामोटी” को सङ्ज्ञा दिँदै उक्त पदार्थ त्यहाँ भएको पुष्टि गर्न थप डेटा चाहिने  छन्। थप परिणाम एक वर्षमा आउने वैज्ञानिकहरूको अपेक्षा छ।

“पुष्टि भयो भने यो निकै ठूलो उपलब्धि हुने छ। खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा रहेको एउटा तारालाई परिक्रमा गर्ने कुनै ग्रहमा डीएमएस भएको सम्भावना यसरी पहिलो पटक औँल्याएका हुन्। तर उनीहरू अहिलेको नतिजालाई निकै सावधानीपूर्वक हेरिरहेका छन्। सन् २०२० मा शुक्र ग्रहको बादलमा ‘फोस्फिन’ नामक यौगिक फेला परेको दाबी एक वर्षमै विवादित बनेको थियो। जीवित प्राणीको शरीरमा पनि उक्त यौगिक बन्न सक्छ।

शेयर बजार भित्रै लुकेको बजार

शेयर खरिद बिक्री गर्ने दोस्रो बजारको बारेमा सबैलाई थाह छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सञ्चालन गर्ने दोस्रो बजार(सेकेण्डरी मार्केट)नै शेयर खरिद बिक्री गर्ने दोस्रो बजार हो। जुन बजारमा प्राथमिक बजारबाट किनेको शेयर बिक्री गर्न सकिन्छ। बिक्री मात्रै होइन, किन्न पनि पाइन्छ।  अन्तर्राष्ट्रिय बजारमा सञ्चालन हुने जस्तो अक्सन बजार नेपालमा भने सञ्चालनमा आएको छैन। तर शेयरधनीले नकिनेको शेयर बिक्री गर्न नेपालमा बेला बेलामा अक्सन बजार लगाइने गरिएको छ।  समग्र दोस्रो बजार घटेको भए त्यही अनुसारको मूल्य तय हुने र बढेको भए त्यही अनुसारको मूल्य तय हुने गरेको देखिन्छ। खासगरि अक्सनको समयमा दोस्रो बजारमा तय भएको कम्पनीको मूल्यलाई नै आधार बनाएर शेयर कबोल गर्ने गरेको देखिन्छ।

बोलकबोलमा लगानीकर्ताले  बजार मूल्य भन्दा कम मूल्यमा के कति शेयर पाए भनेर मेरो लगानीले २०७६ पुस देखि बोलकबोलमा आएका कम्पनीको ‘कटअफ प्राइस’हेरेको छ।  लामो समयदेखि यसरी अक्सन मार्फत शेयर बिक्री गर्ने गरिएको भए पनि यसमा आवेदन दिने लगानीकर्ता भने निकै न्यून हुने गरेका छन्। दोस्रो बजारमा नियमित कारोबार गर्नेहरूले समेत यसमा खासै रुचि राखेको पाइँदैन। दोस्रो बजारमा निक्कै माथिल्लो रहेको मूल्य भन्दा अक्सनमा निक्कै सस्तो मूल्यमा पाउने सम्भावना हुने गर्छ। जस्तै २०७४ भदौ २४ मा एभरेस्ट बैंकको शेयर अक्सनमा आएको थियो। अक्सन समाप्त भएको दिन कम्पनीको शेयर मूल्य १२७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। तर उक्त अक्सन २०७४ असोज दुई गते खुल्ला गर्दा न्यूनतम् १०८ रुपैयाँ कबोल गर्ने लगानीकर्ताले समेत शेयर हात पारेका थिए। जुन बोलकबोलले बजार मूल्य भन्दा कम मूल्यमा पाइएको इतिहास रच्यो। त्यस यता त्यतिको फरक मूल्यमा शेयर पाइएको छैन्।

जसमा लगानीकर्ताले पछिल्लो चार वर्षमा बजार मूल्य भन्दा न्युनतम् २.४७ प्रतिशतदेखि ५७.४६ प्रतिशतसम्म कम मूल्य हाल्नेले बोलकबोलमा शेयर पाएको देखिन्छ। औसतमा बजार मूल्य भन्दा १५ प्रतिशतसम्म कम मूल्य हाल्नेले शेयर पाउने सम्भावना धेरै देखिएको छ।

भायानेटको तीन स्थानमा नयाँ साखा विस्तार

भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा तीन स्थानमा नयाँ शाखा विस्तार गरेको छ। नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार  गरेको छ।

आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब लालमटियाका सर्व-साधारण पनि लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको
इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन्। यसै सन्दर्भमा लालमटियामा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा बिषेश ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएकोछ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१:२०१५ प्रामाणिक कम्पनी हो। भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र
सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ। आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकांश हिस्सा इन्टरनेटकैसेरोफेरोमा बित्ने गर्दछ । यस्तो अवस्थामा तीव्र गतिको इन्टरनेट सबैको आवश्यकता बनेको छ। यसैले भायानेटले तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न
सहयोग पुर्याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ। अतः आजै भायनेटको सेवा लिनु भई सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित् रहनुहोस् ।

क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न

काठमाडौं : कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान महासंघ० ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार एक विशेष समारोह माझ ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ ईन एसोसिएन विथ डिशहोम फाइबरनेट’को समुद्घाटन गर्नुभएको थियो । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरू सहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

६ दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गर्नुभएको थियो । आइतबार क्यान इन्फोटेकको अन्तिम दिन काठमाडौं महानगरपालिकाकी उप(प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेल र लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।

यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताउनुभयो । उहाँले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिनुभयो । क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि रहेको थियो भने एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेट रहेको थियो । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी ( इन नेपला, फर नेपाल र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।

टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आइएमई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्या,केट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका थिए ।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए । त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो । यसरी प्रदर्शनीमा १५० बन्दा बढी स्टलको सहभागिता रहेको थियो ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।

क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रमसमेत गरिएको थियो, जसमा १९३ जना रक्तदानमा सहभागी भएका थिए । त्यस्तै अभियन्ता फाउन्डेसनले क्यान महासंघसँग सहकार्य गरी ६ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यसअन्तर्गत मधुमेह जाँच तथा परामर्शमा २४० जना, आँखा जाँच तथा परामर्शमा २३४ र दन्त जाँचमा २५३ गरी कुल ७२७ जनालाई सेवा प्रदान गरिएको थियो । त्यस्तै क्यान इन्फोटेकमा कोडिङ कम्पिटिसन, क्विज कन्टेस्ट, गेमिङ कम्पिटिसन, रोबो सकर कम्पिटिसन लगायत पनि सञ्चालन भएको थियो । यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२३ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । यसका लागि तयारी तीव्र पारिसकिएको उहाँको भनाइ थियो ।  क्यान इन्फोटेक २०२३ को अवसर पारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० ले आईसीटी सेमिनार आयोजना गरेको छ । यसअन्तर्गत माघ २५ देखि माघ २९ गतेसम्म विभिन्न ४ विषयमा आईसीटी सेमिनार गरिएको थियो ।

आयोजकका अनुसार माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया गरिएको थियो । त्यस्तै माघ २६ गते ब्लकचेन प्रविधि र फिनटेक विषय गरी दुई विषयमा सेमिनार आयोजना गरिएको थियो । त्यस्तै माघ २९ गते आइतबार नेपालमा इन्टरनेट इकोसिस्टम विषयमा सरोकारवालाबीच अन्तर्क्रिया गरिएको थियो । सो अवसरमा ब्यान्डविथ इस्यु, इन्टरनेको गुणस्तर, डेटा लिक लगायतका विषयमा इन्टरनेट सेवाप्रदायक, नियामक र उपभोक्ताको तर्फबाट वक्ताहरूले आफ्ना भनाइ राख्नुभएको थियो । साथै यूथ आजिएफ नेपालले इन्टरनेट सम्बन्धि जनचेतना स्कूल लेबलबाट नै हुनुपर्ने सरोकारवालाहरुले सोहि कार्यक्रममा नै बताए । सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला व्यक्तिहरू बीच सार्थक अन्तर्क्रिया गराउन क्यान इन्फोटेक सफल भएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

क्यान महासंघबारे
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।
धन्यवाद ।