अपि पावरको हकप्रद बाँडफाँट

असोज : कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता शेयर निष्काशन गरेको थियो। अपि पावर कम्पनी (API) को हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत शेयरधनीहरको खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।  सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ शेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता शेयर बाँडफाँट गरिएको हो।

आवेदनमा नपरेको शेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्नेछ। सो शेयर खरिदका लागि लगानीकर्ताले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन। कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Spread the love