क्रिप्टोकरेन्सीले डुवाएको डरलाक्लो बास्तबिकता

क्रिप्टोकरेन्सीले डुवाएको डरलाक्लो बास्तबिकता

विभिन्न ठगीको अभियोग लागेका “किङ अफ क्रिप्टो” भनेर चिनिने साम ब्याङ्कम्यान-फ्रीडविरुद्ध मुद्दा सुनुवाइ हुन लागेको छ। एक ब्रिटिश लगानीकर्ताले ब्याङ्कम्यान-फ्रीडको कम्पनी डुब्दा आफ्नो सम्पत्ति कसरी गुम्यो र आफूसहित विश्वभरि रहेका पीडितको पैसा कसरी फिर्ता हुन सक्छ भन्नेबारे बताएका छन्। साम ब्याङ्कम्यान-फ्रीडको कम्पनी पूरै नडुब्दासम्म सुनील कावुरीलाई ब्याङ्कम्यान-फ्रीडले परिस्थिति उल्ट्याउन सक्छन् कि भन्ने आशा थियो। ‘किङ अफ क्रिप्टो’ को साम्राज्य कमजोर बन्दै जाँदा अरू मानिस आत्तिएका थिए तर सुनील भने शान्त नै थिए। ब्याङ्कहरूसँगको कारोबार र क्रिप्टोमा लगानी गरेका कारण उनी बजारमा हुने उतारचढाव झेल्न अभ्यस्त भइसकेका थिए।

फटीएक्स कुनै बेला क्रिप्टोकरेन्सी सटही गर्ने विश्वकै दोस्रो ठूलो कम्पनी थियो। तर त्यो टाट पल्टियो। वर्षौँदेखि उनले तनाव लिएर भए पनि सफलतापूर्वक गर्दै आएको व्यापार डुब्यो। उनले २१ लाख डलर गुमाए। “म कम्प्युटरको स्क्रीन रिफ्रेश गर्दै २४ घण्टा बसेँ। एफटीएक्सलाई मेरो पैसा पठाइदिन भन्दै इमेल गर्न खोजेँ। मलाई दिक्क लाग्यो। मलाई लाग्यो – हे भगवान्, सबै सकियो। मैले सबै गुमाएँ,” उनले भने। यूकेको डार्बिशरमा बस्ने कावुरी त्यतिबेला छोराको उच्च शिक्षा र नयाँ घर किन्नका लागि पैसा जोहो गरिरहेका थिए। तर त्यसको झन्डै एक वर्षपछि अहिले उनीसँग कानुनी सङ्घर्षका लागि कुनै बेला आफूसँग जे जति थियो त्यसको केवल कागज मात्रै छ।

एफटीएक्स धराशायी बनेपछि सबैभन्दा ठूलो मारमा परेका व्यक्ति सुनील भएको ठानिएको छ। उनी ब्रिटिश नागरिक हुन्। तर उनीजस्ता पीडितहरू विश्वभरि छन् र उनी आफूजस्ता मानिसलाई पैसा फिर्ता पाउनका लागि लड्न र कानुनी कारबाहीमा आउनका लागि सघाउन आफू “एफटीएक्स क्रेडिटर च्याम्पिअन” अर्थात् अगुवा बनेको बताउँछन्। “टर्कीका एक व्यक्तिको ब्याङ्क खातामा जम्मा ६०० डलर मात्रै बाँकी रह्यो र कोरियामा त आत्तिएका एक जना बिरामी परेपछि अस्पताल भर्ना भए,” उनी भन्छन्।

सुनीलले अमेरिका, क्यानडा, आर्जेन्टिना, दुबई, टर्की, हङ्‌कङ, चीन र सिङ्गापुरका मानिसलाई सहयोग गरिरहेका छन्। धेरै जनाले केही सय डलर मात्र गुमाएका छन् भने केहीले हजारौँ र एक जनाले उनीले जस्तै लाखौँ डलर गुमाएका छन्। अर्को साता हुने सुनुवाइमा सबै पीडितको ध्यान जाने छ।

अमेरिकी अभियोजनकर्ताहरूले साम ब्याङ्कम्यान-फ्रीडलाई ठगी, जालझेल र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सातवटा अभियोग लगाएका छन्। एफटीएक्स एलामेडा रिसर्च नामक एउटा क्रिप्टो हेज फन्डका संस्थापक ३१ वर्षीय ब्याङ्कम्यान-फ्रीडले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनी आफूविरुद्ध लागेका मुद्दा खेप्न हिरासतबाट न्यूयोर्कस्थित अदालतमा उपस्थित हुने छन्। उनको कम्पनीका  अन्य कार्यकारीले यसअघि नै दोष स्वीकार गरिसकेका छन्। उनीहरूले कुनै बेला ४० अर्ब डलरको साम्राज्य कसरी डुब्यो भन्ने विषयमा प्रमाण उपलब्ध गराउन ठानिएको छ। क्रिप्टो कारोबार गर्न चाहने सबैका लागि सहटीको सुविधा दिने एफटीएक्स सुरक्षित रहेको भन्दै उक्त कम्पनीको प्रचारप्रसार गरिएको थियो। बिटकोइनजस्ता क्रिप्टो कोइन किन्न पैसा तिर्न खोज्ने र आफ्नो सम्पत्ति सुरक्षित राख्न खोज्ने मानिसका लागि एफटीएक्स एउटा अनौपचारिक ब्याङ्कजस्तो बनेको थियो। एफटीएक्सका ९० लाख ग्राहक विभिन्न १०० देशमा छरिएका थिए। एफटीएक्स डुबेपछि १० लाखभन्दा बढी प्रयोगकर्ताको खल्ती रित्तियो। उनीहरूले आफ्नो पैसा झिक्न पनि पाएनन्।

अपि पावरको हकप्रद बाँडफाँट

असोज : कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता शेयर निष्काशन गरेको थियो। अपि पावर कम्पनी (API) को हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत शेयरधनीहरको खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।  सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ शेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता शेयर बाँडफाँट गरिएको हो।

आवेदनमा नपरेको शेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्नेछ। सो शेयर खरिदका लागि लगानीकर्ताले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन। कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

बाँकेमा मृत अवस्थामा पाटे बाघ

असोज : बाँकेको  कचनापुरस्थित अशोक सामुदायिक वनमा राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।  मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काका अनुसार बाघको मृत्युको कारण खुलेको छैन । मृतक पाटे बाघको बुधबार स्वास्थ्य परीक्षण गरिँदै छ ।

एपेक्स क्रिकेट आइतबारदेखि

हब इन्टरनेसनल एजुकेसन एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगिता आइतबार सुरु हुँदै छ । हब इन्टरनेसनल एजुकेसनको प्रस्तुतिमा एपेक्स कलेजले आयोजना गर्ने प्रतियोगिता असोज २३ सम्म चल्नेछ । ट्वान्टी–२० संरचनामा हुने प्रतियोगितामा मोफसलको एकसहित कुल १६ टोलीले सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।समूह ‘सी’ मा काठमाडौं स्कुल अफ ल, रेन्बो इन्टरनेसनल, पाटन संयुक्त क्याम्पस, रत्नराज्य क्याम्पस, तथा समूह ‘डी’ मा आयोजक एपेक्स, सेन्ट जेभियर्स, काठमाडौं विश्वविद्यालय र थेम्स छन् । समूह ‘ए’ मा शिक्षान्तर कलेज, झापाको आस्था कलेज अफ म्यानेजमेन्ट, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, ब्लुबर्ड कलेज, समूह ‘बी’ मा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी, लिभरपुल, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, इस्लिङ्टन कलेज रहेका छन् । प्रत्येक प्लेयर अफ द म्याचले २५ सय बराबरको किट पाउनेछन् । एपेक्सका हेड अफ स्ट्राटेजी सन्देश कटुवालले यसलाई बर्सेनि प्रतियोगिता गरेर विशिष्ट बनाइने दाबी गरे । समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्ने छन् । क्वाटरफाइनलका खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा हुने प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्लेयर अफ द सिरिजले १५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही १० हजारबराबर नगद र क्रिकेट किट पाउनेछन् ।  प्रतियोगिताकी प्रोजेक्ट म्यानेजर अस्मिता पौडेलले आयोजनाका लागि सबै तयारी सकिएको र खेलाडी र सहभागी टिम निकै उत्साहित रहेको बताइन् । हब एजुकेसनका प्रमुख उद्धव बहादुर खड्काले अहिलेको नयाँ पुस्ता क्रिकेटप्रति आकर्षित रहेकाले  प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा जोडिएको सुनाए । वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सञ्जय बस्नेतले प्रदेशले यस प्रतियोगितालाई अर्को वर्षदेखि क्यालेन्डरमा समेट्ने योजना रहेको जनाए । प्रतियोगितालाई होन्डा, आईएमई पे, सस्तो टिकट, याचुलालगायतले प्रायोजन गरेका छन् ।

विधार्थीलाई लक्षित गर्दै बिज युके एडमिशन

बिज एजुकेशनबाट युके अध्यनार्थ जान चाहाने विधार्थीलाई लक्षित गर्दै बिज युके एडमिशन विक आयोजना बिज एजुकेसनले युके अध्यनार्थ जान चाहाने विधार्थीलाई लक्षित गर्दै युके एडमिशन विक आयोजना गरेको छ । गठ्ठाघर स्थित आफनौ कार्यालय परिसरमा आयोजीत उक्त एडमिशन विक मा युकेका प्रसिद्ध कलेज तथा युनिभसीर्टीहरु युनिभसिर्टी अफ चेस्टर, लिडस ब्यकेट युनिभसिर्टी, युनिभसिर्टी फर द क्रियटिभ आर्टस यु सि ए, लण्डन साउथ बैंक युनिभसीर्टी एल एस बि यु, युनिभसिर्टी अफ विलभरहयाम्टनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । युके एडमिसन विकमा युनिभसिर्टीका प्रतिनिधिहरुले विधार्थीहरुलाई युनिभसिर्टीमा उपलब्ध कोर्स, फयासीलिटीज, डकुमेन्टेसन, स्कलरसिप तथा अपलाई प्रोसेस लगाएतका विषयमा परामर्श प्रदान गरिएको थियो । बिज एजुकेशनले पछिल्लो समय युके अध्यनमा नेपाली अभिभावक तथा विधार्थीहरुको रुची बढ्दै गएको र उनिहरुलाई युके अध्यन सम्बन्धी  विभिन्न जिज्ञासा तथा कहुतुहलता समाधान गर्ने हेतुले आयोजना गरिएको युके एडमिशन विक सफल भएकोमा खुसि व्यक्त गर्दै बिज एजुकेशनका कन्ट्रि म्यानेजर केदार प्रसाद्ध भट्राईले समपुर्ण सहभागी युनिभसिर्टी, विधार्थी, अभिभावक तथा बिज फ्यामलि प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो । बिज एजुकेशनले लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्शको सार्थै विभिन्न तयारी कक्षाहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।

अक्सफर्ड इन्टरनेशनल इजुकेशनद्धारा युनिभसिर्टी प्रवद्धन

अक्सफर्ड इन्टरनेशनल इजुकेशनद्धारा युनिभसिर्टी प्रवद्धन गर्ने उद्धेश्यका साथ लन्चिंग इभेन्ट आयोजना एडुनबर्ग न्यापियर युनिभसिर्टी इन्टरनेशनल कलेज र युनिभसिर्टी अफ केन्टको संयुक्त रुपमा प्रवद्धन गर्ने उद्धेश्यका साथ लन्चिंग इभेन्ट आयोजना गरेको छ । लन्चिंग इभेन्टको समुद्धघाटन पानसामा दिप प्रज्वलन गर्दै संयुक्त रुपमा अक्सफर्ड इन्टरनेशनल इजुकेशन ग्रुपका ग्लोबल सेल्स डाइरेक्टर सेरुवुड वान तथा नेपाल श्रीलंका कन्ट्री डाइरेक्टर राजु पौडेलले गर्नु भएको थियो । कार्यक्रममा चार्ली भाइनले एडुनबर्ग न्यापियर युनिभसिर्टी इन्टरनेशनल कलेज र युनिभसिर्टी अफ केन्टको बारेमा उपस्थित एजेन्टहरुलाई ब्रिफिंग गर्नुभएको थियो । ब्रिफिंगमा युनिसिर्टी तथा कलेजमा उपलब्ध करिकुलम, एप्लाई प्रोसेस, स्कलसिप लगाएतका विषयमा जानकारी गराउनु भएको थियो । एडुनबर्ग न्यापियर युनिभसिर्टी इन्टरनेशनल कलेज र युनिभसिर्टी अफ केन्टको लन्चिंग इभेन्टमा अक्सफर्ड इन्टरनेशनल इजुकेसन ग्रुपका साउथ एसिया असोसिएट डाइरेक्टर, मोइद राजाले अक्सफर्ड इन्टरनेशनल इजुकेसन ग्रुपको नेटवर्क युनिभसिर्टीको विषयमा जानकारी गराउदै एडुनबर्ग न्यापियर युनिभसिर्टी इन्टरनेशनल कलेज र युनिभसिर्टी अफ केन्ट समेत आफनो नेटवर्कमा आवद्ध भएकोमा खुसि व्यक्त गर्नु भएको थियो । लन्चिंग इभेन्ट उपस्थित सम्पुर्ण एजेन्टहरुलाई टोकन अफ लब प्रदान गरिएको थियो । नेपाल श्रीलंका कन्ट्री डाइरेक्टर राजु पौडेलले कार्यक्रममा उपस्थित सम्पुर्ण एजेन्टहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

अमेरिका र भारतका लगानीकर्ताको मनमा खेलिरहेका कुराको सोझो असर नेपाली सर्वसाधारणको खल्तीमा पनि परिरहेको छ । सायद यसैलाई अर्थतन्त्रको विश्वव्यापीकरण भन्छन्। बुधवार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५४ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो। तर नेपालमा डलरको भाउ यसरी बढिरहने प्रवृत्ति कता जोडिएको छ भन्ने तपाईँलाई थाहा छ? त्यसको भेउ पाइयो भयो भने बल्ल यो प्रवृत्ति अझै जारी रहला कि मत्थर होला भनेर भन्न सकिन्छ।

अमेरिकी केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले यो साता लिने ठानिएको ब्याजदरसम्बन्धी निर्णयलाई लगानीकर्ताहरूले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन्। केही समययता अमेरिकी अर्थतन्त्र सुधारोन्मुख भइरहेको छ र फेडरल रिजर्भले ब्याज दर बढाइरहेको छ। जुलाई महिनामा उसले गरेको वृद्धिपछि त्यहाँ ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। अझै पनि उसले ब्याज दर बढाउन सक्ने या अहिलेको दरलाई स्थिर राख्न सक्ने कतिपयले ठानिरहेका छन्। यसो हुँदा लगानीकर्ताहरू स्वाभाविक रूपमा डलरतर्फ आकर्षित हुन्छन्। अनि त्यसको भाउ बढ्छ। त्यसो हुँदा भारतबाट लगानीकर्ताहरूले समेत पैसा अमेरिका लैजान सक्छन्। अनि भारुको भाउ घट्छ। भारुको भाउ घट्नु भनेको नेपाली रुपैयाँ स्वत: घट्नु हो। नेपालले आफ्नो मुद्राको विनिमय दर भारुसँग स्थिर राखेको छ। १०० भारु बराबर १६० नेरु। भारु तलमाथि हुँदा त्यसको बुई चढेको नेरु पनि सँगसँगै तलमाथि हुन्छ। यो साता भारुको अवमूल्यन भएकै कारण नेपालमा पनि प्रभाव परेको छ।

पृथ्वीबाहिर जीवन रहेको हुन सक्ने जस्तो रोचक सङ्केत

अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ। उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको हुनसक्ने नासाको अनुमान छ। कम्तीमा पनि पृथ्वीमा डीएमएसको अणु जीवबाट मात्र उत्पन्न हुन्छ। पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको उक्त ग्रहलाई के२-१८बी (K2-18b) नाम दिइएको छ। अन्वेषकहरूले त्यति टाढा रहेको ग्रहमा जीवन रहेको पुष्टि गर्न उक्त अणु रहेको हुनसक्ने भनी प्राप्त सङ्केत “बलियो प्रमाण” भने नभएको बताएका छन्। त्यसका लागि थप तथ्याङ्क र विवरण आवश्यक हुन्छन्। वैज्ञानिकहरूले उक्त ग्रहको वायुमण्डलमा मीथेन र कार्बन डाइअक्साइड रहेको हुनसक्ने सङ्केत पनि पाएका छन्। ती ग्यासको उपस्थितिले उक्त स्थानमा पानीको महासागर रहेको सङ्केत गर्छन्। यसबारे अनुसन्धानको नेतृत्व गर्ने यूनिभर्सिटी अफ केम्ब्रिजका प्राध्यापक निक्कु मधुसुदनले बीबीसी न्यूजलाई आफ्नो टोली अनुसन्धानको परिणाम देखेर ‘छक्क’ परेको बताए। प्रा मधुसुदनले डीएमएस भेटिनुलाई “मोटामोटी” को सङ्ज्ञा दिँदै उक्त पदार्थ त्यहाँ भएको पुष्टि गर्न थप डेटा चाहिने  छन्। थप परिणाम एक वर्षमा आउने वैज्ञानिकहरूको अपेक्षा छ।

“पुष्टि भयो भने यो निकै ठूलो उपलब्धि हुने छ। खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा रहेको एउटा तारालाई परिक्रमा गर्ने कुनै ग्रहमा डीएमएस भएको सम्भावना यसरी पहिलो पटक औँल्याएका हुन्। तर उनीहरू अहिलेको नतिजालाई निकै सावधानीपूर्वक हेरिरहेका छन्। सन् २०२० मा शुक्र ग्रहको बादलमा ‘फोस्फिन’ नामक यौगिक फेला परेको दाबी एक वर्षमै विवादित बनेको थियो। जीवित प्राणीको शरीरमा पनि उक्त यौगिक बन्न सक्छ।

तीजको रौनक

१ असोज, काठमाडौं :  हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

भारतको केरलामा निपा भाइरस

भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएको छ। निपा भारइस सङ्क्रमणका कारण केरला राज्यको कोजिकोडे जिल्लाका दुईजना विरामीको मृत्यु भैसकेको छ। एक जनाको मृत्यु अगस्ट ३० तारिखका दिन भएको थियो  एक जना मृतकका दुई जना नातेदारमा पनि निपा भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ। सन् २०१८ यता केरलामा यो चौथो निपा भाइरस प्रकोप हो।विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने “जुनोटिक बिमारी” हो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ। यो प्रदूषित खानेकुरा वा सङ्क्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ। यो भाइरस सङ्क्रमण भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् तर कसैमा भने सघन श्वास प्रश्वास समस्या देखा पर्छ। गम्भीर अवस्थामा सङ्क्रमण हुँदा ‘फीटल इन्सेफलाइटिस’ हुन्छ जुन मस्तिष्कलाई प्रभावित गर्ने एक गम्भीर स्वास्थ्य अवस्था हो। यो भाइरस सरेका विरामीहरूमा मृत्यु दर उच्च हुन्छ किनभने यो सङ्क्रमणको उपचार गर्न औषधी या खोप उपलब्ध छैन। उपचार गर्ने भनेको लक्षणहरू हेरेर त्यसलाई कम गर्ने उपाय खोज्ने या अन्य हेरचाह गर्ने मात्र हो।

भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले मङ्गलवार सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको  छ। केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले ति मृतक दुई विरामीको सम्पर्कमा आएका १६८ जनाको पहिचान गरेर उनीहरूमा भाइरस सङ्क्रमण भएको छ कि भनेर परीक्षण भइरहेको बताइन्। राज्य सरकारले स्थिति अनुगमन गर्न कोजिकोडेमा ‘कन्ट्रोल रुम’ स्थापना गरेको र स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण ‘प्रोटोकल’ पालना गर्न भनिएको स्वास्थ्य मन्त्रीले बताइन्। केरलाका मुख्य मन्त्री पिनाराई विजयनले भने राज्य सरकारले विरामीको मृत्युको घटनालाई असाध्यै गम्भीर रूपमा लिएको बताए।  उनले मृतकको सम्पर्कमा आएका सबैको भाइरस सङ्क्रमणको अवस्था जाँच्न लागिएको र आत्तिनुपर्ने अवस्था नरहेको बताए।