रिहा भए पल शाह

रिहा भए पल शाह

जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट पल शाह  सफाइ पाएका छन् । सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।

इटलीमा डुङ्गा दुर्घटना हुदा करिब ६० जनाको मृत्यु

इटलीमा आप्रवासीहरू सवार डुङ्गा दुर्घटना हुदा करिब ६० जनाको मृत्यु भएको छ । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ।

उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए।घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए।कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्।

सार्वजनिक भएको एउटा भिडिओको अंशमा टुक्रा टुक्रा भएको काठको भग्नावशेष समुद्री तटसम्म पुगेको देखिन्छ।

काजु खानुका चमत्कारी फाइदा

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानु स्वादका लागि मात्र नभई स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ ।  काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

काजु खानुका फाइदा:

१ काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ । यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ ।

२ काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

३. यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ ।  काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

४ यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ । काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।

५. काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।  काजुको तेलले दुवीको सेतो दाग कम गर्छ ।

६.काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।

७.काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।

८ काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ ।  काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।

नेफ्टाको अध्यक्षमा पुष्कर लामा तथा कोषाध्यक्ष कृष्ण बा . थापा लगाएत निर्वाचित

” Congratulations ” NEFTA :” जस्ले निस्वार्थ भावले “पद र संघ सस्था प्रतीको दायित्व बोधगर्दै,, अहोरात्र खट्न सक्छ ,, त्यसैले सदैव सदस्यहरुको माया पाउने निश्चित हुन्छ,,, !! त्यहि यथार्थ कुरा बोल्दा ,,केही मित्रहरूले आपत्ति जनाउनु भएकोमा माफी चाहे,,,,अन्ततः

 

चलचित्र प्राविधिक संघ(नेफ्टा)को अध्यक्षमा पुष्कर लामा(प्रेम बोम्जन) तेस्रो पटक पुन: निर्वाचित भएका छन् । संस्थाको २० औं वार्षिक साधारण सभाबाट लामा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।  आजका युगका सजग,बुद्धिमानी चलचित्रकर्मीले येथार्थ लाई नै सार्थक   हार्दिक आभार,!!!! सन्दर्भ ,, NEFTA को साधारणसभा बाट पुनः सर्वसम्मत निर्वाचित अध्यक्ष श्री पुष्कर लामा, महासचिव श्री युवराज कार्की तथा कोषाध्यक्ष श्री कृष्ण बहादुर थापा लगायत नव निर्वाचित NEFTA का सवै कार्यसमिति का मित्रहरू लाई हार्दिक बधाई तथा कार्यकाल सफलता को लागि हार्दिक मङ्गलमय शुभकामना –  हट् न्युज एक्सप्रेस प्रा.ली.

विभिन्न किसिमका सागपात खानुका फाइदा

हाम्रो शरीरलाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सी का साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ । हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् ।  नियमित साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ । हरियो साग तरकारीहरु स्वास्थ्यको दृष्टिकोणले बहुउपयोगी मानिन्छ  ।व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यसको लागी हरियो साग नियमित रूपमा खानुपर्छ ।

हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ । एन्टीअ क्सि,डेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पु¥र्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

विभिन्न किसिमका सागपातहरुले  हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, फलाम, पोटासियमजस्ता तत्वहरू प्रदान गर्छ ।

मेथीको साग : मेथीको सागलाई प्राचीनकालदेखि हर्बल जडिबुटिको रुपमा प्रयोग गरिंदै आएको छ । यसको पात तितो भएपनि  विभिन्न रोगहरू निको पार्न सहयोग गर्दछ ।यसमा विभिन्न पौष्टिक पदार्थहरू पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।  एक चिया चम्चा मेथीको गेडामा ३५ ग्राम क्यालोरी साथै अन्य पोषक पदार्थहरू पाइन्छ । यसले पेटसम्बन्धी समस्याको समाधानमा मद्दत गर्दछ । यसले मधुमेह, उच्च रक्तचाप, कब्जियत, बाथ रोगमा निको पार्न सहयोग गर्दछ । मेथी  सौन्दर्यका लागी पनि प्रयोग गर्न सकिन्छ । मेथीले कपाल लामो र चम्किलो पार्दछ ।

पालुङ्गोको साग : पालुङ्गोको सागमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट ,पोटासियम, भिटामिन ए, के र फाइबर पाइन्छ । यसले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, रक्तअल्पताको लागि लाभदायक हुन्छ । पालुङ्गोको सागले आँखा, छाला र कपाललाई स्वस्थ राख्छ ।

रायोको साग  : रायोको साग हामी सबैको भान्छामा पाइने तरकारी हो । रायोको सागमा हाम्रो शरीरलाई अत्यावश्यक खनिज पदार्थ जस्तै फलाम, पोटासियम, क्याल्सियम जिन्क, भिटामिन ए, के, सी प्रशस्त मात्रामा पाइन्छ । रायोको साग नियमित खानाले हड्डी खिइने, रक्त अल्पता, मुटुरोग, प्रोस्टेट क्यान्सर इत्यादि रोगहरूबाट बचाउँछ ।

तोरीको साग : तोरीको सागले खानाले पाचन प्रणाली, मुटु, मस्तिष्कलाई स्वस्थ राख्दछ । यसमा खनिज, फाइबर, भिटामिन के, ए, सी, ई र फोलेट पाइन्छ । एन्टीअक्सिडेन्ट र एन्टीइन्पलामेन्टरी पाइने हुनाले यसले पिसाब थैली, ठुलो आन्द्रा, फोक्सो र डिम्बाशयको क्यान्सर हुनबाट बचाउँछ ।

सिस्नु  : सिस्नु गरिबले खाने तरकारीका रुपमा प्रचलीत थियो । तर हाल यसको बहुउपयोगीताको बारेमा जानकारी पाएपछि सबैले खान थालेका छन् । सिस्नु  रक्तअल्पता, मधुमेह, उच्चरक्तचाप र दमरोगका बिरामीहरुको लागी महत्वपुर्ण र फाइदाजनक तरकारी हो । यसको सेवनले  सुत्केरी आमाको दूधको मात्रा बढाउँछ, घाउ निको गर्छ, कपाल बढाउँछ, रगतमा भएको विष सफा गर्छ, मृगौलाको पत्थरी हुनबाट बचाउँछ ।

चम्सुरको साग : चम्सुरको सागमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । आँखाको ज्योती बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ । चम्सुरको सागले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

कर्कलो : कर्कलोमा प्रशस्त मात्रामा फाइबर, भिटामिन ए, सी, इ र फोलेट पाइन्छ । कर्कलो एन्टिअक्सीडेन्टको स्रोत हो । कर्कलोले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, कोलोस्टेरोल नियन्त्रण गर्छ, आँखा, छाला, गर्भाअवस्थामा भुण्रलाई स्वस्थ राख्छ, रक्तअल्पता कम गर्न सहयोग गर्दछ ।

बेथेको साग: बेथेको सागमा विभिन्न किसिमका पोषक पदार्थहरू जस्तै रेशा, भिटामिन ए, सी र खनिजहरू जस्तै क्याल्सियम, फलाम, पोटासियम, फोस्फोस्रस, म्याग्नेसियम र जिङ्क पाइन्छ । बेथेको सागको प्रयोग गर्नाले कब्जियत, पाइल्स, स्कर्बी, रक्तअल्पता, जुका, मृगौलाको पत्थर, मुखको अल्सर, स्वास गन्हाउने समस्या हटाउन मद्दत गर्दछ । मस्तिष्क र शरीरलाई स्वस्थ राख्छ । रगत सफा गर्छ । यस्तो बहुगुणी बेथेको सागलाई नियमित रुपमा प्रयोग गर्न सके विभिन्न खतरनाक रोगहरूबाट बच्न सकिन्छ ।

बदाम खानुका फाइदाहरू

बदाम खानु  स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ ।बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।  धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ । यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ । बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ ।स्वास्थ्य विज्ञहरुका अनुसार ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरा मधुमेहका रोगीका लागि फाइदाजनक हुन सक्छ।  यसबाहेक यो खानाले शरीरमा तागत पनि बढ्छ । यो भिटामिन ‘ई’ र भिटामिन ‘बी’ को पनि राम्रो स्रोत हो । यस्ता छन् बदाम खानुका फाइदाहरू:-

१. बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या हट्छ । बदाम खानाले  शरीर भित्रको गर्मी कम गर्न पनि सहयोगी हुन्छ, जसले दीर्घकालीन रोगको जोखिमलाई कम गर्न सक्छ।

२. बदाम खानाले शरीरमा तागत आउँछ । यसको अलावा यसले पाचन क्रियालाई सन्तुलित गर्न मद्दत गर्छ ।बदाममा फाइबरको मात्रा उच्च    हुन्छ।

३. गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ । यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ ।

४. बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ ।

५. बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ ।बदाममा स्वस्थ फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्ट, तामा र अन्य आवश्यक पोषक तत्व पाइन्छ जसले नसालाई स्वस्थ राख्न मद्दत गर्छ। यसले गर्दा मुटुमा पर्ने तनाव कम हुन्छ। त्यसैले मुटुरोगको जोखिम कम गर्न              बदाम खानु फाइदाजनक हुन्छ।

६. बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन ।

७. यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हाड बलियो बन्छ ।

८. यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

चक्रपथ विस्तारको काम अघि बढाउन सबै निकाय निरीक्षणमा

चक्रपथको दोस्रो खण्ड कलंकी–धोबीखोला (चाबहिल) सडक विस्तारको काम अघि बढाउने पहलस्वरूप उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेपाल र चीनका अधिकारीले संयुक्त रुपमा एकजुट भएर निरीक्षण गरेका छन्  ।

चक्रपथ विस्तारको काम अघि बढाउन निरीक्षणमा नेपालका लागि चिनियाँ राजदूत छन् सङ, काठमाडौं महानगर मेयर बालेन शाह, मन्त्रालयका सचिव केशबकुमार शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको टोलीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।

चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको उक्त खण्डमा सडक चार वर्षदेखि साइट क्लियर नहुँदा चक्रपथको दोस्रो खण्ड कलंकी-धोबीखोला सडक विस्तारको काम अघि बढ्न सकेको थिएन।।मुख्यगरी महाराजगन्जको २ सय ४४ मिटर खण्डमा समस्या रहेको सडक बिभागले जनाएको छ । चीनका अधिकारीहरुले पनि साइट क्लियर शतप्रतिशत हुनुपर्ने अडान राखेका थिए। तर यस निरीक्षणले चक्रपथ दोस्रो खण्ड विस्तारको काम अगाडि बढ्ने अपेक्षा गरिएको मन्त्रीले बताएका छन्।

यो खण्ड विस्तार गर्न विद्युत प्राधिकरण, मेलम्ची आयोजनाको पाइपलाइन, ढल निर्माण लगायत स्थानियको समेत केही समस्या अझै बाँकी रहेको छ। नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोलाको पुलसम्मको ११.६ किलोमिटर सडक नै विस्तार गर्न आग्रह गरिरहेको छ ।

आज सुनको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

अन्तराष्ट्रिय बजारमा बुधबार सुनको मूल्यमा थोरै गिरावट आएको छ। सुन प्रतिऔंस १८२४.९३ डलरमा कारोबार भइरहेको छ।चाँदी प्रतिऔंस २१.६५ डलर छ। बुधबार सुन प्रतिऔंस १८३५.६२ डलर र चाँदी प्रतिऔंस २१.८१ डलर थियो।

प्रचण्डलाई भेट्न बालुवाटारमा देउवा

१० फागुन, काठमाडौं : २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।  १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् । देउवाले बालुवाटार जानुअघि आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए । कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।

दूधको भाउ बढाउन सिफारिस

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दूधको न्यूनतम मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सिफारिस गरिएको छ।राष्ट्रिय दुग्ध विकास नीति अनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्ने व्यवस्था गरेको छ।

एउटा सरकारी निकायले दूधको भाउ बढाउने सिफारिस गरेपछि त्यसबाट “फाइदा पुग्ने” भनिएका कृषक र “मूल्य वृद्धिको मारमा पर्ने” ठानिएका उपभोक्ता दुवैले उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।उपभोक्ताले “बिरामी, वृद्धवृद्धा र बालबालिकाको अत्यावश्यक पौष्टिक तत्त्व” उपलब्ध हुने दूध “अचाक्ली महँगो बनाउन लागिएको” भन्दै आलोचना गरेका छन्।राष्ट्रिय दुग्ध विकास बोर्डले “आफैँले तय गरेको नीति विपरीत दूधको मूल्य बढाउने सिफारिस गरेको” भन्दै आलोचना भइरहेका बेला उपभोक्ता र कृषकले समेत असन्तुष्टि व्यक्त गरेका हुन्।अर्कातर्फ किसानहरू चाहिँ “अहिले गरिएको सिफारिसले पनि लागत नउठ्ने” भन्दै त्यसप्रति असन्तुष्ट देखिएका छन्।

बोर्डले भने कृषक, डेरी उद्योगी र उपभोक्ता अधिकारकर्मीसमेतको छलफलपछि दूधको मूल्य बढाउने सिफारिस गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।