दोस्रो बजारमा कम्पनी बढ्दाको लाभ नेप्सेलाई

दोस्रो बजारमा कम्पनी बढ्दाको लाभ नेप्सेलाई

काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार हुने कम्पनीको संख्या बढ्दा त्यसको लाभ नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पुगेको छ। नेप्सेले सूचीकरण तथा नवीकरण शुल्कबापत पछिल्लो ७ वर्षमा करिब ६२ करोड रुपैयाँ उठाएको छ।

नेप्सेमा सूचीकृत कम्पनी २४० वटा नेप्सेमा अहिले २४० वटा कम्पनी सूचीकृत छन्। पराजुलीका अनुसार  ती सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक हुन्। यस्तै उत्पादन तथा प्रशोधन र लगानी क्षेत्रका ७/७, होटल एण्ड टुरिज्म क्षेत्रका ६, अन्य क्षेत्रका ३, जलविद्युत क्षेत्रका ८७, बजार क्षेत्रका २, निर्जीवन बीमा क्षेत्रका १२ तथा जीवन बिमा क्षेत्रका ११ कम्पनी नेप्सेमा सूचीकृत छन्।  यसैगरी १६ वटा विकास बैंक, १५  वटा फाइनान्स र ५५ वटा माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन्। आर्थिक वर्ष २०७५/०७६ सम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या १९६ थियो।

नेप्सेले आर्थिक वर्ष २०७३/०७४ देखि २०७९/८० सम्म सूचीकरण तथा नवीकरण शुल्कबापत ६१ करोड ८९ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो। नेप्सेले आर्थिक वर्ष २०७३/०७४ मा सूचीकरण तथा नवीकरण शीर्षकमा ७ करोड ३४ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको थियो। नेप्सेले उक्त रकम बोनस सेयर, ऋणपत्र, आईपीओ, म्युचुअल फन्ड, हकप्रद सेयर तथा सूचीकृत भएका कम्पनीको नवीकरणबापत आर्जन गरेको हो। यस्तै २०७४/०७५ मा सूचीकरण तथा नवीकरण शुल्कबापत ७ करोड ७५ लाख ३१ हजार रुपैयाँ संकलन गरेको तथ्यांक छ।   आर्थिक वर्ष २०७५/०७६ मा नेप्सेको यो आम्दानी घट्यो। त्यो वर्ष उसले ६ करोड ९२ लाख २७ हजार रुपैयाँ संकलन गरेको थियो। २०७६/०७७ मा नेप्सेले ७ करोड ४४ लाख ५ हजार रुपैयाँ संकलन गरेकामा त्यसयताका वर्ष भने उसको आम्दानी बढेको छ। बजारमा आईपीओ, हकप्रद सेयर  र एफपीओको आपूर्ति बढ्दा त्यसबापत नेप्सेको कमाइ पनि बढ्न पुगेको हो। नेप्सेले सूचीकरण तथा नवीकरण शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ९७ लाख ८९ हजार, २०७८/०७९ मा ९ करोड ९९ लाख ७९ हजार र २०७९/०८० मा १२ करोड ६४ लाख ३७ हजार रुपैयाँ उठाएको तथ्यांक छ। ‘सेयर बजारमा पछिल्लो केही वर्षयता धेरै कम्पनी थपिएका छन्। त्यसैले सूचीकरण तथा नवीकरण शुल्कबाट हुने नेप्सेको आम्दानी बढेको हो,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने, ‘त्यसका साथै भएकै कम्पनीले हकप्रद सेयर, बोनस सेयर, एफपीओ तथा ऋणपत्र निष्कासन गर्नु जस्ता कारणले पनि आम्दानी बढेको देखिन्छ।’

हातैले ढल सफा गर्ने क्रममा निसास्सिएर मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा रहेको एउटा अँध्यारो छाप्रोमा अञ्जना आफ्नो सानो छोरालाई हातमा लिइरहेकी थिइन्। आफ्नो छोराको नाम उनका बुवाको नामबाट राखिएको भन्दा उनका आँखा आँसुले डम्म भरिए। अञ्जनाका पति उमेश बामनियाको छोरा जन्मिनुभन्दा १० दिनअघि ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो। त्यो कामबाट उनले दुई हजार भारतीय रुपैयाँ कमाउँथे। उनको शव गुजरातस्थित थराद नगरमा ढलभित्र भेटिएको थियो। उनी जम्मा २३ वर्षका थिए। दैनिक रोजीरोटी कमाउने उमेशको मृत्युले अञ्जना विक्षिप्त बनिन्। “मैले आफ्नो बच्चालाई कसरी हुर्काउने अनि पढाउने?” उनी प्रश्न गर्छिन्। गुजरातबाट सयौँ कोष टाढा पर्ने भारतको दक्षिणी राज्य तमिल नाडुमा अन्नाम्मा अञ्जनाकै जस्तो अवस्थामा छिन्। उनका ४० वर्षीय पति मोसेसको चेन्नाइस्थित एउटा कारखानाको नालीमा निसास्सिएर गत सेप्टेम्बरमा ज्यान गएको थियो।

उनको मृत्युसम्म अन्नाम्मालाई आफ्नो पति नाली सफा गर्ने काम गर्छन् भन्ने थाहा थिएन। “उहाँले हामीलाई चमेना गृहमा काम गर्छु भन्नुभएको थियो र कहिलेकाहीँ दैनिक ज्यालादारीको रूपमा पनि काम गर्नुपर्छ भन्नुभएको थियो,” उनले भनिन्। अन्नाम्माका दुई छोरी छन् र उनी अझै पनि पतिको मृत्युले मर्माहत छिन्। “कसरी बाँच्ने वा पैसाको कुरा छोड्नुस्, मैले आफ्ना छोरीलाई उनीहरूका बुवा सेप्टिक ट्याङ्क सफा गर्दा बित्नुभो भनेर कसरी भन्ने?” उमेश र मोसेस तथाकथित तल्लो जातका हजारौँ सरसफाइ कर्मचारीमध्येका हुन् जो नाली, सेप्टिक ट्याङ्क, शौचालय र ढलहरू हातैले सफा गर्छन्। उनीहरूलाई आम रूपमा हातैले नाली सफा गर्ने मानिस (म्यानुअल स्काभेन्जर्स) भनेर चिनिन्छ तर विज्ञहरू भने त्यो शब्दको कानुनी परिभाषामा रेलवेको ट्र्याक र अव्यवस्थित शौचालयजस्ता ठाउँहरूमा सरसफाइ र मानव फोहोर व्यवस्थापन गर्ने मानिसहरू मात्र बताउँछन्। भारतमा म्यानुअल स्काभेन्जिङको काममाथि प्रतिबन्ध लगाइएको छ। तर जातको कडा नियमका कारण र रोजीरोटीको विकल्प नभएका कारण यस्तो काम अझै पनि धेरै मानिसले गर्छन्। ती मानिसलाई स्थानीय सङ्घसंस्था र ठेकेदारहरूले प्लास्टिक र हिलोका कारण बन्द भएका नाली र ढलहरू सफा गर्न लगाउँछन्।

नेपालमा नरभक्षी बाघको सङ्ख्या बढ्दै

पर्सा राष्ट्रिय निकुञ्जमा १२ वर्षमा बाघको सङ्ख्या तीनबाट ४१ पुगेको छ । मानव बस्तीमा हिंसक आतङ्क मच्चाउँदै आएका दुईवटा बाघलाई हाल पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएको छ।उक्त निकुञ्जको खोरमा यसअघि नै त्यस्ता तीनवटा बाघ राखिएका थिए। निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार २०७९ सालको चैतमा पर्साको ठोरी गाउँपालिकाबाट उद्धार गरी ल्याइएको बाघ र २०८० सालको असारमा चितवनमा २३ गते उद्धार गरी ल्याइएका हुन्।  भदौको तेस्रो साता ठोरी गाउँपालिकाकै सुवर्णपुरबाट नै ल्याइएकी नरभक्षी बघिनीको खोरमै मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ।

“मानव बस्तीमा यस्ता नरभक्षी बाघ छिरेपछि मानिसलाई जोगाउन ती घाइते भएको अवस्थामा ल्याइएका हुन्,” संरक्षण अधिकृत भगत भन्छन्। “जसले गर्दा सबैखाले उपचार समेत सम्भव नभएको तथा खोर अभावका कारण दुईवटा बाघ राख्न सक्ने खोरमा तीनवटा बाघ राख्नुपरेकोले सरसफाइ समेत गर्न समस्या सिर्जना भएको थियो।” पर्सा

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेका नरभक्षी बाघहरूमध्ये एउटालाई दैनिक पाँच किलो राँगाको मासु खान दिनुपर्ने निकुञ्जका अधिकारीहरू बताउँछन्। एउटा बाघको आहारामा मात्र दैनिक झन्डै छ हजार रुपैयाँ खर्च हुने गरेको र खोरमा राखिएका बाघ स्याहारमा समेत अतिरिक्त कर्मचारी चाहिने भएकाले उक्त काम चुनौतीपूर्ण रहेको भगत बताउँछन्।  यस्तो परिस्थिति यस निकुञ्जमा बाघको बढ्दो सङ्ख्यासँगै बढिरहेको संरक्षणकर्मीहरू बताउँछन्। बाह्र वर्ष अघिसम्म पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा मात्र बाघ थिए।  सार्वजनिक बाघ गणनाको पछिल्लो नतिजाअनुसार निकुञ्जमा ४१ वयस्क बाघ रहेका छन्। संरक्षणका पछिल्ला प्रयासको कारण बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकारीहरू बताउँछन्। हाल नेपालमा ३ सय ५५ वटा जङ्गली बाघ रहेकोमा तीमध्ये १८ वटा बाघ विभिन्न निकुञ्जका खोरमा राखिएका छन्।

साँचोको एउटा कथा

एक वटुवा रुखमुनि आरामसँग बसिरहेको थियो। त्यहाँ उसले एउटा साँचो(चाबी) फेला पार्यो । उसले त्यो साँचोलाई त्यही रुखमा झुण्ड्याएर हिंड्यो ताकि जसको हो उसले आएर लैजान सकोस् । केही बर्षपछि सोही बाटो भएर फर्किदा रुखको हालत यस्तो थियो कि चाबीदेवता भन्दै हजारौं मान्छे पुजा गर्नमा तल्लिन थिए । परम्परा र अन्धविश्वासहरू कहिलेकाहीँ यसरी नै जन्मिन्छन् । किनभने एउटा पुस्ताको अन्धविश्वास, दोस्रो पुस्ताको परम्परा र तेस्रो पुस्ताको धर्म बन्न पुग्दछ ।
सामाजिक सन्जाल बाट

आज बडादशैं टीका र जमरा लगाइँदै – ११ः०२ बजेको साइत उत्तम

७ कात्तिक, काठमाडौं : नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।  आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

गाजाको अस्पतालमा विस्फोटनमा परेर सयौँ मानिसको मृत्यु

गाजा सिटीस्थित एउटा व्यस्त अस्पतालमा विस्फोट भएको छ। विस्फोटनमा परेर सयौँ व्यक्तिको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।इजरेली सेनाले त्यो प्यालेस्टिनी ‘इस्लामिक जिहाद’ समूहको असफल रकेट प्रक्षेपणको नतिजा भएको बताएको छ।एक डाक्टरले अल-अहली अरब अस्पतालमा “नरसंहार” भएको भन्दै निन्दा गरेका छन् भने अर्का चिकित्सकले उक्त विनाशकारी दृश्यको वर्णन गरेका छन्।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेली लडाकु विमानहरूले गाजामा बमबारी गरिरहेका छन्। हमासको आक्रमणमा परेर इजरेलमा १,३०० भन्दा बढीको मृत्यु भएको थियो।

नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

काठमाडौँ, २८ असोज ः काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । २०७६ माघ १२ गते सम्झौता भई २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण भएको थियो । टोखा न. पा. का प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्रोत साधनका अभावका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न कठिन भएको जनकारी दिनु भयो ।

बडा दशैंको पहिलो दिन, आज घटस्थापना

हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं  आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा  जमरा राख्ने गरिन्छ ।नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थhलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमा जौं रोपिन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकालशक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

विजयादशमीका दिन यसलाई रातो टीकाका साथमा समृद्धिको प्रतीक मानेर पहेंलो जमरा लगाइने गरिन्छ । जौंको जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन जमरा लगाइने गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

 

Vianet Celebrates 24 Years of Digital Excellence

Kathmandu, Nepal – October 12, 2023 , Vianet Communication, Nepal’s leading internet and IPTV service provider, is proud to mark 24 years of delivering reliable and affordable digital services to its valued customers. Since its inception in 1999, Vianet has been dedicated to improving the lives of its consumers by providing cutting-edge broadband internet and IPTV services. To celebrate this occasion, the company is pleased to announce a special anniversary offer: a 3-month subscription to 125 Mbps internet for just Rs. 2424 plus Vat for a limited time. New customers of this package also get significant discount on installation charges. On top of this as part of Vianet’s festive offer all 3 months and above subscribers of Vianet Internet will also get up to 50% off on Ultima Wireless Earbuds and Himstar appliances.

But there is more! – in gratitude to loyal customers, Vianet has upgraded its existing customer’s internet for free! Yearly subscribers, get ready for a speed boost: 200 Mbps will soar to 250 Mbps, 300 Mbps to an incredible 400 Mbps, and more.

Vianet has a history of pioneering innovative technology. In 2011, we introduced Fiber Optics (FTTH) for the first time in Nepal, catapulting the nation into a high-speed digital era. In 2016, Vianet revolutionized TV viewing in Nepal with the introduction of IPTV services.

Our commitment to providing quality services to more clients has resulted in the launch of ViaTV, which offers 175+ TV channels at a low cost. And we’re grateful to have recently launched Nepal’s first multi-gig Internet connection, the 2Gbps XGS-Extreme package, which is built on cutting-edge XGS fiber technology. Vianet Communications is redefining internet connectivity in Nepal.

As we celebrate 24 incredible years, we extend our heartfelt thanks to our dedicated employees, our loyal customers, and all our stakeholders for making this journey remarkable. Looking ahead, Vianet Communications is committed to enhancing and expanding our offerings to meet the evolving demands of internet, TV, and digital services for both personal and business needs in the future.

इजरेलबाट नेपालीको उद्धार गर्न आजै नेपालबाट विमान पठाइने

लेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरेलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउन तथा त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि “सकभर आजै नेपालबाट विमान पठाइने” परराष्ट्रमन्त्रीले बताएको छ।

बुधवार बिहान बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्।

“नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि पहल गरिरहेको छ। उडान अनुमति पाउनेबित्तिकै हामी सकभर आजै विमान त्यसतर्फ पठाउँछौँ,” उनले भने।

शनिवार हमासले गरेको आक्रमणमा गाजानजिकै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। हराइरहेका भनिएका विद्यार्थी विपीन जोशीको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। हमास र इजरेलबीच लडाइँ भइरहेको क्षेत्रबाट सुरक्षित स्थानमा लगिएका नेपालीहरूले भने उद्धार कहिले हुन्छ भन्ने निश्चित नहुँदा आफूहरू “थप अन्योलमा परेको” बताएको छ।

इजरेलमा निधन भएका १० जना नेपालीको शव नेपाल ल्याउनका लागि इजरेल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउनेगरी कार्यप्रक्रिया सुरु भइसकेको छ,” वक्तव्यमा भनिएको छ। मङ्गलवार अपराह्ण परराष्ट्रमन्त्री साउदले इजरेली समकक्षीसँग टेलिफोन कुराकानीसमेत गरेको बताएको छ। इजरेली परराष्ट्रमन्त्री एली कोहेनले नेपालीहरूको शव फर्काउन र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।