शेयर बजार भित्रै लुकेको बजार

शेयर खरिद बिक्री गर्ने दोस्रो बजारको बारेमा सबैलाई थाह छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सञ्चालन गर्ने दोस्रो बजार(सेकेण्डरी मार्केट)नै शेयर खरिद बिक्री गर्ने दोस्रो बजार हो। जुन बजारमा प्राथमिक बजारबाट किनेको शेयर बिक्री गर्न सकिन्छ। बिक्री मात्रै होइन, किन्न पनि पाइन्छ।  अन्तर्राष्ट्रिय बजारमा सञ्चालन हुने जस्तो अक्सन बजार नेपालमा भने सञ्चालनमा आएको छैन। तर शेयरधनीले नकिनेको शेयर बिक्री गर्न नेपालमा बेला बेलामा अक्सन बजार लगाइने गरिएको छ।  समग्र दोस्रो बजार घटेको भए त्यही अनुसारको मूल्य तय हुने र बढेको भए त्यही अनुसारको मूल्य तय हुने गरेको देखिन्छ। खासगरि अक्सनको समयमा दोस्रो बजारमा तय भएको कम्पनीको मूल्यलाई नै आधार बनाएर शेयर कबोल गर्ने गरेको देखिन्छ।

बोलकबोलमा लगानीकर्ताले  बजार मूल्य भन्दा कम मूल्यमा के कति शेयर पाए भनेर मेरो लगानीले २०७६ पुस देखि बोलकबोलमा आएका कम्पनीको ‘कटअफ प्राइस’हेरेको छ।  लामो समयदेखि यसरी अक्सन मार्फत शेयर बिक्री गर्ने गरिएको भए पनि यसमा आवेदन दिने लगानीकर्ता भने निकै न्यून हुने गरेका छन्। दोस्रो बजारमा नियमित कारोबार गर्नेहरूले समेत यसमा खासै रुचि राखेको पाइँदैन। दोस्रो बजारमा निक्कै माथिल्लो रहेको मूल्य भन्दा अक्सनमा निक्कै सस्तो मूल्यमा पाउने सम्भावना हुने गर्छ। जस्तै २०७४ भदौ २४ मा एभरेस्ट बैंकको शेयर अक्सनमा आएको थियो। अक्सन समाप्त भएको दिन कम्पनीको शेयर मूल्य १२७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। तर उक्त अक्सन २०७४ असोज दुई गते खुल्ला गर्दा न्यूनतम् १०८ रुपैयाँ कबोल गर्ने लगानीकर्ताले समेत शेयर हात पारेका थिए। जुन बोलकबोलले बजार मूल्य भन्दा कम मूल्यमा पाइएको इतिहास रच्यो। त्यस यता त्यतिको फरक मूल्यमा शेयर पाइएको छैन्।

जसमा लगानीकर्ताले पछिल्लो चार वर्षमा बजार मूल्य भन्दा न्युनतम् २.४७ प्रतिशतदेखि ५७.४६ प्रतिशतसम्म कम मूल्य हाल्नेले बोलकबोलमा शेयर पाएको देखिन्छ। औसतमा बजार मूल्य भन्दा १५ प्रतिशतसम्म कम मूल्य हाल्नेले शेयर पाउने सम्भावना धेरै देखिएको छ।

Spread the love