पारस खड्काको राजनीतिमा पाइला

पारस खड्काको राजनीतिमा पाइला

नेपाली क्रिकेटमा दशक लामो एकछत्र राज गरेका पारसले आफ्नो जगमगाउँदो खेलाडी करिअर त्यागे। ठ्याक्कै दुई वर्ष अगाडि पारस खड्काले सन्न्यासको घोषणा गर्दा क्रिकेट जगत् चकित बन्न पुगेको थियो। अझै खेल्न सक्थे वा उनको आवश्यकता अझै मैदान भित्रै भएको धेरैको ठम्याइ थियो। खेलाडी जीवनमा कैयौँले नरमाइलो मानेको समाप्ति भने उनको क्रिकेट राजनीतिक जीवनको सुरुआत थियो। मङ्गलवार काठमाण्डू जिल्ला क्रिकेट सङ्घको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुँदै उनले आफ्नो राजनीतिक यात्राको आधिकारिक सुरुआत गरेका छन्।

खड्का नेपाल क्रिकेट सङ्घको आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा जुनसुकै पदमा लड्न पाउने बनेका छन्। एउटा कप्तानका रूपमा पारसको छवि खेलाडी र क्रिकेटको हकहितमा आवाज उठाइरहने ‘विद्रोही’ सिपाही जस्तै मानिन्थ्यो। त्यसका लागि खेलाडीको जर्सी लगाएरै उनको नेतृत्वले निरन्तर बलियोसँग आवाज उठाएको हो। सार्वजनिक मञ्चहरूमा सशक्तरूपमा बोल्न पारस कहिले पनि डराएको देखिएन।  खेलाडीका रूपमा जति आवाज उठाए पनि तात्त्विकरूपमा व्यवस्थापनमा परिवर्तन गर्न सकेको महसुस पारसले गर्न सकेनन्। राजनीतिमा होमिन खेल जीवन चटक्कै छोडेको उनको राजनीतिमा प्रवेशले पुष्टि गरेको छ। खेलाडीले क्यान पदाधिकारीको रूपमा प्रवेश गर्न कम्तीमा २ वर्ष अगाडि खेल्न छोडेको हुनुपर्ने नेपाल क्रिकेट सङ्घको नियम पूरा गर्न हिसाब किताब मिलाएर सन्न्यास लिने निर्णय लिएका हुन्।

न्हू जः (शुभजन्माेत्सव) – प्रकाश डंगोल

निर्दलिय पञ्चहरुका बिरुद्ध जनजनमा राजनैतिक चेतना अभिबृध्दि गर्न नयाँ प्रकाश पुञ्चहरुकाे समिकरण गरि जब तिम्राे जन्म भयाे, तिमीलाई जन्म दिन युवक समूहले कठाेर प्रश्रव तपस्या समेत गर्नु पर्याे ।

प्रशासनले तिम्राे नाममा जब अंकुश लगाए, तब आफ्नाे भाषा शब्द ईतर नेपाली भाषामा नयाँ किरण समूह राख्नु पर्दाकाे आफ्नाे भाषा प्रति राज्यले गरेकाे बिभेदकाे पिडाबाेध बेग्लै थियाे । जनतालाई राज्य ब्यवस्थाका सन्दर्भमा पुस्तकसंग
एकाकार गर्नु कम्ता चुनाैति थिएन ।

समाजलाई सांस्कृतिक क्रान्ति मार्फत मुलधारमा ल्याउन संस्कृति, संस्कार र समाजमा खेलेकाे भूमिकाले आज पनि जनजनमा मनमनमा न्हु ज: प्रज्ज्वलित रहेकाे छ । २०४६ काे आन्दाेलनका लागि जनतालाई संगठित रुपमा सशक्तिकरणकाे भूमिका कम थिएन ।

नेपाल संवतकाे प्रचलन, बिस्केट जात्रामा सिन्दुर जात्राकाे चलन, पुस्तकालयकाे स्थापना, विभिन्न बाजागाजामा प्रशिक्षण सहितकाे नेतृत्वगामी भूमिका , संचालन, परिचालन । नवीन साेच, दिशानिर्देश सहित रचनात्मक तथा बाैध्दिक बहस पैरवीबाट सुसज्जित समाजकाे पुनर्निर्माण कार्य कम्ता थियाे कठिन ।

बिबिध खेलकुद, सांस्कृतिक कार्यक्रम, नाट्य मञ्चन, सामाजिक जनजागरणयुक्त कला, साहित्य श्रृजना र मन्थन,
ती बिगतका अदम्य, शाेभा शाहस, आँट, हाैसल्ला र जाेश कता थुनिएका छन् । म साेधिखाेजी गर्दैछु त्याे प्रकाश पुञ्ज, जसकाे एक झिल्काे किरणले समग्रतामा राेशन पैदा गर्दछ । त्याे शक्ति, जसकाे एक हिम्मत र अठाेटले समग्र समाजमा बदलाप ल्याउन सक्छ ।
यक्ष प्रश्नका बिचमा ४० बर्ष लागेकाे न्हूज: खल, पुस्तकालयकाे अग्रगामी बिकास समृद्धिकाे हार्दिक शुभकामना ।

रुसको पेट्रोल पम्पमा विस्फोट हुँदा ३५ को मृत्यु

रुसको पेट्रोल पम्पमा विस्फोट हुँदा ३५ को मृत्यु भएको थियो। मृत्यु हुनेमा हुनेमा केही बालबालिका समेत रहेका छन्। क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो।   रातिको ९:४० बजे फैलन सुरु भएको आगो नियन्त्रणमा लिन सयौँ अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

शेयर बजार भित्रै लुकेको बजार

शेयर खरिद बिक्री गर्ने दोस्रो बजारको बारेमा सबैलाई थाह छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सञ्चालन गर्ने दोस्रो बजार(सेकेण्डरी मार्केट)नै शेयर खरिद बिक्री गर्ने दोस्रो बजार हो। जुन बजारमा प्राथमिक बजारबाट किनेको शेयर बिक्री गर्न सकिन्छ। बिक्री मात्रै होइन, किन्न पनि पाइन्छ।  अन्तर्राष्ट्रिय बजारमा सञ्चालन हुने जस्तो अक्सन बजार नेपालमा भने सञ्चालनमा आएको छैन। तर शेयरधनीले नकिनेको शेयर बिक्री गर्न नेपालमा बेला बेलामा अक्सन बजार लगाइने गरिएको छ।  समग्र दोस्रो बजार घटेको भए त्यही अनुसारको मूल्य तय हुने र बढेको भए त्यही अनुसारको मूल्य तय हुने गरेको देखिन्छ। खासगरि अक्सनको समयमा दोस्रो बजारमा तय भएको कम्पनीको मूल्यलाई नै आधार बनाएर शेयर कबोल गर्ने गरेको देखिन्छ।

बोलकबोलमा लगानीकर्ताले  बजार मूल्य भन्दा कम मूल्यमा के कति शेयर पाए भनेर मेरो लगानीले २०७६ पुस देखि बोलकबोलमा आएका कम्पनीको ‘कटअफ प्राइस’हेरेको छ।  लामो समयदेखि यसरी अक्सन मार्फत शेयर बिक्री गर्ने गरिएको भए पनि यसमा आवेदन दिने लगानीकर्ता भने निकै न्यून हुने गरेका छन्। दोस्रो बजारमा नियमित कारोबार गर्नेहरूले समेत यसमा खासै रुचि राखेको पाइँदैन। दोस्रो बजारमा निक्कै माथिल्लो रहेको मूल्य भन्दा अक्सनमा निक्कै सस्तो मूल्यमा पाउने सम्भावना हुने गर्छ। जस्तै २०७४ भदौ २४ मा एभरेस्ट बैंकको शेयर अक्सनमा आएको थियो। अक्सन समाप्त भएको दिन कम्पनीको शेयर मूल्य १२७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। तर उक्त अक्सन २०७४ असोज दुई गते खुल्ला गर्दा न्यूनतम् १०८ रुपैयाँ कबोल गर्ने लगानीकर्ताले समेत शेयर हात पारेका थिए। जुन बोलकबोलले बजार मूल्य भन्दा कम मूल्यमा पाइएको इतिहास रच्यो। त्यस यता त्यतिको फरक मूल्यमा शेयर पाइएको छैन्।

जसमा लगानीकर्ताले पछिल्लो चार वर्षमा बजार मूल्य भन्दा न्युनतम् २.४७ प्रतिशतदेखि ५७.४६ प्रतिशतसम्म कम मूल्य हाल्नेले बोलकबोलमा शेयर पाएको देखिन्छ। औसतमा बजार मूल्य भन्दा १५ प्रतिशतसम्म कम मूल्य हाल्नेले शेयर पाउने सम्भावना धेरै देखिएको छ।

The return of a pop music masterpiec : Taylor Swift’s 1989

In 2019, music executive Scooter Braun acquired Swift’s previous record label Big Machine, taking ownership of her back catalogue before selling the Master tapes to an investment fund for a reported $300m. Embroiled for several years in a subsequent dispute, Swift decided to take back control by embarking on the project to re-record her entire back catalogue. Having worked through 2008’s Fearless and 2010’s Speak Now, and with the release in 2022 of 2012’s Red, her fans are revisiting this integral moment of Taylor Swift’s career – which saw the emergence of her “pop era”, and the reinvention of herself.

In a controversial move, Swift had chosen to step away from her country roots towards a more “alt-pop” direction on 2012’s Red. She brought in Swedish pop mega-producer Max Martin as collaborator, and singles I Knew You Were Trouble and We Are Never Ever Getting Back Together combined her traditional guitar sound with a more diverse set of influences, from EDM to dubstep. When the album was released, she faced a Dylan-esque backlash from her core, US country fanbase, but the move also found her an entirely new audience, in scores of pop music fans around the world.

उपराष्ट्रपति यादव आज चीन भ्रमण

काठमाडौं : उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै छन्। उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’मा सहभागी हुन आज सवा ४ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो  विदेश भ्रमण हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला त्यसअघि नै उपराष्ट्रपति चीन जान लागेका हुन्। साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलामा यादव सहभागी हुनेछन्। चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा जाँदैछन्।

सप्तकोसीमा पानीको बहाब बढ्यो- ब्यारेजका सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ।  सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। पुर्वी पहाडि जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो। सोमबार बिहान पानीको बहाब प्रतिसेकेन्ड ४ लाख ३९ हजार क्युसेकमा झरेको ले  सप्तकोसीमा पानीको बहाब प्रतिसेकेन्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ।   आइतबार राति पानीको बहाब प्रति सेकेन्ड ४ लाख ४२ हजार क्युसेक पुगेको थियो। भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।

नेपालभर वर्षा, हवाई उडानदेखि सडक मार्गसम्म अवरुद्ध

केही दिनदेखि भइरहेको भारी वर्षा देशको मध्य भागमा कम हुँदै सुदूरपश्चिम र कर्णालीतर्फ अघि बढेको मौसमविद्ले बताएका छन्। खराब मौसमका कारण आन्तरिक र बाह्य उडानहरू प्रभावित हुनुका साथै केही राजमार्गहरू पनि अवरुद्ध भएका छन्। प्रहरीका अनुसार आँपचौरमा खसेको पहिरोका कारण हेटौँडा हुँदै काठमाण्डू प्रवेश गर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। अधिकारीहरूले बाढी र पहिरोको जोखिम भएका स्थानमा सडकमार्ग भएर यात्रा गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

संसारको सबैभन्दा उचाइमा फल्ने नेपाली धान

वैज्ञानिकहरूले नेपालको एउटा रैथाने जुम्ली मार्सी धानलाई रोगबाट जोगाउनका लागि त्यसको बीमा आनुवंशिक चरित्र परिवर्तन गरिएको र नयाँ विकसित रोगप्रतिरोधी क्षमताका बीउ प्रयोग गरी खेतीपाती गर्दा सफलता हात लागिरहेको बताएका छन्। सन् २००५ को आसपासबाट ब्लास्टको प्रकोपका कारण विशेषगरी जुम्ला र हुम्लाका उच्च हिमाली भूगोलमा गरिने जुम्ली मार्सी धानको उत्पादन २५ प्रतिशतभन्दा बढीले घटेको थियो।

जुम्लामा कुल धानखेतको आधा अर्थात् १,४०० हेक्टरमा मार्सी धान लगाइने गरेको छ र यसलाई त्यहाँको एउटा प्रमुख नगदे बालीका रूपमा लिने गरिन्छ।  ब्लास्टको प्रकोपले त्यसमध्ये २६ प्रतिशत बाली नष्ट गरिदिएको र त्यसले किसानहरूलाई क्षति पुर्‍याएको ठानेर सन् २००५ बाट नै नेपाल कृषि अनुसन्धान परिषद्ले समाधानको उपाय खोज्न थालेको थियो। त्यसक्रममा नेपालभरि पाइने धानका जातहरू परीक्षण गर्दा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (ईरी) विकास गरेको र हिमाली क्षेत्रमा खेती गर्न उपयुक्त ठहर गरिएको आईआर-६४ मा ब्लास्टप्रतिरोधी क्षमता रहेको पाइएको थियो। त्यही गुणलाई ‘मोलिक्युलर मार्किङ्ग विधि’ प्रयोग गरेर जुम्ली मार्सीमा सार्न सफलता प्राप्त भएको छ।

नेपाल र यूकेका कृषि वैज्ञानिकहरूको संयुक्त प्रयासमा मरुवा रोग पनि भनिने ब्लास्टप्रतिरोधी अनुवंश भएको आईआर-६४ नामक प्रजातिको बीउको अनुवंश जुम्ली मार्सीमा मिसाएर तीन प्रकारका रोगप्रतिरोधी बीउ तयार पारिएको वैज्ञानिकहरू बताउँछन्। झन्डै डेढ दशक लगाएर विभिन्न किसिमका परीक्षण सफलतापूर्वक सम्पन्न गरेपछि जुम्ली मार्सीलाई रोगप्रतिरोधी बनाइएको उक्त अनुसन्धानमा सक्रिय रहेका एक थियो।

खोलाको प्राकृतिक बाटो मासिँदा सहरमा बाढी

मङ्गलवार बिहानदेखि निरन्तर परेको पानीका कारण काठमाण्डू उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। खोलाको प्राकृतिक बाटो मासिँदा सहरमा बाढीले एउटा घर भत्किएको छ। कतिपय ठाउँमा घरघरमा पानी पसेको र बाढी तथा पहिरोका कारण अन्य क्षति भएको छ। काठमाण्डू महानगरपालिकाका नगर उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नगरका कतिपय ठाउँमा जमिन भासिएपछि पर्खालहरू ढलेका छन् भने सामाखुसीस्थित एउटा घर भत्किएको छ।  भीषण वर्षाका कारण भत्कियो। त्यहाँ बस्दै आएका दुई जना व्यक्तिको उद्धार गरिएको छ। अहिले नगर प्रहरीले व्यवस्थापन गर्दै छ ।  नगरपालिकाको कल सेन्टरमा नगरभित्रका बाढी पीडितहरूले निरन्तर सम्पर्क गरिरहेका छन्।