स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन

स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन

काठमाडौं :  कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३इन एसोसिएसन विथ डिशहोम फाइबरनेट’ मा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण बढेको छ । सूचना सञ्चार प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित क्यान इन्फोटेक २०२३ आइतबार समापन हुँदैछ ।

 

यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । साथै विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनाहरूलाई पनि स्थान दिइएको छ । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादनसहितको प्रविधिको प्रशंसा गरेका छन् ।

प्रदर्शनीमा ३१ ओटा स्टार्टअप छन् । यसअन्तर्गत यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्यूरा हेल्थ, चिम्पभाइन लगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम उत्पादन एवं सेवामा विद्यार्थीदेखि व्यवसायी र लगानीकर्ताले चासो देखाएका छन् ।

स्टार्टअप कमिटीका संयोजक दीपेन्द्र पौडेलले क्यान इन्फोटेक स्टार्टअपका लागि एस्पोजर प्लेटफर्म बनेको बताउँदै यसबाट स्थानीय प्रतिभा र नवप्रवर्तनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

यसबाहेक प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५० भन्दा भढी स्टल छन् ।

शनिबार बिदाको दिन भएकाले ब्रान्डिङ कक्ष र डोमभित्र रहेका अधिकांश स्टल दिनभर भरिभराउ थिए । साथै क्यान इन्फोटेककै अवसर पारी कोडिङ च्यालेन्जदेखि अनलाइन गेमिङ कम्पिटिशन प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्ता प्रतिस्पर्धामा विशेषगरी विद्यार्थीको क्रेज देख्न सकिन्छ ।

त्यस्तै क्यान इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटीमैत्री बस रहेको छ । हालसम्म ६०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । त्यस्तै क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ । यसअन्तर्गत शनिबारसम्म १६३ जनाले रक्तदान गरेका छन् ।

अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर जारी राखेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका छन् ।

शनिबार कलेजका विद्यार्थी, युवासँगै कर्पोरेट क्षेत्रबाट उल्लेख्य मात्रामा अवलोनकर्ता आएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीस्थलबाटै कम्पनीले आफ्ना लागि डिलर तथा बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएका छन् ।

यसैबीच प्रदर्शनीमा विशिष्ट व्यक्तिहरु पुग्ने क्रम जारी छ । शनिबार जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत, मधेश प्रदेशसभा सदस्य चन्दन सिंह रराष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीलगायतका विशिष्ट अतिथिले प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।

त्यस्तै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरी, नेपालको चर्चित पब्जी गेमिङ टिम डीआरएसका सदस्यहरू पनि क्यान इन्फोटेकका लागि आउनुभएको थियो ।त्यस्तै नेपालस्थित फोर्टी वन क्लबका राष्ट्रिय अध्यक्ष मनोज दास र राष्ट्रिय महासचिव पंकज जालानको विशेष निमन्त्रणमा ओल्ड ट्याब्लर्स क्लबका जर्मन नागरिकहरूले क्यान इन्फोटेक प्रदर्शनी अवलोकन गर्नुभयो ।

यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत आइतबार ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो २ देखि ४ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ । यसअघि विभिन्न तीन विषयमा आईसीटी सेमिनार सम्पन्न भइसकेको छ ।

क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो

काठमाडौं । राजधानीमा माघ २४ देखि जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक
२०२३’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । प्रर्दशनीको चौंथो दिन विद्यार्थी
तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरु इन्फोटेक अवलोकन गरेका छन् ।
आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै
दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक,
डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि
विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल
लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।
त्यस्तै नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि
अवलोकनकर्ताको ध्यान तानेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने
स्टलहरुमा पनि शुक्रबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो । विशेषगरी
नेपाली विद्यार्थीले तयार पारेका एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी
झुम्मिएका छन् ।
त्यस्तै विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक,
भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलमा बढी चासो
देखिएको छ ।
स्टल नम्बर एच ८ मा रहेको रमाइलो गेम्समा प्रर्दशनीको पहिलो दिनदेखि नै
अनलाइन गेमिङ च्यालेन्ज सञ्चालन भइरहेको छ । त्यस्तै शुक्रबारदेखि प्रर्दशनी
स्थलबाटै अवलोनकर्ताका लागि टेलिस्कोपमार्फत सूर्य र आकाश मन्डल हेर्ने सुविधा
ल्याइएको छ । यसमा विशेषगरी विद्यार्थीको चासो बढी देखिएको छ ।
त्यस्तै शनिबार र आइतबार 'क्यान रोबो सकर' (रोबोट फुटबल प्रतियोगिता
सञ्चालन हुने क्यान इन्फोटेकका गेमिङ को ओर्डिनेटर बिक्रान्त कार्कीले जानकारी
दिनुभयो । उहाँका अनुसार प्रर्दशनीका विभिन्न स्टलहरुमा कम्पनी स्वयंले पनि
रमाइला तथा उपयोगी प्रतियोगिता आयोजना गरिरहेका छन् । यसअन्तर्गत यार्सा
टेकले विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता सञ्चालन गरिरहेको छ । साथै
एमएसआई कम्प्युटरले पीसी गेमिङ कम्पिटिसन सञ्चालन गरिरहेको छ ।
अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन
एवं सेवामा विशेष अफर दिइरहेका छन् । साथै प्रर्दशनीबाटै कम्पनीले आफ्ना डिलर
र बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएको क्यान महासंघका महासचिव
चिरञ्जीवी अधिकारले बताउनुभयो ।
यसैबीच इन्फोटेक प्रर्दशनीमा विशिष्ट व्यक्तिहरु समेत पुग्ने क्रम जारी छ । शुक्रबार
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिनिधिसभा सदस्य एवं नेकपा
–एमाले) का नेता तारा लामा लगायतका विशिष्ट अतिथिले प्रर्दशनी अवलोकन
गर्नुभएको थियो । त्यस्तै टिकटक स्टार बिना राउत, सरोज राना प्रजा, निमेश जङ्ग
थापा लगायतले पनि शुक्रबार प्रर्दशनी अवलोकन गर्नुभएको छ । त्यस्तै CDPN का
मकवानपुर र धादिङका विद्यार्थीहरु क्यान इन्फोटेक एजुकेसन टुरका रूपमा
अवलोकनमा आएका थिए । त्यस्तै के एफ एच आई (कोरियन फुट फर द हङ्ग्री
इन्टरनेसनल)का नेपालको निर्देशक जय म्युन पार्क पनि क्यान इन्पोटेक भ्रमणमा
आउनु भएको थियो ।
शनिबार ११ बजे राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके
राउत सहित विशिष्ट अतिथिहरु आउने कार्यक्रम रहेको छ ।
१५० भन्दा बढी स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु
तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । ब्राण्डिङ
कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा


रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् ।
प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत
गरिरहेका छन् ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष खुशल रेग्मीले क्यान इन्फोटेकमार्फत विश्वबजार
र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासलाईबारे एकै थलोमा हेर्न,
बुझ्न र छलफल गर्न सम्भव भएको बताउनुभयो । उहाँका अनुसार यसपटक
अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी
आएका छन् ।

 

 

 

क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

काठमाडौं : भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटेक विशेष अफर तथा स्किम ल्याउने क्रम बढेको छ ।

कम्पनी तथा ब्राण्डहरुले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । साथै नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको छ ।
विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको समेत उहाँले सुनाउनुभयो ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा पावर सोलुसन्सलगायत छन् ।
क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् ।आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ ।
दैनिक रुपमा देखिने चिजबिजमा भन्दा अवलोकनकर्ताको रोजाइ रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधिमा बढी देखिएको छ । त्यस्तै मेलामा राखिएका नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य छ ।
मेलामा स्टार्टअप प्याभिलियनमा २० भन्दा बढी कम्पनी सहभागी छन् । त्यस्तै इन्फोटेकमा राखिएको कलेज प्याभिलियनमा विद्यार्थीका आइडिया र परियोजना समावेश छन् ।
मेला हेर्न भक्तपुरबाट आउनुभएकी अञ्जना न्यौपानले नयाँ प्रविधिलाई बुझ्ने र उपभोग गर्ने तरिकाको विषयमा जान्ने मौका पाएको प्रतिक्रिया दिनुभयो ।
क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्नुभएको छ । यसअन्तर्गत बिहीबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्युतीय सुशासन आयोगका सीईओ दीपेश विष्टसहित विभिन्न क्षेत्रका अधिकारीहरू, कलाकार तथा सूचना प्रविधिप्रेमी महानुभावले मेला अवलोकन गर्नुभएको थियो ।
१५० भन्दा बढी स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क, एनिमेशन मल्टीमिडिया जस्ता उत्पादनका स्टलसमेत छन् ।
त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् । क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष रणजीत पोदारले बताउनुभयो । क्यान इन्फोटेक तथा कन्फ्रेन्सबाट सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने उहाँको विश्वास छ ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको चर्चित सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले गरेको छ । त्यस्तै एसोसिएट प्रायोजकमा डिशहोम फाइबरनेट रहेको छ ।
डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी, सिल्भर स्पोन्सरहरूमा एस पावर, अन सिक्का, डिजिकम, टिकेटिङ पार्टनरमा पेवेल नेपाल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्यानकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिविसन पार्टनर मण्डला सिस्टम, सिसिटिभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् यी सेमिनारले क्यानइन्फोटेकलाई सूचनाप्रविधिको प्रदर्शनीसँगै सरोकारवालाहरू बीचसार्थक अन्तर्क्रिया गराउने विश्वास लिइएको छ। प्रोडक्टर बिजनेसलाई मात्र नभएर नेपालीहरूको ज्ञान, विज्ञताहरूलाई पनि विभिन्न सेमिनारमा प्लाटर्फम दिएर उनीहरूको ज्ञानलाई विश्वमाकसरी लैजानसकिन्छ भन्ने विषयमा सेमिनार भइरहेको महासंघका महासचिवअधिकारीले बताउनुभयो।

क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड

काठमाडौं :  भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन र अफरसहितका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । मंगलबारदेखि सुरु भएको यो सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ ।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन गरेको छ । तीनदशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।
त्यस्तै इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रवद्र्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५०  एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ ।
मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ । साथै टेलिकमले स्टलबाटै ईसिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ । त्यस्तै गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स
डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ । मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु। २५ मै उपलब्ध गराइरहेको छ । साथै पेवेलले आफ्नो क्यूआर भुक्तानी सेवासमेत क्यान इन्फोटेककै अवसर सार्वजनिक गरेको छ । मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ । साथै एनसेलले ‘होम एन्ड अवे’ डेटा प्याकेजबारे पनि जानकारी दिइरहेको छ ।
यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन । छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरु राखिएको छ ।
त्यस्तै कान्तिपुर सिटी कलेजले क्यान इन्फोटेकको अवसर पारी विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ । त्यस्तै इसेट एन्टिभाइरसमा६० प्रतिशत छुट घोषणा गरिएको छ । भुक्तानी सेवा प्रदायक आइएमई पेले क्यान इन्फोटेकमा आउने अवलोकनकर्तालाई लागि निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । त्यस्तै स्टलबाटै आइएमई पेले ग्राहकको केवाईसी भेरिफाइड समेत गरिरहेको छ । अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत यू सफ्ट कम्प्युटर टेक्नोसिसले क्यान इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका
प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएको छ ।

विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन । छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । ‘साना एक्सेसरिज जस्तै माउस, किवोर्ड, ब्लुतुथ स्पिकर, क्यामेरा स्ट्यान्ड लगायतका स्टलहरुमा बढी भीड लाग्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘मेलामा असक्षम, अपाङ्ग लगायतले बनाएका विभिन्न आविष्कारहरू समेत प्रदर्शनीमा
राखिएको छ ।’
मेलामा नेपालको नवीनतम सोच ९इनोभेसन० र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ ।
यसमध्ये पूजापाठ कम्पनीले तयार पारेको एन्ड्रोइड एप ‘पूजापाठ’ क्यान इन्फोटेककै अवसरमा पारी बुधबार सार्वजनिक गरियो । यस एपमार्फत कुनै पनि पूजाका लागि पण्डित तथा गुरु बोलाउन सकिने तथा एपबाटै पूजा सामग्री अर्डर गर्न सकिने बताइएको छ ।
साथै अन्य स्टार्टअप स्टलमा पनि विद्यार्थी तथा कम्पनीले तयार पारेका उत्पादन प्रदर्शनीमा राखिएको छ । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
बुधबार विभिन्न कलेजबाट उल्लेख्य संख्या आएका विद्यार्थीले क्यान इन्फोटेकको माहोल थप बढाएको थियो । १५० भन्दा बढी स्टलसहित सञ्चालन भइरहेको यो मेला आइतबारसम्म चल्ने छ । क्यान आईसीटी सेमिनार सुरुस्क्यान इन्फोटेक २०२३ अन्तर्गत आईसीटी सेमिनार सुरु भएको छ । यस अन्तर्गत पहिलो सेमिनार बुधबार प्रविधि उद्योग र एकेडमीबीच अन्तर विषयमा आयोजना भयो । क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा गरेको यो सेमिनारमा विभिन्न क्षेत्रबाट विज्ञ व्यक्तिहरू प्यानलिस्ट हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता
क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले गर्नुभएको थियो भने प्रमुख अतिथिमा आईटी इनोभेसन सेन्टर त्रिभुवन विश्वविद्यालयका निर्देशक प्राडा। सुवर्ण शाक्य हुनुहुन्थ्यो । त्यसैगरी प्यानलिस्टमा नेपाल सरकारका उपसचिव सुवास ढकाल, टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका सीएसआईटी डिपार्टमेन्टका उपप्राध्यापक
नवराज पौडेल, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका सीईओ नारायण प्रकाश भुजेल तथा बीआईसी टेक्नोलोजीका सहसंस्थापक प्राथना शाक्य हुनुहुन्थ्यो । उक्त कार्यक्रमको सहजकर्तामा कोड फर चेन्जका अध्यक्ष निराजन क्षेत्री हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न आइटी कलेजका शिक्षक र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अन्त्यमा उक्त कार्यक्रमको समापन क्यान महासंघका
महासचिव चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो । अब माघ २६ गते बिहीबार ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा
इन्टरनेट इकोसिस्टम विषय गरी थप तीन सेमिनार हुनेछ ।

सूचना प्रविविको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’ शुभारम्भ

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समुद्घाटन गर्नुभयो ।

मोबाइल एपमार्फत पानसमा बत्ति बालेर मन्त्री शर्माले २८औं संस्करणको क्यान इन्फोटेक औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताउनुभयो । “सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ,” उहाँले भन्नुभयो, “यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।”

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको बताउनुभयो । विगतमा राजीनतिक अस्थिरताका कारण राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन नसकेको चर्चा गर्दै उहाँले आफ्नो नेतृत्वमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै चाँडै नै आईटी कानून बनाई यस क्षेत्रको व्यवस्थापन गर्न ध्यान दिने पनि उहाँले उल्लेख गर्नुभयो । सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन तथा यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजी क्षेत्र र सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

क्यान इन्फोटेक समुद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । महासंघले भिजन २०२० मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहीँ अवसर दिन सरकारसँग सहज वातावरणको माग राख्नुभयो ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्धार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याउनुभयो । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउनसक्ने विचार राख्नुभयो । साथै उहाँले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य हुनुपर्ने मागसमेत राख्नुभयो ।
क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको सन्दर्भ राख्दै सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आईटी क्षेत्रबाट मनग्गे वैदेशिक मुद्रा भित्र्याउन र लाखौंको रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । यस क्षेत्रमा आवश्यक नीति र पूर्वाधारको सही व्यवस्थापन हुन नसक्दा देशको राष्ट्रिय सुरक्षा र हितमा खलल पुग्नेगरी देशभित्र र देशबाहिरबाट साइबर हमलाको खतरा भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

डिजिटल नेपालको फ्रेमवर्कले लिएको सार्वजनिक निजी साझेदारीको माध्यमबाट विश्वसनीय सूचना तथा सञ्चार प्रविधि पूर्वाधार स्थापना र यसैसँग सम्बन्धित पछिल्लो समय विद्युत पोल भाडाको विषयमा देखिएको समस्याको समाधानका लागि अध्यक्ष पोदारले मन्त्री शर्मासँग अभिभावकीय भूमिकाको अपेक्षा राख्नुभयो ।

क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमै उत्पादित उत्पादनको प्रवद्र्धनका लागि उहाँले नेपाल सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको वितार राख्नुभयो ।

क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।

टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ्ग पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश(विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत फिन्टेक , इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।

त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा कुल २०० स्टल रहेका छन् ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।

साथै क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आईसीटी सम्मेलन हुँदैछ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ । माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।

क्यान महासंघबारे
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।

धन्यवाद ।
चिरञ्जीवी अधिकारी
महासचिव
मितिः २०७९ साल माघ २४ गते

५०,००० वर्षपछि पृथ्वीनजिक आइपुग्दैछ दुर्लभ पुच्छ्रेतारा

एउटा दुर्लभ खालको हरियो पुच्छ्रेतारा हाम्रो सौर्यमण्डलमा फेरि आइपुगेको छ। फेब्रुअरी १ मा यो खगोलीय पिण्ड उत्तरी गोलार्धमा खाली आँखाले नै देख्न सकिने आशा गरिएको छ। पुच्छ्रेतारालाई धूमकेतु पनि भनिन्छ। यो धूमकेतु पृथ्वीनजिकै रहेको बाह्य अन्तरिक्षमा ५०,००० वर्षपछि पहिलो पटक आइपुग्न लागेको हो। अनि यो त्यहाँ झन्डै एक महिनासम्म रहने अनुमान गरिएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूका अनुसार उक्त पुच्छ्रेतारा गत वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो। त्यतिबेला उक्त पिण्ड बृहस्पति ग्रहको कक्षभित्र थियो। यो पुच्छ्रेतारा बरफले बनेको छ।

यो पुच्छ्रेताराको हरियो, पन्नाको जस्तो रङ्गले यसको रासायनिक संयोजनबारे सङ्केत गर्छ। पुच्छ्रेताराको केन्द्रीय भाग वरिपरि हुने धमिलो आवरणमा सूर्यको प्रकाश पर्दा त्यस्तो रङ्ग देखिन्छ। उक्त बादलजस्तो आवरणमा कार्बनबाट बनेका अणुहरू हुन्छन्। वैज्ञानिकहरूका अनुसार बुधवार (फेब्रुअरी १) उक्त पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आइपुग्छ। “पुच्छ्रेताराहरू अनुमान गर्न नसकिने खालका हुन्छन्। तर यदि यो पुच्छ्रेतारामा अहिले विद्यमान चमकको प्रवृत्ति कायम रह्यो भने यसलाई देख्न सजिलो हुनेछ,” गत महिना नासाले आफ्नो ब्लगमा उल्लेख गरेको थियो। “अँध्यारो आकाशमा यसलाई खाली आँखाले देख्न सम्भव हुनसक्छ।”

Nepal ranks ’16th’ in cryptocurrency trading

After the Nepal Telecommunication Authority instructed to block access to websites, apps and online networks where illegal transactions are conducted, including cryptocurrency and bitcoin, the virtual currency has started to be debated again in Nepal.

It is mentioned in the instructions of the authority that the business done through digital technology including virtual currency and network marketing has been increasing in Nepal recently.

All internet service providers to prevent the use, operation and management of virtual media including cryptocurrency, bitcoin, hyper-networking, online gambling and other illegal activities and financial crimes within Nepal and to prevent access to such websites, apps or online networks. Instructions have been issued.”

Cryptocurrency is said to be completely banned in Bangladesh, China, Qatar, Morocco, Iraq, Egypt, Algeria and Tunisia, just like in Nepal.

According to the CoinDesk website, based on the Global Crypto Adoption Index of 2022, Nepal has been ranked 16th in the world in terms of cryptocurrency transactions. Countries like UK and Indonesia are below Nepal.

This indicates that there is a lot of cryptocurrency-related activity in Nepal, even though it is restricted.

पूँजी बजारका समस्या समाधान गर्न अर्थमन्त्री सकारात्मक

शेयर लगाानीकर्ताका संगठन नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन्। लगानीकर्ताहरुले अर्थमन्त्री पौडेललाई भेटेर पूँजीबजारका समस्या सम्बोधन गर्न आग्रह गरेका छन्।  भेटमा लगानीकर्ताले ब्रोकर लाइसेन्सको काम अघि बढाउनुपर्ने, शेयर धितो कर्जाको जोखिम भार १०० मा झार्नुपर्ने, पूँजीगत लाभकर साढे ७ प्रतिशतबाट ५ प्रतिशतमा झार्नुपर्ने र शेयर धितो कर्जामा १२ करोडको सिमा हटाउनुपर्ने माग गरेका थिए। उक्त विषयमा अर्थमन्त्री पौडेलले पूँजीबजारमा देखिएका समस्या सामाधानको लागि सहकार्य गर्न तयार रहेको बताएका छन्। “अर्थतन्त्रका सबै क्षेत्रमा भएका समस्या सामाधान गर्दै सबल र सुदृढ अर्थतन्त्रको भएको मुलुकको रुपमा विकास हुनुपर्छ। हाम्रो प्रयास त्यहि उद्देश्यको निम्ति केन्द्रित हुनुपर्छ” अर्थमन्त्रीले  भने ” अर्थमन्त्रालयको नेतृत्वमा रहँदा आर्थिक जगतका सबैसँग सहकार्य गर्दै अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ लाग्ने सकारात्मक रहेको बताएका छन्।” उनले पूँजीबजारका समस्याहरुलाई आगामी दिनमा छलफलको विषय बनाउने समेत बताएका छन्।

 

उपहारको फोनमा भन्सार अनिवार्य

१२ पुस, काठमाडौं  : आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ ।  कसैगरी छलेर मोबाइल भित्र्याउनु भयो भने पनि तपाईंको मोबाइलमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन/म्यासेज गर्न मिल्ने छैन ।  त्यसका आधारमा भन्सारले विदेशबाट झिटिगुन्टा सुविधामा आाएको मोबाइल हो’ भन्ने प्रमाणित गरेर कुनै शुल्क नलिई प्रज्ञापनपत्र दिने छ । यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ । दैनिक ५ सयभन्दा बढी मोबाइलको प्रज्ञापनपत्र जारी गर्नुपर्ने अनुमान गरिएको पोखरलले बताए । यसरी  जारी हुने प्रज्ञापनपत्रका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता गरेर मात्रै सो मोबाइल चलाउन सकिने छ ।तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ । नेपालमै किनेर लगिएका वा एकपटक यहाँको प्रणालीमा उपयोग भइसकेका मोबाइलहरुको प्रज्ञापन लिनुपर्दैन । तोकिएको भन्सार शुल्क तिरेपछि मात्रै प्रज्ञापनपत्र दिने उनको भनाइ छ । त्यस्तो प्रज्ञापनपत्र नलिएका मोबाइल नेपालको सिस्टममा दर्ता भएर चल्न नपाउने उनको भनाइ छ ।

विमानस्थलका भन्सार प्रमुख पोखरेल अवैध बाटोबाट मोबाइल भित्र्याउने क्रम रोक्न दूरसञ्चार प्राधिकरणले लागु गर्न लागेको एमडीएमएसलाई प्रकावकारी बनाउन विदेशमा किनिएका नयाँ मोबाइलहरुको प्रज्ञापनपत्र विमानस्थलमा लिने व्यवस्था गर्न लागिएको बताउँछन् ।  यो व्यवस्थापछि विदेशबाट उपहारस्वरुप आउने फोनको लाभ उठाइरहेका र उठाउने दाउमा रहेका धेरै व्यक्ति थप समस्यामा पर्ने भएका छन् ।

इक्यान ललितपुर शाखाको साधारण सभा सम्पन्न

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाले हालसालै आफ्नो सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न गरेको छ।

बन्दिपुरको बन्दीपुर माउन्टेन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष उपेन्द्र देव ढकालले गर्नुभएको थियो। इक्यानका केन्द्रिय कार्यवाहक अध्यक्ष देवीदाश भट्टराईको प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको थियो। शुभकामना मन्तव्यका क्रममा इक्यान केन्द्रिय तृतीय उपाध्यक्ष कृष्ण हरी केसीले ललितपुर इक्यान सँगको सामीप्यता यस इन्डस्ट्रीमा आफू रहेदेखी निकट रहेको र भविष्यमा पनि निरन्तर रहने कुरा जानकारी गराउँदै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।


कार्यक्रममा बोल्दै इक्यानका केन्द्रिय सदस्य रत्न भट्टराईले कार्यक्रमको सफलताको शुभकामना दिनुका साथै आगामी दिनमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा इक्यान ललितपुर शाखाका पुर्व अध्यक्ष प्रकाश महत र निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले शाखाको उतरोत्तर प्रगतिकालागी सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनु भयो। इक्यानका केन्द्रिय सचिव वासुदेव दाहाललेे आफु पहिला देखिनै ललितपुर शाखाका लागि साथ र सहयोग रहँदै आएको स्मरण गराउंदै अब पनि जारी रहने बताउनुभयो। कार्यक्रममा शाखाका उपाध्यक्ष अरबिन्द कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम, सभाहरुमा शाखाका सदस्यहरुको उल्लेख्य उपस्थितिका लागि इक्यानका केन्द्रिय प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभएको थियो।

उक्त कार्यक्रममा शाखाका कोषाध्यक्ष सनम महर्जनले गत वर्षको आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव विरेन्द्र बज्राचार्यले शाखाका गतिविधिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।