पाकिस्तानमा बम विस्फोट हुँदा ५९ जनाको मृत्यु

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला  विस्फोटन भएको हो।अस्पतालका प्रवक्ताले बीबीसीलाई बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ५९ पुगेको छ र १५७ जना मानिस घाइते भएका छन्। “आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई हमला गरेर डर पैदा गर्न चाहन्छन्,” प्रधानमन्त्री शहबाज शरिफले भने।

पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी अधिकारीहरू रहेको स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।। घटना भएको मस्जिद सहरको सर्वाधिक नियन्त्रित क्षेत्रहरू मध्ये एक हो जहाँ प्रहरी मुख्यालय, जासुसी र आतङ्कवाद विरोधी निकायहरू रहेका छन्।
Spread the love