आज सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मुल्य आज  हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो ।  सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख ५ हजार ८ रुपैयाँ तोकिएको छ ।मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love