क्यालिफोर्नियामा गोली प्रहार

अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा सात जनाको मृत्यु भएको छ। घटनामा संलग्न भएका एक सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको नाम झाओ चुन्ली हो।

यो आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए।  उक्त सहर सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा पर्छ। घटनाका सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन्। आक्रमण गरेर हत्या गरेका चार व्यक्तिको शव च्याउखेती गर्ने फारममा फेला परेका थिए। पछि थप तीन जनाको शरीर नजिकै रहको एउटा स्थानमा फेला परेको प्रहरीले जनाएको छ।

Spread the love