पृथ्वीमाथिको उडानले विज्ञानलाई फाइदा वा पर्यावरणलाई हानी?

विगत छ दशकमा अन्तरिक्षको यात्रा गरेका मानिसको सङ्ख्या झण्डै ६०० पुगेको छ। तीमध्ये सातजना अति धनी वा चर्चित अन्तरिक्ष पर्यटकबाहेक अन्य सबै अन्तरिक्षयात्री हुन्। अन्तरिक्षमा जान सकिने अवधारणा प्रारम्भ भएदेखि नै अन्तरिक्ष पर्यटन अति धनाढ्यहरूले मात्रै खर्च गरेर जान सक्ने गतिविधिका रूपमा रहँदै आएको छ। अहिले बिस्तारै अन्तरिक्ष पर्यटनले गति लिन थाल्दैछ। एमजनका जेफ बेजोस, भर्जिन एट्लान्टिकका सर रिचर्ड ब्रान्सन र टेस्लाका इलोन मस्कको कम्पनीहरूले पृथ्वी-बाहिरको, एक्स्ट्रा टेरेस्ट्रिअल यात्राको अवसर उपलब्ध गराउँछन्।

दुईवटा कम्पनीले पृथ्वीभन्दा ठ्याक्कैमाथि १५ मिनेटको “उपकक्षीय” परिक्रमामा लैजाने भए पनि अन्तरिक्षमा केही दिन राख्ने गरी लैजाने इलोन मस्कको स्पेसएक्समात्रै हो। त्यसका लागि टिकटको रकम २५०,००० डलरदेखि लाखौँ डलरसम्म पर्छ। एरोस्पेसकी २१ वर्षीय विद्यार्थी तथा अन्तरिक्ष पर्यटक बन्ने इच्छा राख्ने सन्दली कुमारासिङ्घ श्रीलङ्काकी हुन् र उनको पृष्ठभूमि सामान्य छ। उनको जीवनशैलीमा धनाढ्य पर्यटकको कुनै छनक देखिँदैन।

 

Spread the love