‘पठान’ विवादका बावजुद गर्‍यो कीर्तिमानी कमाइ

काठमाडौं : शाहरूख खान अभिनित पठानले कीर्तिमानी कमाइ गरेको छ। बुधबार रिलिज भएको फिल्मले पहिलो दिन भारू ५३ करोड कमाइ गरेको हो। भारतबाहेक पठानले ४ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएको छ। फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ।  ‘ननविकेन्ड’मा यो कमाइ कीर्तिमानी रहेको विश्लेषक कोमल नहाटाले जानकारी दिएका छन्।

पठानको ‘बेसरम’ गीत सार्वजनिक भएपछि विवादित बनेको थियो। हिन्दु संगठनले भारतको इन्दोर, ग्वालियर, बैंग्लोरलगायत क्षेत्रमा फिल्म प्रदर्शनमा रोक लगाएको छ। फिल्मले ‘विकेन्ड’मा ऐतिहासिक कमाइ गर्ने विश्लेषकहरूको भनाइ छ। यसअघि विकेन्डमा वारले ५३.३५ करोड र थग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो।

Spread the love