चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल

चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल सजाय पाउने भएको छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। यो जासुसी उड्डयन क्षेत्रको व्यापार गोपनीयता चोर्ने प्रयाससँग सम्बन्धित रहेको छ। न्याय मन्त्रालयका अनुसार जी एक दशकअघि अमेरिकामा विद्यार्थी भिसामा आएका थिए। अमेरिकी अधिकारीहरूले जीले चिनियाँ राज्य गुप्तचर इकाईको निर्देशनमा काम गरेको बताएका छन्।  उनलाई गुप्तचरी र अमेरिकी सेनालाई मिथ्या जानकारी दिएको अभियोग लगाइएको थियो।

उनी यूएस आर्मी रिजर्भ्समा भर्ती पनि भएका थिए। त्यस क्रममा उनले आफूबारे ढाँटेका थिए। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। 

Spread the love