ब्ल्याक बक्सले दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ

ब्ल्याक बक्सले दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समिति उक्त विमानको ब्ल्याक बक्सको पर्खाइमा छ। विमानको ब्ल्याक बक्स सोमवार बिहान भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। “ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ।

विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने  पर्खाइमा छ। “कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउँछन्।  ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ। विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

अमेरिकाको लस एञ्जल्समा गोली प्रहार

अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा  १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। चन्द्र नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।प्रहरीले बन्दुक हमलामा थप १० जना घाइते भएको र तिमध्ये अस्पतालमा केहीको अवस्था गम्भीर रहेको जनाएको छ।

एक प्रत्यक्षदर्शीले द लस एन्जलिस टाइम्सलाई बताएअनुसार बन्दुक बोकेका एक व्यक्तिलाई त्यस क्षेत्रमा देखेको भन्दै तीन जना उनको रेस्टुराँमा छिरेर ढोका बन्द गर्न भनेका थिए। त्यहाँ वार्षिक रूपमा चन्द्र नववर्षको बेला एक सातासम्म कार्यक्रमहरू हुने गर्छन्।

यसअघिका वर्षमा एक लाखभन्दा धेरै मानिसहरू आउने गरेका थिए।सन्दिग्ध हमलाकारी पुरुष भएको जनाउँदै ती अझै फरार रहेको र खोजीकार्य जारी रहेको जनाएको छ।अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र  खोजीकार्य जारी रहेको  बताएका छन् ।

मासुभन्दा प्याज महँगो देश

विश्वका कैयौँ देशमा प्याज एउटा आधारभूत खाद्यपदार्थ हो भने मासु विलासी। तर फिलिपिन्सको कथा भने अलि फरक छ। झन्डै एक महिनाको अवधिमा फिलिपिन्सका सर्वसाधारणका लागि प्याज एक विलासी खाद्यवस्तु बन्न पुगेको छ। मूल्य बढेर प्याज कुनै पनि प्रकारको मासुभन्दा महँगो हुन पुगेको छ।  त्यहाँ प्याज मासुभन्दा निकै महँगो छ। केही एशियाली देशमा  सन् १५२१ देखि १९९८ सम्म स्पेनको अधीनमा रहँदादेखि नै खानामा प्याज र लसुन प्रयोग गर्ने बानी परेको थियो र यसले एशियाली परिकारमा व्यापक प्रभाव पार्‍यो।

चार डलर (हालको विनिमयदरअनुसार ५२१.३६ रुपैयाँ) मा कुखुराको मासु पाइने फिलिपिन्समा यो साता एक किलो रातो अनि सेतो प्याजको मूल्य ११ डलर (१,४३३.७५ रुपैयाँ) सम्म पुगेको छ। फिलिपिनोहरूको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो। फिलिपिन्समा अहिले दैनिक ज्याला झन्डै नौ डलर छ (१,१५० रुपैयाँ) भन्दा केही बढी छ।

ज्यानुअरीमा लुगा भनेर चीनबाट ३,१०,००० डलर बराबरको प्याज आयात गर्ने प्रयास विफल पारिएको थियो। सामाजिक सञ्जालमा फिलिपिनोहरूले सरकारको आलोचना गरिरहेका छन्। अहिलेको अवस्था उत्पन्न हुनुमा सरकारको पनि दोष रहेको धेरैको बुझाइ छ। “गुडबाई चकलेट, हेलो प्याज! फिलिपिन्समा ल्याउने सबैभन्दा उत्तम उपहार बन्ने सम्भावना प्याजको छ।” अमेरिकामा बस्ने फिलिपिन्सका एक नागरिकले ट्विटरमा लेखेका छन्। “साउदी अरबबाट फर्कँदा चकलेटको सट्टा हामी प्याज ल्याउँदै छौँ,” अर्का प्रयोगकर्ताले लेखेका छन्।

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीको मृत्यु

युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।  मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्। मृत्यु हुनेमा एकजना बालबालिका पनि छन्। ११ जना बालबालिकासहित २५ जना उक्त घटनामा परेर घाइते भएको बताइएको छ। मृत्युका बिषयमा फरकफरक विवरणहरू आइरहँदा त्यस्तो वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘कालो बिहान’ बताउँदै मृत्यु भएका मन्त्रीहरूलाई ‘साँच्चिकै देशभक्त’ भनेका छन्।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्। त्यो दुर्घटनाबाहेक अरु केही भएको सङ्केत देखिएको छैन तर प्रत्यक्षदर्शीहरूले उक्त विपद्का लागि रुसको युद्धलाई दोष दिएका छन्। एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ। जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।

शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो। दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो। प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो। पछि हेलिकप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो।

(रास्वपा)का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

३ माघ, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।

काठमाडौं ६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् । ‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक खनाल ले २०७४ सालको निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । ‘उहाँलाई गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षाबारे राम्रो ज्ञान छ ।

‘अब सदनमै गएर सार्वजनिक शिक्षा सुधार, दिगो शहरी विकास जस्ता कुरामा काम गर्नुपर्छ ।’  स्थानीय चुनावताका घोषणापत्र निर्माणमा संलग्न भएका कारण उनले नेपाली कांग्रेसका नेताहरुलाई आफ्नो रुची सुनाएका थिए ।   कांग्रेस नेतृत्वले वास्ता नगरेपछि स्वतन्त्र उम्मेदवार बन्ने मुडमा थिए । त्यहीबेला खुलेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी चुनाव चिह्न लिएर लड्न प्रस्ताव गर्‍यो ।   चुनावपछि समीकरणमा आएको बदलावले सरकार गठनमा २० सांसद भएको रास्वपा निर्णायक भयो । सत्तारुढ दलहरुबीच सोमबार साँझ भएको मन्त्रालय बाँडफाँटमा रास्वपाले शिक्षा मन्त्रालय पाएपछि शिशिर मन्त्री बनेका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट २०६१ सालमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर सकेपछि खनाल ‘सर्वोदय अभियान’मा जोडिएका थिए ।  विद्यालय मर्ज गर्दा भएकै शिक्षकले ३५ वटा स्कुल चल्नसक्ने देखियो । अनि विद्यार्थीहरुलाई विद्यालयको पहुँचमा पुर्‍याउन स्कुल बस राख्दा २८ करोड रुपैयाँ भए पुग्ने भयो ।   सार्वजनिक नीतिशास्त्र पढेका र स्थानीय तहसँग जोडिएर माध्यमिक क्षिामा काम गरेका शिशिरलाई शिक्षा प्रणाली बदल्नका लागि आवश्यक न्यूनतम कामहरु गर्न राजनीतिक नेतृत्व तत्पर नभएको लाग्यो ।

Tara air accident

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

१ माघ, पोखरा : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।  पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

Vianet Communication celebrates DRS’s victory in PUBG Mobile Global Championship

The victory of Nepali PUBG Mobile team DRS Gaming, who earned a runner-up finish in the
2022 PMGC grand finals, was celebrated at Vianet Communication's office premises. Vianet is
the ISP Partner, sponsor, and long-time supporter of DRS. Deepesh Gurung, Shahas Bhandari,
Subin Kumar Prajapati, and Sammer Gurung, members of the DRS team, were acknowledged by
Vianet CEO Sewa Pathak Bohra at an event organized by the company.
DRS spoke at the event about their inspirational journey to the final of the global championship
and how Nepal's internet connectivity enabled them to advance in the global PMGC arena. They
mentioned how Nepal’s Internet connectivity has come a long way to meet International
standards allowing the Nepalese esports industry to evolve and allow professional gamers to
compete Worldwide. Mr. Sangin Bhattarai, Head of Operations of DRS Gaming, further noted
how Vianet has been their first preference for the Internet due to its low ping, stable connection,
and prompt service.
Vianet CEO Sewa Pathak Bohra assured the DRS team that the company is committed to
continue being the preferred Internet of choice for gamers and is further aiming to enhance
Vianet’s product portfolio curated for gaming. The company will continue to support the esports
industry in Nepal.
On January 8, DRS Gaming, one of the most popular PUBG teams in Nepal made history by
becoming the first runner-up in the biggest PUBG gaming tournament featuring 51 teams
worldwide hosted in Jakarta, Indonesia. The team members shared a cash prize of $200,000 for
their historic performance.
The historic win demonstrates the potential of gaming in Nepal. Despite the limitations of a
developing country, internet connectivity has improved, and modern technologies promise plenty
for passionate gamers willing to follow their passions.
Vianet Communication Ltd. is one of the leading internet and IPTV service provider in
Nepal. Established in 1999, Vianet has always remained at the forefront of providing reliable and
affordable Broadband Internet Services. In 2011, Vianet pioneered Fiber Optics Internet more
commonly known as FTTH internet service and became the first ISP in Nepal to provide
dedicated speeds without any sharing ratio thus paving the way for the gaming industry in the
country.

नेपालकै ऐतिहासिक नगरपालिका बूढानीलकण्ठ नगरपालिका– नगर प्रमुख अधिकारी

बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो ।बूढानीलकण्ठ नगरपालिका  धार्मिक स्थलहरूले महत्वपूर्ण मानिन्छ । यस नगरपालिकाभित्र प्रसिद्ध बूढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेको छ ।  विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेको छ ।

बूढानीलकण्ठ नगरपालीका नगर प्रमुख मिठाराम अधिकारीले समग्र बूढानीलकण्ठको बिपायमा गरिएको कुराकानी तलको भिडियोमा

 

 

सन्दीप लामिछाने धरौटीमा छुटे

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटीमा छुटेका छन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको थियो । सोही आदेश अनुसार लामिछाने शुक्रबार दिउँसो छुटेका छन् ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।

PATA Nepal concludes its Futsal Tournament 2023

Pacific Asia Travel Association (PATA) Nepal Chapter, in collaboration with Little Angels' College
of Management (LACM), organized the PATA-LA Futsal Tournament from 9th to 11th January
2023 at LA Futsal ground, Hattiban, Lalitpur.


The futsal tournament, as a part of the 5th Youth Talent Quest, was organized to facilitate and
enhance opportunities for Networking, Team Building and Rewards & Recognition among PATA
Nepal Chapter members. Nine teams representing PATA Nepal members including Soaltee Hotel,
GATE, Mid-Valley Int'l, Global College Int'l, NATHM, IST and LACM made active participation in
the tournament.


The Little Angels' College of Management (LACM) became the Champion, defeating the
International School of Tourism and Hotel Management (IST) in the final. The winning team got
rewarded with a Trophy, Medals, Certificates, and Cash prize of NRs. 20,000, along with Rafting
Trip to Trishuli/Bhotekoshi hosted by Trekking Venue Nepal. Similarly, the First Runner-Up team
received a trophy, medals, certificates, a cash prize of Rs. 10,000, and round-trip cable car tickets
hosted by Chandragiri Hills.


In the tournament, LACM's Sijan Khadka and Rahul Khadka were rewarded as the Best Goalkeeper
and the Best Player respectively. They received trophies, certificates and the reward of a round-trip
cable car and luncheon hosted by Chandragiri Hills.
The tournament was also supported by Manakamana Cable Car, Nabil Bank, Buddha Air, KGH
Group of Hotels, Seven Lakes Resort, Chandragiri Hills Resort, Community Homestay, Highground
Adventure Nepal, and Trekking Venue Nepal. Public Speaking Competition, the last competition
under the 5th Youth Talent Quest, will be held on 30th January alongside the Destination Marketing
Conclave (DMC), the upcoming event by PATA Nepal Chapter, in Itahari, province 1.