Nepal ranks ’16th’ in cryptocurrency trading

Nepal ranks ’16th’ in cryptocurrency trading

After the Nepal Telecommunication Authority instructed to block access to websites, apps and online networks where illegal transactions are conducted, including cryptocurrency and bitcoin, the virtual currency has started to be debated again in Nepal.

It is mentioned in the instructions of the authority that the business done through digital technology including virtual currency and network marketing has been increasing in Nepal recently.

All internet service providers to prevent the use, operation and management of virtual media including cryptocurrency, bitcoin, hyper-networking, online gambling and other illegal activities and financial crimes within Nepal and to prevent access to such websites, apps or online networks. Instructions have been issued.”

Cryptocurrency is said to be completely banned in Bangladesh, China, Qatar, Morocco, Iraq, Egypt, Algeria and Tunisia, just like in Nepal.

According to the CoinDesk website, based on the Global Crypto Adoption Index of 2022, Nepal has been ranked 16th in the world in terms of cryptocurrency transactions. Countries like UK and Indonesia are below Nepal.

This indicates that there is a lot of cryptocurrency-related activity in Nepal, even though it is restricted.

pm pushpakamal dahal visit to india

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । २७० सांसद उपस्थित बैठकमा २६८ जना सांसदले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्दा २ जना सांसदले भने विपक्षमा मतदान गरेका छन् ।  प्रधानमन्त्रीलाई २६८ जना सांसदले विश्वासको मत दिएका हुन् । प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् । संसदमा विश्वासको मत लिइसकेपछि दुई वर्षसम्म प्रधानमन्त्री प्रचण्डविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्न नमिल्लने व्यवस्था छ ।

 

आज शेयरबजारमा तिव्र उतारचढाव

आज अर्थमन्त्री फेरिने हल्ला चलेपछि सेयर बजार तंरगित बनेको छ। आज नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेको छ। काँग्रेसले नयाँ सरकारलाई विश्वासको मत दिने भएपछि उत्पन्न हुनसक्ने विविध राजनीतिक परिस्थितीको आँकलन र अर्थमन्त्री फेरिने हल्लाका कारण कारोबार अवधिभर त्यसको प्रभाव सेयर बजारमा देखियो। राजनीतिक परिस्थितीका कारण आत्तिएका लगानीकर्ताले अन्यौलका बीच अन्तिममा बिक्री चापलाई बढाएको छ।

आज उच्च मनोबलसहित २२७७ बिन्दु सम्म बजार पुगेको थियो। कारोबार सुरु भएलगत्तै फराकिलो अंक अर्थात ६२ अंकसम्म बढेको बजार अर्थमन्त्री परिवर्तन हुने हल्लाले करिब १ घण्टामा करिब ९० अंकले घट्यो। । बिक्री चापका कारण कारोबार भने साढे ७ अर्ब माथि पुगेको छ। आज भएको सेयर कारोबार करिब एक वर्ष यताकै सर्वाधिक हो।

कृषि विकास बैंकको १३ प्रतिशत नगद लाभांश वितरण

कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको संचालक समितिको साधारण चुक्ता पूँजीको ११% नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) र २% बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत बार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने समेत निर्णय गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

विश्व हिन्दू परिषद्को शुभचिन्तक अभियान

पुष , काठमाण्डौ :  विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान आजबाट शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको छ । पुष २३ देखि संचालित यस १५ दिने अभियानले १ लाख नयाँ शुभचिन्तक (सदस्य) बनाउने लक्ष्य लिएको छ ।
परिषद्ले प्रत्येक वर्ष जनसंग्रह अर्थात संस्थामा नयाँ सदस्य जोड्नको लागि यो अभियान संचालन गर्दै आएको छ । यस अभियानमा परिषद्का हरेक स्तरका कार्यकर्ताहरु परिचालन गरिन्छ । सम्पूर्ण हिन्दूहरुको मनमा हिन्दुत्वको भाव जागृत गराई संगठित गर्न हेतु विश्व हिन्दू परिषद स्थापनाकाल देखि नै हिन्दू समाजका सम्पूर्ण जातजाती, भाषाभाषी, लिंग, सम्प्रदायलाई लक्षित गरी अभियान संचालन गर्दै आएको परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले बताउनु भयो ।
राष्ट्र, धर्म र समाज रक्षा गर्न एवं नेपाल जस्तो पावन देवभूमीबाट धर्मान्तरण, गौहत्या, हिन्दूहरुको अपमान, शोषण, दमन, आतंकवाद, समाजिक भेदभाव, कुरिति, विदेशी घुसपैठ लगायतका विदेशी षडयन्त्रको अन्त्य गरी समरस, जागरुक तथा शक्तिशाली हिन्दू समाज निर्माण गरी गौरवशाली हिन्दू राष्ट्र निर्माण हेतु यस पवित्र अभियानमा सहभागिताको लागि विश्व हिन्दू परिषद् नेपालले सम्पूर्ण सनातन धर्मावलम्बीलाई आह्वान गरेको छ । – राजाराम दास

चीनबाट हुने यात्रामाथि नियन्त्रण

कोभिड सङ्क्रमण निकै बढिरहेको चीनबाट आउने यात्रीहरूको यात्रामाथि नियन्त्रण गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली सङ्घका अधिकारीहरूले सिफारिस गरेका छन्। चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि आक्कलझुक्कल परीक्षण गराउनुपर्ने र उडान अवधिमा मास्क लगाउनुपर्ने लगायतका व्यवस्था गरेको  छ। हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूको सुझाव छ। यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले हालै शुरू गरिसकेको छ।

युरोपेली सङ्घका बहुमत सदस्य राष्ट्रहरू यात्रामा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट पछिल्लो सिफारिस आएको छ। कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनबाट र चीनमा गरिने यात्रा सहज पारिएको छ। चीनले अहिले व्यापक स्तरमा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ। बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शवगृहमाथि दबाव आएका छन्। युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन्। यसैबीच, विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ।

बिभिधतामा एकता टोखा नगरपालीका – नगर प्रमुख अधिकारी

टोखा नगरपालीका बभिधतामा एकता रहेको बताउदै टोखा नगरपालीका नगर प्रमुख अधिकारीले समग्र टोखाको बिपायमा गरिएको कुराकानी तलको भिडियोमा

फाइभजी (5G) मोबाइल सेवाको परीक्षण नभएपछि

नेपाल टेलिकमले ज्यानुअरी १ देखि गर्ने भनेको फाइभजी (5G) मोबाइल सेवाको परीक्षण सुरु नभएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कारणसहित लिखित जबाफ मागेको छ। नेपाल टेलिकमले भने सार्वजनिक परीक्षण गर्न नसके पनि आन्तरिक रूपमा  पूर्वाधार र उपकरणहरूको तयारी जारी रहेको बताएको छ। नेपालका लागि फाइभजीको आधिकारिक उपकरण आपूर्तिकर्ता ह्वावेईले आफ्नो पक्षमा आवश्यक तयारी सकिएको बताएपछि परीक्षण गर्नेगरी अघि बढाएको बताइएको थियो। नेपाल टेलिकमले भने सार्वजनिक परीक्षण गर्न नसके पनि आन्तरिक रूपमा  पूर्वाधार र उपकरणहरूको तयारी जारी रहेको बताएको छ।

नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० मेगाहर्ज ब्यान्डमै फाइभजी परीक्षण गर्नेगरी अघि बढाएको बताइएको थियो। नेपाल टेलिकमले काठमाण्डू, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी प्रविधि परीक्षण गर्ने जनाएको थियो।

फाइभजीको सङ्केत

नेपाल टेलिकमले २०७८ मै परीक्षण गर्न पनि हालसम्म सुरु गर्न नसक्नुको प्राविधिक कठिनाइ  र नेपालमा अझै फाइभजी  समर्थन गर्ने मोबाइललगायत उपकरणको पर्याप्त प्रयोग नभएकाले समस्या देखा परेको छ। “नेपालमा फाइभजी चल्ने उपकरणहरू नै निकै कम प्रयोगमा छन्। प्रविधि द्रुत रूपमा परिष्कृत भइरहेको छ तर हामी धेरै नेपालीसँग भएको उपकरणहरूले फाइभजी सपोर्ट नगर्ने जस्ता समस्या देखिएका छन्। “बिस्तारै नयाँ प्रविधिहरू भित्रिएपछि फाइभजी वहन गर्ने मोबाइलहरू बढ्छन्।“

चिसापानी गढी संरक्षण तथा विकास समाजको पाचौं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौँ  पुस १७ : चिसापानी गढी संरक्षण तथा विकास  समाजको पाचौं वार्षिक साधारण सभामा मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने म न पा ८ वडा अध्यक्ष गोपाल श्रेष्ठ  बिशेष अतिथि  रहनु भएको थियो ।  उत्तमकुमार श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको थियो भने मन्थली नगरपालिका ८ चिसापानी रामेछापको विकास तथा प्रचारप्रसारको लागि नगरपालिकाबाट विशेष सहयोग रहने प्रमुख अथिति लव श्रेष्ठले बताउनुभएको थियो साथै मन्थली नगरपालिका वडा नम्बर ८  का अध्यक्ष गोपाल श्रेष्ठले चिसापानी गढी क्षेत्रलाई प्रचारप्रसार गरी यसको महत्वबारे सबैमा जानकारी दिनुपर्ने र गरी क्षेत्र संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

समग्ररुपमा रामेछाप मन्थली नगरपालिकाको विकास विस्तारसँगै ऐतिहासिक पुरातत्व बोकेको गढी संरक्षण गर्नुपर्ने कुरामा सबै एकमत रहनुहुन्थ्यो भने  विगत केही समय अघि गढी क्षेत्रमा प्रहरी सेवामा संलग्न हुँदा गढी क्षेत्रमा पाइएका केही पुराना पुरातात्विक वस्तुहरूको संरक्षण र संकलन गर्दै आउनुभएका लक्ष्मण  लुईटेल ज्युले सो कार्यक्रममा आफूसँग भएका सामग्रीहरु नगरपालिका लाई हस्तान्तर गरिदिनुभएको थियो ।

रक्तदान जीवन दान भन्ने मूल नारालाई आत्मासात गर्दै विभिन्न क्षेत्र संघसंस्था तथा व्यक्तिगत तर्फबाट रक्तदान कार्यक्रममा सहभागीहरुले सहभागिता जनाउनुभएको थियो भने कार्यक्रममा उपस्थित व्यक्तिहरूले पनि रक्तदान गरी सहभागिता जनाउनुभएको थियो ।

चिसापानी गढी संरक्षण तथा विकास समाजले हिजो सोह्रखुट्टेमा आयोजना   गरेको  रक्तदान कार्यक्रममा ४४ जना सहभागी ले रक्तदान गरेका थिए  । 

चिसापानी गढी क्षेत्रको विकास तथा प्रचार प्रचारमा अमूल्य योगदान पुराउनु भएको हुँदा  द पावर न्युजका डटकमका बरिष्ठ पत्रकार श्री दीपक न्यौपानेलाई उहाँले गर्नुभएको वृत्तचित्र निर्माण कार्यक्रम चिसापानी गढी क्षेत्रका लागि अत्यन्त उत्कृष्ट  रहेकोले उहाँको कामको  उच्च कदर गर्दै उत्तरोत्तर प्रगति एवं उच्च भबिस्यको कामना सहित संस्थाको पाँचौ साधारण सभाको अवसरमा सम्मानित गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।