सुनको मूल्य बढेकोबढ्यै

सुनको मूल्य बढेकोबढ्यै

दशैँ बिदापछि बजार खुलेसँगै पहेँलो धातु सुनको मूल्य फेरि उकालो लाग्ने क्रम शुरू भएको छ। एक महिनाकै अवधिमा सुनको मूल्य प्रतितोला सात हजार रुपैयाँसम्म बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्कले देखाउँछ। भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार विगत तीन महिनाको तथ्याङ्क हेर्दा सुनको आयात पनि बढेको देखिन्छ। यद्यपि तुलनात्मक रूपमा अहिले सुनको माग घटेको व्यवसायीहरूको दाबी छ। भन्सार विभागका अनुसार गत साउनमा दुई सय किलो सुन आयात भएको छ। एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सुन आयात हुँदा सरकारले २४ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। भदौमा चार अर्ब १२ करोड रुपैयाँभन्दा बढी मूल्यको पाँच सय किलो सुन आयात भएको विभागले जनाएको छ।

तीन महिनाको अवधिमा सबैभन्दा बढी असोजमा सात अर्ब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यको नौ सय किलोभन्दा बढीको सुन आयात भएको विभागको तथ्याङ्क छ।राष्ट्र ब्याङ्क

सरकारले राजस्व बापत त्यसबाट एक अर्ब १० करोड रुपैयाँभन्दा बढी आर्जन गरेको छ। राष्ट्र ब्याङ्कले एक महिनामा ६०० किलो (दैनिक २० किलो) मात्र सुन आयात गर्न पाउने सीमा तोकेको छ। कोभिडपूर्व दैनिक २० किलो आयात गर्न पाउने अनुमति थियो भने राष्ट्र ब्याङ्कले पछि घटाएर १० किलोमा सीमित गर्‍यो। अहिले फेरि दैनिक २० किलो आयात गर्न दिने भएपछि त्यसको प्रभाव देखिएको अधिकारीहरू बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारक तत्त्व रहेको जानकारहरू बताउँछन्। “एउटा पक्ष भूराजनीतिक अस्थिरता र युद्ध पनि हो। उदाहरणका लागि पछिल्लो समय इजरेल र हमासबीच लडाइँ शुरू भएयता सुनको भाउ बढ्दो क्रममा छ,” शाक्यले भने। “युद्ध मत्थर भयो अथवा युद्धविराम भयो भने त्यसले मूल्य घटाउनमा सहयोग गर्न सक्छ। तर अझ चर्कियो भने त्यसले सुनको मूल्य थप बढ्न सघाउँछ।” उनका अनुसार अमेरिकामा सेप्टेम्बर ११ मा हमला हुँदा, युक्रेन युद्ध शुरू हुँदा पनि सुनको भाउ बढेका विगतका उदाहरण छन्।

सुनको भाउ उच्च विन्दुमा

सुनको भाउउच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रतितोलाख १ लाख ७ हजार १०० रुपैयाँ पुगेको  जनाएको छ।

 यस्तो तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँ पुगेको छ।

आज सुनको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

अन्तराष्ट्रिय बजारमा बुधबार सुनको मूल्यमा थोरै गिरावट आएको छ। सुन प्रतिऔंस १८२४.९३ डलरमा कारोबार भइरहेको छ।चाँदी प्रतिऔंस २१.६५ डलर छ। बुधबार सुन प्रतिऔंस १८३५.६२ डलर र चाँदी प्रतिऔंस २१.८१ डलर थियो।

आइतबार सुनचाँदीको मूल्य बढ्याे

आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री  हुँदैछ । साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ  । अघिल्लो साताको अन्तिम कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको थियो । महासंघको तथ्यांक अनुसार आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार भने चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तिहार पछि एकैदिन १५०० रुपैयाँले सुनको भाउ बढ्यो

तिहार पछिको पहिलो दिन सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ । छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कार्तिक २२ गते, सोमबार सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । लक्ष्मी पुजाको दिन सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएर ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।  तीन दिन भने सुनचाँदीको मूल्य नतोकिएकाले सोहि मूल्यमा कारोबार भएको थियो । सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँ २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । तिहार अघिको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको छ ।

सुनको भाउमा गिरावट, प्रतितोला ९० हजारमा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार तोलामै १ हजार १०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

सुनको मूल्य बढ्यो

नयाँ वर्ष लागेदेखि नै सुनको मूल्य निरन्तर बढेको छ ।आज पनि सुनको मूल्य बढेको  छ । सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन २०० रुपैयाँ बढेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

सुनको कारोबार चमत्कारिक वृद्धि – दैनिक २० किलोको माग

काठमाडौं : ‘कोभिड संक्रमण घट्दै गएपछि सबै व्यापार व्यवसाय पूरानै अवस्थामा फर्किएका छन्। सुनको कारोबार पनि पूरानै लयमा फर्किएको छ। तर सुन नभएर व्यवसायी हात बाँधेर बस्नुपरेको छ ।  सेयर र जग्गाको भाउमा आएको चमत्कारिक वृद्धिले सुन व्यापार लयमा फर्किन थालेको छ। विवाहको लगनसँगै मंसिरबाट सुधार आउन थालेको सुनको कारोबारले अहिले पनि निरन्तरता पाएको छ। व्यवसायीका अनुसार अहिले दैनिक २० किलो सुन कारोबार हुन थालेको छ।कोभिड अघिसम्म १३ सय अंकको हाराहारीमा रहेको सेयर बजारले २६ सय अंक पार गरिसकेको छ। सेयरबाट नाफा बुक गर्ने लगानीकर्ताले घरजग्गा र सुनमा लगानी गर्ने विगतको ट्रेन्ड हो। सेयर, घरजग्गा र सुनबीच सीधा सम्वन्ध छ।

नेपाल नेपाल  सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। विवाहको लगनमा सुनको दैनिक कारोबार ४० किलो भन्दा माथि छ।   सेयर बजार र जग्गाको सीधा सम्वन्ध पछिल्लो कारोबारको तथ्यांकले समेत पुष्टी गर्छ। पहिला मासिक ३५ देखि ४० हजार घरजग्गा किनबेच भइरहेका थिए। अहिले मासिक ८० हजार घरजग्गा किनबेच भइरहेको छ।   महासंघले दैनिक कारोबार २० किलो भन्दा बढी भएकाले सरकारले कोटा बढाउन दबाब दिन थालेको छ। कोभिडका समयमा सरकारले वैदेशिक मुद्रा संचितीमा दबाब पर्ने भन्दै सुन आयातको कोटा दैनिक १० किलोमा झारेको थियो।

बजारमा सुनको कारोबार ‘नगण्य’ – सुनको तोलाको लाख पुग्दै

बजारमा सुनको कारोबार ‘नगण्य’ तर  सुनको तोलाको लाख पुग्दै  नेपाली बजारमा कुनै दिन सुन तोलाको एक लाख रुपैयाँ पुग्ला भन्ने शायद कतिपयले अनुमान गरेका थिए होलान्। यही वर्ष यति चाँडै त्यो विन्दुमा सुनको भाउ कारोबार नगन्य हुँदा पनि भाउ किन आकाशियो । अनुमानकै कुरा गर्दा कोरोनाभाइरस महामारीले यो रूप लिन्छ भन्ने पनि थिएन विश्वका धेरै ठाउँमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्छन्। तर नेपालमा सुनका उपभोक्तालाई त्यो विकल्प कहिलेकाहीँ प्राप्त हुँदैन। बिहे तथा अन्य घरव्यवहारमा सुनको प्रयोग गर्नैपर्ने अवस्थामा उपभोक्तालाई बढेको भाउले पिरोल्छ। व्यवसायीहरू चाहिँ भाउ बढ्दा घटेको कारोबारले चिन्तित छन्। “एक वर्ष अगाडिसम्म वर्षको ८-९ हजार किलो सुन विक्री हुन्थ्यो। त्यो अहिले नगण्य भएको छ। यो लकडाउनका बेलामा शून्य सरह कारोबार भयो भने त्यसपछि केही मानिस भएका सुन विक्री गर्न आउँथे।”

तोलामै ९४ हजार सुनको भाउ

७ साउन, काठमाडौं : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च तोलामै ९४ हजार सुनको भाउ भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोला ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ । अहिलेसम्मकै उच्च भाउको नयाँ कीर्तिमान बनँको महासंघले जनाएको छ । मंगलबार नेपाली प्रतितोला १ हजार ४० रुपैयाँमा चाँदीको   भाउ तोलामै ९५ रुपैयाँ बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ ।