सूर्यको पूजा गरी छठ मनाइँदै – आज सार्वजनिक बिदा

सूर्यको पूजा गरी छठ मनाइँदै – आज सार्वजनिक बिदा

२४ कात्तिक, काठमाडौं : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा दिएको छ । छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

कपिलवस्तुमा हैजा अझै नियन्त्रणमा आएन

एक महिनादेखि कपिलवस्तु जिल्लामा फैलिएको हैजा रोग अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेकाले सरकारले हैजाविरुद्धको खोप लगाएर रोग नियन्त्रणमा ल्याउन लागिएको जनाएको छ। साढे दुई लाख मात्राभन्दा बढी खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र उक्त खोप आउनासाथ खोप कार्यक्रम सुरु गरिने अधिकारीहरूको भनाइ छ।   महिनाभन्दा बढी समयसम्म पनि हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा मन्त्रालयले खोप लगाउने योजना अगाडि सारेको हो।

“हामीले दुई लाख ५२,३६३ डोज खोप स्वीकृति भएको पत्र विश्व स्वास्थ्य सङ्गठनबाट आउने बताइएको छ। युनिसेफको कहिले पठाउँछ त्यो कुरेर बसिरहेका छौँ आउनासाथ लगाउने योजना छ। प्रयोगशाला परीक्षणका क्रममा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो।  हालसम्म हैजाबाट १,३२९ जना प्रभावित भएको तथा छ मृत्यु भएको सरकारी तथ्याङ्क छ। अझै दुई जनाको उपचार भइरहेको छ।

२४ घण्टामा ३९० जनामा कोरोना संक्रमण – ५ को मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ।  पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०२६ जनाको नमूना परीक्षणमा ३ सय ९० जनामा कोरोना संक्रमण देखिएको हो। कूल दुई हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।  ४ सय २५ जना संक्रमणमुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ रहेको छ।

तिहार पछि एकैदिन १५०० रुपैयाँले सुनको भाउ बढ्यो

तिहार पछिको पहिलो दिन सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ । छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कार्तिक २२ गते, सोमबार सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । लक्ष्मी पुजाको दिन सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएर ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।  तीन दिन भने सुनचाँदीको मूल्य नतोकिएकाले सोहि मूल्यमा कारोबार भएको थियो । सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँ २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । तिहार अघिको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको छ ।

प्रदूषित हावाले बेइजिङलाई ढाक्यो

१९ कात्तिक, काठमाडौं : समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ । बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् । सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ । हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले सेप्टेम्बरमा भनेको थियो, ‘यो वर्ष देशको ६४ औद्योगिक क्षेत्रमा यो अभियान सञ्चालन हुनेछ ।

लक्ष्मीपूजाको दिन पनि नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन

लक्ष्मीपूजाका दिन विद्युत् अभाव हुन नदिन विगतका वर्षमा प्राधिकरणले थर्मल प्लान्ट समेत तयारी राख्नेगरेको थियो । केही अघिका वर्षामा विद्युत् नै पुग्दैनथ्यो र केन्द्रहरूमा बसेर धेरै कुराहरू मिलाउनुपर्थ्यो। अहिले हामीसँग पर्याप्त विद्युत् छ । घरघरमा झिलमिली बत्ती बालिने लक्ष्मीपूजाको दिन पनि नेपालमा खपत हुनेभन्दा धेरै विद्युत् उत्पादन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले बीबीसीलाई बताएका छन्। नेपालले मङ्गलवार रातिबाट ३९ मेगावाट विद्युत् भारतलाई बेच्न सुरु गरेको छ। हाललाई भारतीय लगानीकर्ता वा भारत सरकारको लगानी भएका परियोजनाबाट उत्पादन हुने विद्युत् मात्र भारतीय बजारले लिने भएकाले उच्च मात्रा विद्युत देशभित्रै खेर गइरहेको बताइन्छ।

लक्ष्मीपूजाको दिन साँझपख धेरैतिर बिजुलीबत्ती बालिने भए पनि देशभित्रको आवश्यकता पूर्ति हुने अनि अतिरिक्त परिमाणमा उत्पादन हुने विद्युत् भारतलाई बेचिने  कुलमान घिसिङले बताए।   हाल झन्डै २,००० मेगावाट विद्युत् आपूर्ति नेपालभित्रबाटै भएकाले प्राविधिक समस्या पर्‍यो भने बाहेक ऊर्जा अभावकै कारण आपूर्तिमा कुनै समस्या नहुने घिसिङले बताए। विद्युत् नै अभाव भएको भन्दै विगत केही वर्षमा लक्ष्मीपूजामा आपूर्ति गर्न प्राधिकरणले थर्मल प्लान्ट समेत तयारी अवस्थामा राख्नेगर्थ्यो।

Vianet को सेवा अब जनकपुर र बर्दिवासमा

प्रेस विज्ञप्ती
नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्चगतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले आफ्नो सेवाविस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एक साथ सेवा सुचारु गरेको छ । यो सेवा विस्तारसँगैं कम्पनी अब देशका २४शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।
भायानेटले ग्राहकहरुका लागिवि भिन्नप्रकारका योजनाहरु पनि समय समयमा संचालनगर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वीतहुन सक्नु हुनेछ र कमलागतमै गुणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्नु हुनेछ । यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवाविस्तार भएको खुशीयाली बाँड्न ख्ष्बलभत ले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिनातथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिनानिःशुल्क इन्टरनेट सेवाप्रदान गर्ने र पहिलो १०० जनावार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।
भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवाउपलब्ध गराएको थियो भनें सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवाप्रदायकको रुपमा परिचितभायनेट ISO 9001:2015 प्रामाणिक कम्पनी पनि हो ।
भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवाप्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवाविस्तार गर्ने उद्देश्य राखेको छ ।
जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिंदै कम्पनीकासिइओ श्री सेवा पाठकले भन्नु भयो “हामीग्राहकहरुलाई उच्चकोटी एवं उच्चक्षमताकोFast Speed को इन्टरनेट सेवाको आनन्दप्रदान गर्न दत्तचित्त छौं ।हाम्रा प्राविधिकहरु हर हमेसा त्यहीलक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन् । मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिनाकुनै व्यवधान इन्टरनेट सेवाप्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफलहुनु हुनेछ ।”
आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकाँश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यदि यस्तो अवस्थामा इन्टरनेटको गति तीव्र नहुने र गुणस्तर कमजोर हुने हो भनें हामी समेत सुस्त हुन पुग्दछौं । यसैले भायानेटले अत्यधिकतीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवाप्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पु¥याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदानगर्दै आइरहेको छ । अतःआजै भायनेटको सेवालिनु भई सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित् रहनुहोस् ।